बुढानीलकण्ठ नगरपालिकाका ९८ जनालाई कोरोना भाईरस बिरुद्दको ‘कोभिशिल्ड’ खोप लगाइयो

कपन अनलाइन

काठमाडौं ,माघ १५ ।

बुढानीलकण्ठ नगरपालिकामा कोरोना भाईरस बिरुद्दको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु भएको छ। सहिद गंगालाल तथा हृदय केन्द्रमा बुढानीलकण्ठ नगरपालिकाका  ९८ जनालाई खोप लगाउने व्यवस्था मिलाईएको छ।

नेपाल सरकारको निर्देशन अनुसार नगरपालिकाका  सुचिकृतमा परेका प्रत्यक्ष उपचारको सेवा दिने ६९ जना स्वास्थ्यकर्मी,  फोहरमैला व्यवस्थापनमा खटिने  २१ जना फोहर सङ्कलक तथा चालक, १८ जना नगर सुरक्षाकर्मी लगायत एम्बुलेन्स तथा सवारी चालकलाई   खोप लगाउन सुरु भएको हो।

पहिलो खोप ०।५ मिलीलिटर मात्रा खोप प्रदान गरिने त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने प्रकृया रहेको नगरपालिका स्वास्थ्य  शाखा प्रमुख कुमार प्रसाद दहालले जानकारी दिए।  खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

तपाइँको प्रतिक्रिया ।