आगामी अधिवेसनमा काठमाडौं क्षेत्र नं ४ क्षेत्रीय सभापतिमा उठने तयारी गरेको छु : अच्युत पौडेल

आगामी अधिवेसनमा काठमाडौं क्षेत्र नं ४ क्षेत्रीय सभापतिमा उठने तयारी गरेको छु : अच्युत पौडेल

कपन अनलाइन

काठमाडौं ,मंसिर ३०।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का नेता अच्युत पौडेलले आगामी अधिवेशनमा क्षेत्रीय सभापतिमा उठ्ने तयारी गरेको बताएका छन। साविक कपन गाविसमा दुई पटक जनप्रतिनिधि र २०३६ शालको विद्यार्थी आन्दोलन देखि निरन्तर राजनीतिमा सक्रिय रहेका पौडेलले काठमाडौं क्षेत्र नं ४ को नेतृत्वका लागि तयारी शुरु गरेको बताएका छन।

२०३६ शालको विद्यार्थी आन्दोलन बाट सक्रिय रहेका पौडेलले  २०४२ शालमा नेपाली कांग्रेसले गरेको सत्याग्रहमा रानीवारी ३ दिन र महेन्द्र पुलिस क्लवमा १ दिन गरेर चार  दिन जेल  जीवन बिताएका थिए।

२०४६ शालको जन आन्दोलनमा प्रजातन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गरेका उनले २०५४ र २०५४ शालको स्थानीय निकायको निर्वाचनमा साविक कपन गाविस वडा नं ७ को अध्यक्षमा विजय प्राप्त गरेका थिए।

नेपाल कांग्रेस काठमाडौं क्षेत्र नं ४ क्षेत्रीय समितिमा दुई पटक सदस्य रहेका पौडेल हाल सो समितिको संगठन विभाग प्रमुख रहेका छन।

प्रभावकारी संगठन निर्माण र परिचालनको कमि हुँदा संघीय क्षेत्र र एउटा प्रदेस क्षेत्र जितेपनि स्थानीय तहमा क्षेत्रका १२ मध्ये २ वटा मात्र जितेको नेपाली कांग्रेसलाई स्थानीय तहमा मजबुत बनाउन आफुले नेतृत्व दावी गरेको पौडेलको भनाइ रहेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।