बुढानिलकण्ठ नगरपालिकाले आवस्यक परेमा विद्यालय समायोजन (Merger ) गर्न सक्ने

बुढानिलकण्ठ नगरपालिकाले आवस्यक परेमा विद्यालय समायोजन (Merger ) गर्न सक्ने

कपन अनलाइन

काठमाडौं ,मंसिर १४ ।

बुढानिलकण्ठ नगरपालिकाले आवस्यक परेमा विद्यालय समायोजन (Merger ) गर्न सक्ने अधिकार नागर कार्यपालिकालाई दिएको छ । बुढानिलकण्ठ नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक नगर विकास योजनामा सार्वजनिक तथा गुठि बिद्यालयहरुलाई सहकार्य गर्न आग्रह गर्ने र आवस्यकता देखिएमा विद्यालय समायोजन गर्न सक्ने अधिकारी कार्यपालिकालाई दिने निर्णय गरिएको हो।

कम विद्यार्थी र शैक्षिक पूर्वाधार कम्जोर रहेका विद्यालयहरुलाई एकापसमा समायोजन गर्नका लागि कार्यविधि बनाउने निर्णय गरेको नगरपालिकाले कोभिड-१९ का कारण परेको समस्या सामाधानका लागि प्रविधिको अधिकतम प्रयोग गर्न विद्यालयहरुलाई अनुरोध समेत गरेको छ।

नगरपालिका भित्र रहेका विधालयहरुमा रहेका शिक्षक विद्यार्थी अनुपात ,भौतिक पूर्वाधार र विस्तारको सम्भावनालाई अध्ययन गरी प्राविधिक र उत्पादनमुखी शिक्षालाई जोड दिने निर्णय गरेको नगरपालिकाले विद्यार्थीहरुको सृजनात्मक क्षेमता विकासका विभिन्न गतिविधि संचालन गर्ने जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।