बुढानिलकण्ठ उपभोक्ता सहकारी प्रारम्भिक साधारण सभा सम्पन्न

बुढानिलकण्ठ उपभोक्ता सहकारी प्रारम्भिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं ,पुस २५।

बुढानिलकण्ठ उपभोक्ता सहकारी प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ। बुढानिलकण्ठ -१० मिलन चोक पार्टी भेन्युमा भएको साधारण सभाका प्रमुख अतिथि बुढानिलकण्ठ नगर प्रमुख उद्धव खरेल रहेका थिए।

उक्त प्रारम्भिक साधारण सभाले निरन्जन नेपालको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति र कृष्ण भट्टराईको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ।

सो साधारण सभाले संचालक समितिको उपाध्यक्षमा पार्वती भट्टराई ,सचिवमा पुरुषोत्तम नेपाल ,कोषाध्यक्षमा बेल कुमारी बिक र सदस्यहरुमा माधव पौडेल ,मुकुन्द भट्टराई ,मिनु रसाइली ,लक्ष्मण सापकोटा र ऋषि राम कुइकेललाई चयन गरेको थिए।

त्यस्तै लेखा समितिको सदस्यमा शान्ति तिवारी र विश्व बल्लभ नेपाललाई चयन गरेको साधारण सभामा बोल्दै प्रमुख अतिथि खरेलले नगरबासिको सेवामा कुनै कसर नराखि कार्य गर्न संस्थालाई अनुरोध गर्दै आफु  सधै सहकार्य गर्न र सहयोग गर्न तयार रहेको बताएका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।