बुढानिलकण्ठ -११ को सार्वजनिक सुनुवाई सम्पन्न

कपन अनलाइन

काठमाडौं ,मंसिर २७।

बुढानिलकण्ठ  नगरपालिका वडा नं ११ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। वडा नं ११ को कार्यालयमा भएको उक्त  सार्वजनिक सुनुवाईको अध्यक्ष ता वडा नं ११ का अध्यक्ष राजु अधिकारीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्की रहेका थिए।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,नेकपा बागमती प्रदेस कमिटीका सचिवालय सदस्य तथा नगरपालिकाका जनसम्पर्क सल्लाहकार सुन्दर पुर्कुटी ,नेकपा जिल्ला कमिटी सदस्य मिठाराम अधिकारी,वडाका सदस्यहरु  लगायतको उपस्थितिमा भएको सो कार्यक्रममा वडा नं ११ को २०७६/७७ को वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।

सो सार्वजनिक कार्यक्रममा वक्ताहरुले वडाले हाल सम्म सम्म सम्पन गरेका योजनाहरुको लागि धन्यवाद दिदै आगामी दिनमा पनि वडा वासीको चाहना अनुसार काम गर्नका लागि शुभकामना दिएका थिए।

 

तपाइँको प्रतिक्रिया ।