kapanonline

नेपाली कांग्रेस बुढानिलकण्ठमा को को बने पदाधिकारी तथा सदस्यहरु ?
कपन अनलाइन

काठमाडौं, असोज ७।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिको सभापतिमा जनक थापा सर्वसम्मत चयन भएका छन। अस्प्ज ७ गते भएको नगर अधिवेसनले थापाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो।

सो अधिवेसनबाट नगर कार्यसमितिको उपसभापतिमा विश्वराम खड्का र रजनी श्रेष्ठ निर्वाचित भएका छन भने सचिवमा कृष्ण खत्री र उपसचिवमा शर्मिला गौतम निर्वाचित भएका छन ।

नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिमा जनक थापा, को को बने पदाधिकारी ?
कपन अनलाइन

काठमाडौं, असोज ७।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिको सभापतिमा जनक थापा सर्वसम्मत चयन भएका छन। अस्प्ज ७ गते भएको नगर अधिवेसनले थापाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो।

सो अधिवेसनबाट नगर कार्यसमितिको उपसभापतिमा विश्वराम खड्का र रजनी श्रेष्ठ निर्वाचित भएका छन भने सचिवमा कृष्ण खत्री र उपसचिवमा शर्मिला गौतम निर्वाचित भएका छन ।

टीआईए, बौद्ध चिल्ड्रेन हेवन र राई विजयी
कपन अनलाइन

काठमाडौं, असोज ७ ।

टीआईए, डिफेन्डिङ च्याम्पियन बौद्ध चिल्ड्रेन हेभेन स्कुल र राई स्कुलले जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत गल्र्स बास्केटबलमा मंगलबार जित हात पारेका छन् ।

चक्रपथस्थित आयोजक जोन डेवीको कोर्टमा टीआईएले एआईएलाई २४–६, बौद्धले ल्यान्डमार्क एकेडेमीलाई २९–८ र राई स्कुलले युरो स्कुल, छाउनीलाई ८–५ ले पराजित गरे । टीआईएकी नतिशा तामाङले ८, बौद्धकी गयुल शेर्पाले ८ र राई स्कुलकी स्नेहा तामाङले ३ स्कोर गरे ।

सिनियर ब्वाइजमा न्युटनले ग्रिनलन्सलाई ६५–५४, एचएचसीएले बेलमोन्टलाई २६–१४, केएमसीले जेभियरलाई १६–४, एआईएले मिल्सबेरीलाई ३६–१०, गण्डकीले विल्सन एकेडेमीलाई ४५–३२ र साविक विजेता हेम्सले जोन डेवीलाई ४८–१८ ले हराए । न्युटनका युनिक कार्कीले २६, एचएचसीएका मनीष सुनारले १३, केएमसीका रतल अर्यालले ५, एआईएका दिक्षान्त ठकुरीले ११, गण्डकीका सगुनले १४ र हेम्सका दर्पण ठकुरीले ८ अंक जोडे ।

फुटसल ः

प्रतियोगिताअन्तर्गत यु–१६ ब्वाइज फुटसलमा वेद्व्यास, डाफोडिल, ग्यालेक्सी पब्लिक स्कुल, द चाँदबाग स्कुल, काष्ठमण्डप विद्यालय, युरो स्कुल, हात्तीगौडा, जोन डेवी र श्रृष्टि एकेडेमी क्वाटरफाइनलमा पुगे ।

नेपाल इन्जिनियरिङ कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शैक्षिक अभिमुखीकरण
कपन अनलाइन

काठमाडौं, असोज ६ ।

नेपाल इन्जिनियरिङ कलेज (nec) मा शैक्षिक सत्र २०८३ का लागि भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

सोमबार कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य इ. दुर्गाप्रसाद भण्डारीले जेन–जी पुस्ताका विद्यार्थीलाई स्वागत गर्दै इन्जिनियरिङ शिक्षाका विभिन्न पक्ष, यसको सम्भावना तथा समाज र राष्ट्र निर्माणमा इन्जिनियरिङ क्षेत्रको भूमिकाबारे जानकारी गराउनुभयो ।

