बुढानिलकण्ठका प्राविधिक भन्छन , “चुनिखेलमा स्वीकृति दिए भन्दा फरक काम भयो”

बुढानिलकण्ठका प्राविधिक भन्छन , “चुनिखेलमा स्वीकृति दिए भन्दा फरक काम भयो”

कपन अनलाइन

काठमाडौं ,मंसिर २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को कौडोल क्षेत्रमा नगरपालिकाले दिएको स्वीकृतिको बेवास्ता गर्दै बालुवा तथा माटो ओसार पसार भएको प्राविधिक शाखाले बताएको छ।

सो स्थानमा रहेको साविक चुनिखेल गाविस वडा नं ७ को कित्ता नम्बर २३८ र २९३ लाई माटो सम्याउने र सो स्थानमा इस्टिमेट अनुसारको पर्खाल निर्माण गर्न स्वीकृति दिए पनि सो स्थान बाट माटो अन्तै लागिएको नगरपालिकाका प्राविधिक बिनोद पौडेलले बताएका छन।

सो स्थानमा रहेको राममाया श्रेष्ठको  १ रोपनी ४ आना र कृष्ण कुमार श्रेष्ठको २ रोपनी ४ आना २ पैसा १ दाम जग्गालाई सम्याएर पर्खाल लगाउन वडाले गरेको सिफारिस अनुसार आफुले  स्थलगत अध्ययन गरी स्वीकृति दिएको बताउदै प्राविधिक पौडेलले सो क्षेत्रमा धेरै पटक गैर कानुनी रुपमा माटो ओसार पसार भएको भन्दै नगरपालिकामा निवेदन आएको बताए।

बुढानिलकण्ठ नगरपालिकामा खुलेआम प्राकृतिक सम्पत्तिको दोहन र अपचलन भएका घटनाहरु बाहिर आए संगै दवावमा परेको नगरपालिकाको जग्गा विकास समिति बाट स्वीकृत गरिएका अन्य क्षेत्र पनि छानविनमा तानिने सम्भावना बढेको छ।

त्यस्तै हाल सम्म नगरपालिकाले दिएका स्वीकृति र तिन बाट संकलन भएको राजस्व आदिलाई सार्वजनिक गर्नुपर्ने माग जनता विचमा उठे पछी सो समिति माथि दवाव बढेको छ।

 

तपाइँको प्रतिक्रिया ।