गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा आयोजित स्व.गोपाल श्रेष्ठ स्मृति ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो दिनको खेलहरु सम्पन्न
कपन अनलाइन
काठमाडौँ, माघ २७। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब (GFG)को आयोजनामा स्वर्गीय गोपाल श्रेष्ठ स्मृति गोकर्णेश्वर नगरपालिका ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो दिनको खेलहरु सम्पन्न भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनीस्थित ब्याडमिन्टन कोर्टमा सोमबार बाट शुरु भइ फागुन १ गते सम्म चल्ने सो प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल ज्ञान कुमार श्रेष्ठ र विकेश श्रेष्ठको जोडी संग धुर्ब प्रकाश नापित र सुमन श्रेष्ठको जोडी बीच भएको थियो ।निकैनै प्रतिस्पर्धात्मक बनेको सो खेलमा धुर्ब प्रकाश नापित र सुमन श्रेष्ठको जोडीले ज्ञान कुमार श्रेष्ठ र विकेश श्रेष्ठको जोडीलाई २१-१५ ,२१-८ र २१-१७ अंकको दोस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
आजै भएको दोस्रो खेल बाल कृष्ण श्रेष्ठ र धर्म शरण श्रेष्ठको जोडी संग सुरेश तामाङ र राजन तामाङको जोडी बीच भएको थियो ।उक्त खेलमा संग सुरेश तामाङ र राजन तामाङको जोडीले बाल कृष्ण श्रेष्ठ र धर्म शरण श्रेष्ठको जोडीलाइ २१- १४ ,२१-८ र २१-१० अंकको दोस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।त्यसै गरि आज सम्पन्न तेस्रो खेल रामहरि श्रेष्ठ र हरिदास श्रेष्ठको जोडी संग राम श्रेष्ठ र मोहनकृष्ण श्रेष्ठको जोडी बीच भएको थियो।
उक्त खेलमा रामहरि श्रेष्ठ र हरिदास श्रेष्ठको जोडीले राम श्रेष्ठ र मोहनकृष्ण श्रेष्ठकोजोडीलाई २१-१८ र २१-१६ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। त्यसै गरि आज भएको अन्तिम खेल राजेश श्रेष्ठ र कृष्ण श्रेष्ठको जोडी संग विकास श्रेष्ठ र सनकुमार श्रेष्ठको जोडी बीच भएको थियो ।सो खेलमा विकास श्रेष्ठ र सनकुमार श्रेष्ठको जोडीले राजेश श्रेष्ठ र कृष्ण श्रेष्ठको जोडीलाइ २१-१५ र २१-१६ अंककोसोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । आजको खेलको निर्णायकको भूमिकामा श्रीकृष्ण कारंजित रहेका थिए ।
नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष तथा गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार समेत रहेका स्व. गोपाल श्रेष्ठको हृदयाघातका कारण निधन भएको थियो। उनकै बार्षिक पुण्य तिथिको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै वडा बाट प्रतिभावान खलाडी उत्पादन गर्ने र गोकर्णेश्वर नगरपालिका वडा नं ४ भित्रका ब्याडमिन्टन प्रेमीहरु लाई समेट्ने उद्धेश्यका साथ सुरु गरिएको सो प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।