इन्जिनियरिङ विधामा विभिन्न आयाम र सम्भावना रहेको चर्चा गर्दै प्राचार्य भण्डारीले इन्जिनियरिङ समाज तथा राष्ट्र विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “इन्जिनियरिङ एउटा मात्र विषय होइन, यसका धेरै आयाम छन् । देश र समाजको विकासमा इन्जिनियरिङले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।”

स्नातक तहको चारवर्षे अध्ययन अवधिमा विद्यार्थीले निरन्तर मेहनत र अनुशासनका साथ अध्ययन गर्नुपर्नेमा जोड दिँदै प्राचार्य भण्डारीले विद्यार्थीलाई आवश्यक ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्न कलेज सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै उहाँले जेन–जी पुस्ताबाट आफूहरूले पनि नयाँ सोच र प्रविधिका विषयमा धेरै कुरा सिक्न सक्ने बताउनुभयो । “यो पुस्तालाई कलेजमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । तपाईंहरू जेन–जी पुस्ताबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौँ,” उहाँले भन्नुभयो । विद्यार्थीको सफलता नै कलेजको सफलता भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले विद्यार्थीलाई गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताउनुभयो । विद्यार्थीका जिज्ञासा तथा समस्याको समाधानका लागि पूर्णकालीन फ्याकल्टीको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिइएको बताउनुभयो ।

कलेजमा आधुनिक प्रयोगशाला, पुस्तकालयलगायत अध्ययन तथा प्रयोगात्मक शिक्षणका लागि आवश्यक सुविधाहरू उपलब्ध रहेको जानकारी दिँदै सहायक प्राचार्य केसीले विद्यार्थीले आफ्नो सपना र उद्देश्य पूरा गर्न चारवर्षे अध्ययन अवधिमा निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक अभिमुखीकरण कार्यक्रममा विभिन्न विभागका फ्याकल्टीहरूले सम्बन्धित विषयको पाठ्यक्रम, अध्ययन–अध्यापनको शैली, मूल्याङ्कन प्रणाली, विद्यार्थीले पालना गर्नुपर्ने नियम तथा कलेजका शैक्षिक गतिविधिबारे जानकारी गराएका थिए ।

कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराका अनुसार अभिमुखीकरण कार्यक्रममा नवप्रवेशी विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, विभागीय संरचना, प्रयोगात्मक शिक्षण तथा विद्यार्थीले अपनाउनुपर्ने शैक्षिक अनुशासनबारे समेत जानकारी दिइएको थियो ।

यस वर्ष नेपाल इन्जिनियरिङ कलेजका अधिकांश सिट भरिइसकेको कलेजले जनाएको छ । कलेजका अनुसार आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फरमेशन एण्ड कम्युनिकेशन तथा सिभिल एण्ड रुरल इन्जिनियरिङ लगायतका कार्यक्रमहरूमा अधिकांश सिट भरिएका छन् ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेजले हरेक वर्ष करिब रु. १५ करोड बराबरका विभिन्न छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ । छात्रवृत्तिको अवसर, गुणस्तरीय शिक्षा तथा तुलनात्मक रूपमा पहुँचयोग्य शुल्कका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको कलेजको भनाइ छ ।

नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको ‘थिंक ट्यांक’ सिरिज सुरु
कपन अनलाइन

काठमाडौं, असोज ५।

अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले आर्थिक चिन्ता र प्रगतिपथको बीचमा रहेको बताएका छन्। अर्थतन्त्रका केही पक्ष कमजोर भए पनि वित्तीय अवस्था तुलनात्मक रूपमा बलियो रहेको उनको भनाई छ।

नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरले आयोजना गरेको ‘थिंक ट्यांक सिरिज’ कार्यक्रममा नेपालको आर्थिक अवस्था, लगानीको वातावरण र निजी क्षेत्रका चुनौतीबारे बोल्दै अर्थसचिव उपाध्यायले यस्तो धारणा राखेका हुन्।

उनले नेपालको आर्थिक वृद्धिदर लामो समयदेखि सुस्त रहेको बताए। पछिल्ला २५ देखि ४० वर्षको औषत आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कम रहेको र कोभिड–१९ को समयमा आर्थिक वृद्धि ऋणात्मक भएको उनले उल्लेख गरे।

अर्थसचिव उपाध्यायले कमजोर निजी लगानी, घट्दो पूँजीगत खर्च, उच्च व्यापार घाटा र न्यून उत्पादकत्वलाई अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे। स्वदेशी निजी लगानी र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउन लगानीको वातावरण सुधार गर्नुपर्ने उनको भनाइ छ।

सरकारको पूँजीगत खर्चलाई प्रभावकारी रूपमा परिचालन गर्न सके रोजगारी सिर्जना, आर्थिक वृद्धि र निजी लगानी विस्तारमा सहयोग पुग्ने उनले बताए। नेपालको व्यापारमा करिब ९० प्रतिशत आयात र १० प्रतिशत निर्यात हुने अवस्था रहेको उल्लेख गर्दै उत्पादन तथा निर्यात बढाउनुपर्नेमा उनले जोड दिए।

यद्यपि, नेपालमा रेमिट्यान्स वृद्धि, जलविद्युत् विस्तार, मध्यम मुद्रास्फीति, न्यून ब्याजदर र पर्याप्त तरलताजस्ता सकारात्मक पक्ष रहेको उनले बताए। सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को करिब ४३ प्रतिशत रहेको उल्लेख गर्दै त्यसलाई उत्पादकत्व, औद्योगिकीकरण र पूर्वाधार विकासमा उपयोग गर्नुपर्ने धारणा राखे।

रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके रोजगारी र आर्थिक वृद्धिमा योगदान पुग्ने उनले बताए। सरकारले अघि बढाएको वैकल्पिक विकास वित्त कोषमार्फत सार्वजनिक पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए।

नेपालले जलविद्युत् उत्पादनलाई औद्योगिकीकरणसँग जोड्नुपर्ने र वैदेशिक रोजगारीलाई सीप तथा उच्च आम्दानीमा आधारित बनाउनुपर्ने उनको भनाइ छ।

अर्थसचिव उपाध्यायले नेपालको आर्थिक विकासका लागि सुशासन, लगानीको वातावरण सुधार र प्रभावकारी सार्वजनिक सेवा आवश्यक रहेको बताए। उनका अनुसार देशका आर्थिक सबल पक्षलाई उत्पादन, उत्पादकत्व, रोजगारी र औद्योगिकीकरणमा रूपान्तरण गर्नु अबको मुख्य चुनौती हो।

त्यस्तै नेपाली उद्यमी मञ्चका अध्यक्ष आभुषणज्योति कंशाकारले दुई वर्ग धनी र गरिवलाई मात्र ध्यानमा राखेर नीति बन्ने धारणा राख्दै मध्यम बर्गको समस्याबारे खुलेर बताए । उनले भने ‘अहिले मध्यम वर्गका उद्यमी व्यवसायीहरु धेरै पिडित छन्, जेनजी मोभमेन्ट र भोटेकोशी बाढीले उनीहरुको भएको सवै सम्पत्ति पनि लगेको छ, बीमाले भुक्तानी दिएको छैन भने भएको सम्पत्ति पनि बैंकले धितोको रुपमा राखेको छ थप लगानी गर्न पुँजी छैन ।’ उनले यस्तो अवस्थामा सरकारले मध्यम वर्गका व्यवसायीहरु पुनः व्यवसायमा फर्कने वातावरण बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै नेपाली उद्यमी मञ्चका ललितपुर च्याप्टरका अध्यक्ष अनुकुल श्रेष्ठले सरकारको पोलीसी र युवा उद्यमीहरुको सरोकार र समस्याकोविचमा ठूलो खाडल रहेकोले यसको परिपुर्तिका लागि थिंकट्यांक सिरिज आवश्यक रहेको बताए ।

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
कपन अनलाइन

काठमाडौं, असोज ५।

पेसएक्स स्पोट्र्स एकेडेमीको आयोजना भएको ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ । ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम स्टेसनमा सम्पन्न फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा क्रिजल एफसीले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा क्रिजल एफसीले नखिपोट एफसीलाई २–१ गोलले पराजित ग¥यो।

उपाधिसँगै पेस एक्स स्पोर्टसले रु. ५५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता स्टुडेन्ट एफसीले रु. २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यस्तै, तेस्रो स्थानमा रहेको कृजल एफसीले रु. १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको फेयर प्ले टिम याक्थुङ एफसी बन्यो ।  याक्थुङ एफसी ले नगद रु. ३ हजार १०० सहित ट्रफि प्राप्त गर्यो।

व्यक्तिगत विधातर्फ पेस एक्स स्पोर्टसकी स्मृति भुजेल उत्कृष्ट गोलरक्षक घोषित भइन्। उनले रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्। कृजल एफसीकी रेनुका हमाल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले पनि रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्।

विजेतालाई ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, पेसएक्स स्पोट्र्स एकेडेमीकी संस्थापक तथा अध्यक्ष संगीता कर्णलगायतले पुरस्कृत गरे । प्रतियोगितामा कुल १२ टोली सहभागी थिए ।

भ्याली पब्लिक र मातृभूमिको विजयी सुरुआत
कपन अनलाइन

काठमाडौं, असोज ५।

भ्याली पब्लिक र मातृभूमिले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भ्याली पब्लिकले नवोदितलाई ३४–२४ तथा मातृभूमिले युनिकलाई ७३–५३ ले पराजित गरे । भ्याली पब्लिकका अशोक विकले २५ तथा मातृभूमिका सक्षम महर्जनले २० स्कोर गरे ।

संस्कृतिले प्रिमियर इन्टरनेसनललाई ५३–३२, रेडियन्ट रिडर्सले चाणक्यलाई ४१–३३, निसर्ग वाटिकाले हिमालयन एकेडेमीलाई ४७–३०, एलआरआईले एभरेष्टलाई ३५–२१, डाफोडिल पब्लिकले पुष्पसदनलाई ६९–५०, दुर्गा भवानीले बौद्ध इन्टरनेसनललाई ५६–४२, नेमोनिकले आदर्शलाई ५५–३५ र विद्या विकासले भेनसलाई ४६–३३ ले पाखा लगाए । संस्कृतिका अभिग्न श्रेष्ठले १९, रेडियन्टका रोवंश वाइबाले १९, निसर्गका सचित श्रेष्ठले २२, एलआरआईका सुजल मडइले १६, डाफोडिलका काल्साङ तामाङले ३०, दुर्गा भवानीका कृष्चल अधिकारीले ४३, नेमोनिकका फिन्जु शेर्पाले १८ र विद्या विकासका जस्विन खत्रीले १२ अंक जोडे ।

प्रतियोगिताको प्याब्सनकी उपाध्यक्ष संगीता सिलवालले उद्घाटन गरिन् । नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघको सहयोगमा भइरहेको प्रतियोगितामा ४० टिम सहभागी छन् । प्रतियोगिता असोज १५ गतेसम्म चल्ने छ ।

नेपाली काङ्ग्रेस बुढानिलकण्ठ -१३ को सभापतिमा भाइ नारायण श्रेष्ठ,को को छन सदस्यहरु?
कपन अनलाइन

काठमाडौं, असोज ५ ।

नेपाली काङ्ग्रेस बुढानिलकण्ठ नगरपालिका वडा -१३ को सभापतिमा भाइ नारायण श्रेष्ठ निर्वाचित भएका छन।

असोज ३ गते भएको अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा वडा कार्यसमिति चयन भएको हो।

को को छन पदाधिकारी तथा सदस्यहरु?

सभापतिः भाई नारायण श्रेष्ठ

उप सभापतिः बिनुता तामाङ

उप सभापति: रामलाल श्रेष्ठ

सचिवः दिनेश श्रेष्ठ

सह सचिवः दिल बहादुर सुवेदी

सह- सचिव: कमल खत्री

सदस्यहरु:

कल्पना बाँस्तोला

गोमा लुईटेल

सुष्मा नेपाली

किरण श्रेष्ठ

अनुराग श्रेष्ठ

मंगलदाश श्रेष्ठ

दिल बहादुर श्रेष्ठ

बिनोद श्रेष्ठ

जित लाल नगरकोटी

नेपाली कांग्रेस बुढानीलकण्ठ–१० को सभापतिमा श्यामकुमार तिम्सिना,को को छन सदस्यहरु ?
कपन अनलाइन

काठमाडौं, असोज ४।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति निर्विरोध चयन भएको छ।

असोज ३ गते भएको अधिवेशनबाट श्यामकुमार तिम्सिनाको नेतृत्वमा नयाँ वडा कार्यसमिति सदस्य चयन भएको हो ।

निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरू:

सभापति: श्यामकुमार तिम्सिना

उपसभापति: शालिकराम ढकाल (रेवती रमण)

उपसभापति: डेजी घिमिरे पराजुली

सचिव: पारस मैनाली

सहसचिव: महेश कोइराला

सदस्य: सावित्रा खड्का

सदस्य: बाबुराम गिरी

सदस्य: मार्सी तामाङ

सदस्य: मालती शाह

सदस्य: माधव प्रसाद शर्मा

सदस्य: उद्धव दाहाल

सदस्य: जानकी थापा

सदस्य: नारायण बहादुर पाण्डे

भ्याली पब्लिक,मार्वलस र जेबीलाई उपाधि
कपन अनलाइन

काठमाडौं, असोज ४।

भ्याली पब्लिक,मार्वलस र जेबी स्कुलले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । मार्वलस सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्समा र जेबी जुनियर ब्वाइजमा च्याम्पियन बने ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा मार्वलसले न्युटनलाई ७५–४३ ले सहजै पराजित गर्यो  । मार्वलसका सिनेप शाहीले २० अंक जोडे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई ३१–२३ ले हरायो । भ्याली पब्लिककी सोनीमाया तामाङले १४ स्कोर गरिन् ।

जुनियर ब्वाइजको फाइनलमा जेबीले एन्जल्स हार्टलाई २४–२२ ले पाखा लगायो । जेबीका लागि प्रकाश रोकायाले ८ अंक जोडे ।

सिनियर ब्वाइजमा मार्वलसका नवीन कार्की, सिनियर गल्र्समा भ्याली पब्लिककी सोनीमाया तामाङ र जुनियर ब्वाइजमा जेबीका भीम रोकाया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा मार्वलसका सिनेप शाही, सिनियर गल्र्समा फेरिल्यान्डकी सन्दिपा राई र जुनियर ब्वाइजमा जेबीका आरभ राणा उत्कृष्ट ‘थ्री प्वाइन्टर’   चुनिए । सिनियर ब्वाइजमा न्युटनका युनिक कार्की, सिनियर गल्र्समा भ्याली पब्लिककी दृष्य गुरुङ र जुनियर ब्वाइजमा जेबीका सौरव श्रेष्ठ सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

विजेतालाई काठमाडौं जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख सुरेशकुमार जोशी, तार्केश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकी, केन्द्रीय प्याब्सनका उपाध्यक्ष एवं आयोजक ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङ, ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ २४ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २५, सिनियर गल्र्स १६ र जुनियर ब्वाइजमा १८ टिम सहभागी थिए ।