काठमाडौंका तिन नगरपालिकामा मदन भण्डारी फाउन्डेसनको पत्रकारिता तालिम भोलि बाट शुरु
कपन अनलाइन
काठमाडौं ,मंसिर ३०।
काठमाडौंका तिन नगरपालिकामा मदन भण्डारी फाउन्डेसनको पत्रकारिता तालिम भोलि बाट शुरु हुने भएको छ। पौष १ गते देखि शंखरापुर ,कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका प्रत्येक वडा बाट २० देखि २५ वर्षका सहभागीहरुलाई पत्रकारिता सम्बन्धि तालिम प्रदान गर्न लागिएको हो।
काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहका १३८ वडामा पत्रकारिता सम्बन्धि आधारभूत ज्ञान भएका जनशक्ति उत्पादन गर्दै ति तहका रचनात्मक र जनमुखी कामहरुलाई प्रचार गर्ने उदेस्यले आयोजना गरिएको सो तालिम सात दिनको हुने आयोजकले जानकारी दिएको छ।
पौष १ गते बाट शंखरापुर ,कागेश्वरी मनोहरा र गोकर्णेश्वर र पौष २ गते बाट काठमाडौं महानगर र नागार्जुन नगरपालिकामा शुरु हुने सो तालिममा आधारभूत पत्रकारिता र यसका विविध आयामहरुका वारेमा प्रशिक्षण प्रदान गरिने मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन।