खेलकुद – kapanonline
नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ३ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले नेस स्पोर्ट ग्लोबललाई आफ्नो रणनीतिक साझेदारका रूपमा घोषणा गरेको छ ।
नेस स्पोर्ट ग्लोबलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत निसान्त अल्भारेस र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।
सीईओ अल्भारेसले नेपाल क्रिकेटका लागि महत्वपूर्ण समयमा सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताए ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले नेस स्पोर्ट ग्लोबलसँगको साझेदारीले टोलीलाई थप रणनीतिक रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
“नेस स्पोर्ट ग्लोबलसँगको यो साझेदारीलाई हामीले निकै सकारात्मक र महत्वपूर्ण रूपमा लिएका छौं । तेस्रो संस्करणको एनपीएलमा प्रवेश गर्दा टोलीलाई मैदानभित्र मात्र नभई व्यावसायिक र रणनीतिक रूपमा पनि अझ बलियो बनाउने हाम्रो लक्ष्य छ । नेस स्पोर्ट ग्लोबलबाट तेस्रो संस्करणमा रणनीतिक रूपमा उत्कृष्ट साथ र सहकार्य रहनेमा हामी विश्वस्त छौं,” खड्काले भने, “यस साझेदारीले सुदूरपश्चिम रोयल्सको ब्रान्डलाई थप विस्तार गर्नुका साथै नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहुँच बढाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।”
पीएसए स्याटेलाइट स्क्वास हुने
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ३ ।
नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता भदौ ६ गतेदेखि हुने भएको छ ।
नेपालमा पहिलोपटक हुने लागेको ¥याङकिङ प्रतियोगिता ४ दिनसम्म ललितपुरको सातदोबाटोमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष धुव्रबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतबाट १६ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट अरहान्तकेशर सिम्ह, दीपक थापा, पासाङ ब्लोन, सरोज तामाङ, राकेश परियार र नयनबहादुर मगरले चुनौती पेश गर्ने छन् ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ । विजेताले ४००, उपविजेताले २०० तथा सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही १०० अमेरिकी डलर प्राप्त गर्ने प्रतियोगिताका निर्देशक रुपकदास ताम्राकारले बताए । त्यस्तै क्वार्टरफाइनलमा पुग्ने खेलाडीलाई जनही ५० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ ।
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
कपन अनलाइन
काठमाडौं, साउन २६ ।
ब्याडमिन्टनकै प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको लिनिङ १४ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ ।
नेपाल खेलकुद महासंघको आयोजना एवं यल स्पोर्टस् एकेडेमीको सहआयोजनामा भएको प्रतियोगिताको नेकपा एमाले संगठन प्रमुख एवं पूर्व मन्त्री भानुभक्त ढकालले एक कार्यक्रमविच पानसमा द्वीप प्रज्वलन गर्दैै उद्घाटन गरे ।
पहिलो खेलमा प्रिन्स पराजित
ग्वार्को स्थित सहआयोजकको कभर्डहलमा भएको प्रतियोगिताको पहिलो दिन शिर्ष ८ बरियता पुरुष विच भएको लिगको समूह ए तर्फको पहिलो खेलमा बिश्व जुनियर एक रहिसकेका राष्ट्रिय नम्बर एक खेलाडी प्रिन्स दाहाल पराजित भएका छन् । एपिएफका दाहाल एपिएफका क्षितिज खनाल संग २–१ सेटमा पराजित भएका हुन् । पहिलो सेट १६–२१ ले पछाडी परेका दाहाल खेलमा फर्कदै दोश्रो सेट २१–१३ ले आफ्नो पक्षमा पार्न सफल भएता पनि तेश्रो तथा निर्णायक सेटमा पुनः १६–२१ ले पछि पर्दै पराजित हुन पुगे ।
समूह ए कै पुरुषको अर्को खेलमा पुलिसका सुनिल जोशीले पहिलो जित निकाले । जोशीले पुलिसकै जीवन आचार्यलाई १६–२१, २१–१५ २१–१५ ले पराजित गरे । यस्तै समूह बीको खेलमा आर्मीका प्रफुल महर्जनले पुलिसका दीपक बोहरालाई २१–५, २१–१७ र पिस फिटनेश सेन्टरका बिष्णु कटुवालले पुलिका देवराज रानालाई २१–१७, २१–१९ ले पराजित गरे ।
शिर्ष ८ बरियताको महिला एकल लिगको समूह ए को खेलमा पुलिसकी सुषमा श्रेष्ठले आर्मीकी अनुमाया राईलाई २१–१६, २०–२२, २१–१६ ले पराजित गरिन् । यस्तै आर्मीकी रसिला महर्जनले पुलिसकी शेष्ना श्रीपालीलाई २१–८, २१–११ ले पराजित गरिन् । समूह बीको प्रतिस्पर्धामा एपिएफकी रिहाना शेरचन र पुलिसकी निता लम्सालले जित हात पारे । रिहानाले सेनाकी अमिता गिरीलाई २१–१३, २१–१२ र निताले सिटिजेन बैंककी नङ्गशल तामाङलाई २१–१६, ११–२१, २१–१७ ले पराजित गरेकी हुन् ।
पुरुष शिर्ष ८ बाहेकको पुरुष एकल प्रतिस्पर्धामा कर्णालीका रमेश कामी, कस्तुरी कलेजका मिसेक छोङ्गवाङ्ग, आर्मीका सौर्य महर्जन र शिसिर राना, एपिएफका सुमित थोकर, आर्मीका बिशाल तामाङ्ग, पुलिसका टोपलाल कुमाल, मन्डला ब्याडमिन्टन एकेडेमीका अनन्त पाख्रिन, आर्मीका प्रतिक बिष्ट, पुलिसका जोन जसराज बालकुमारी रिमिक्सका सम्यक शाक्य, एपिएफका सुजन थापा, बिनय चौधरी र सुनसरीका नरेन्द्र लिम्बु आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै राउण्ड अफ ३२ मा प्रवेश गरे ।
नेपाल ब्याडमिन्टन संघ संग आवद्ध ६० जिल्ला, तीन विभागिय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरी बलका ४८२ खेलाडीहरुले १५ बिधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
श्रावण ३० गते सम्म आयोजना हुने प्रतियोगितामा ब्याडमिन्टनका शिर्ष ८ बरियताका महिला÷पुरुष एकल, शिर्ष ८ बरियता बाहेकका महिला÷पुरुष एकल, महिला÷पुरुष युगल खुला, यु– ११, यु– १५ र यु– १९ छात्र तथा छात्रा खुला एकल, ३५ बर्ष माथिको खुला युगल, ४५ र ५५ बर्ष माथिको मास्टर्स खुला युगल गरि १५ बिधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ४५ र ५५ बर्ष माथिको मास्टर्स खुला युगल तर्फ बिदेशी खेलाडीहरुले पनि सहभागिता जनाउने र त्यसका लागि बिदेशी खेलाडीहरुलाई आमन्त्रण गरि सकिएको महासचिव शाक्यले बताए ।
ब्याडमिन्टनको एक मर्यादित र प्रतिक्षारत प्रतियोगिताको रुपमा रहेको प्रतियोगितालाई महत्व प्रदान गर्दै बिश्व ब्याडमिन्टन परिषद् सदस्य, ब्याडमिन्टन एशिया बिकास समितिका प्रमुख एवं पाकिस्तान ब्याडमिन्टन संघका अध्यक्ष श्री वाजिद अली चौधरीको पनि उपस्थित रहने महासचिव शाक्यले जानकारी गराए ।
करिव ४१ लख ५ हजार २ सयको लागत रहेको प्रतियोगिताको पुरस्कार रासी १० लाख ७८ हजार रहेको छ । प्रतियोगितामा लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीले मोटरसाईकल÷स्कुटर प्राप्त गर्नेछन् । यस अघिको संस्करणमा लगातार तीन संस्करणमा जित हात पार्दै प्रिन्स दाहालले मोटरसाईकल प्राप्त गरेका थिए ।
प्रतियोगितामा शिर्ष ८ बरियता महिला तथा पुरुष र शिर्ष १ बरियता महिला तर्फको खेल लिग कम नकआउटका आधारमा हुने छ । शिर्ष ८ का खेलाडीहरुलाई दुई ग्रुपमा बिभाजन गरिने छ । ग्रुप बाट प्रथम र द्वितीय स्थान प्राप्त गर्ने खेलाडीहरु सेमिफाईनलमा प्रवेश गर्ने छन् । लिगमा खेल खेल्ने खेलाडीले सहभागिता भएबापत नगद १ हजार ५ सय प्राप्त गर्नेछन् भने प्रत्येक बिजय बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगितामा बिजयी खेलाडीले नगद ५० हजार प्राप्त गर्ने छने भने उपबिजयीले नगद ३५ हजार प्राप्त गर्नेछन् । यस्तै तृतीय हुने खेलाडीले करिव १५ हजार प्राप्त गर्नेछन् ।
शिर्ष ८ बाहेकका पुरुष÷महिला एकलमा बिजयी खेलाडीले नगद ३० हजार, उपबिजयी खेलाडीले नगद १५ हजार र तृतीय स्थान प्राप्त गर्ने दुई खेलाडीले ७ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिला पुरुष युगल तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार नगदका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यु–११ तर्फका बिजयी खेलाडीहरुले क्रमशः नगद १५ हजार, ८ हजार र ४ हजार, यु–१५ तर्फका बिजयीले नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१९ का बिजयीले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि ३५ बर्ष माथिको युगल, ४५ र ५५ बर्ष माथि मास्टर्सका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४० हजर, २० हजार र १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान
कपन अनलाइन
काठमाडौं साउन १०।
बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिका स्वर्ण पदक विजेता सहोदर दिदीबहिनी दिया तामाङ र दीक्षालाई एक्सटेप नेपालले शनिबार सम्मान गरेको छ ।
परिवारको उपस्थितिमा एक्सटेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले चक्रपथस्थित एक्सटेपको सोरुममा उनीहरुलाई प्रशंसा पत्र र गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरे । सोही अवसरमा करातेको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पदक दिलाएका राष्ट्रिय कराते टोलीका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
जुलाइ १५ देखि १९ तारिखसम्म भएको उक्त प्रतियोगितामा दियाले क्याडेट महिला ६१ केजीमुनि तथा दीक्षाले चिल्डे«न ३५ केजीमुनि स्वर्ण जितेका थिए । दियाले श्रीलंकामा भएको उक्त प्रतियोगिताको नवौं संस्करणमा रजत जितेकी थिइन् ।
त्यस्तै थाइल्यान्डमा भएको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा दियाले १ कांस्य तथा दीक्षाले २ कांस्य जितेका थिए । जापानमा भएको अन्तर्राष्ट्रिय करातेमा पनि प्रतिस्पर्धा गरेकी दियाले कांस्य जितेकी थिइन् ।
प्रबन्ध निर्देशक श्रेष्ठले पदक विजेतालाई एक्सटेपको तर्फबाट सम्मान गर्न पाउनु गर्वको विषय भएको बताउदै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिए ।
प्रशिक्षक श्रेष्ठले सम्मानका लागि धन्यवाद व्यक्त गर्दै एक्सेटपले खेलकुदसंगको सम्बन्धलाई अझ फराकिलो बनाउन आग्रह गरे ।
दियाले बुवा दावाकै सक्रियाताका कारण सानै उमेरदेखि करातेमा लागेको र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउदै पदक जित्न सफल भएको बताइन् । कराते पृष्ठभूमिका दियाका बुवा दावा हाल अल्ट्रा÷ट्रेल रनर हुन् ।
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै
कपन अनलाइन
काठमाडौं ,साउन ६।
जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ ।
प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन् । घनश्याम, अंकु, रवि र करुण भारतमै प्रशिक्षणमा छन् । घनश्याम हरियाणामै छन् भने बाँकी ३ खेलाडी हिमाचल प्रदेशमा छन् । उनीहरु त्यत्तैबाट टिमसंग समावेश हुने छन् ।
प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा पर्शुराम ओली छन् । व्यवस्थापक ओली भने केही दिनपछि जाने छन् ।
खेलाडीले हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा १ महिना प्रशिक्षण गर्ने छन् । त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने कार्यक्रम पनि रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
‘यदि चाइनिज ताइपेइ पनि थाइल्यान्ड आयो भने मात्र हाम्रो टोली थाइल्यान्ड जान्छ । त्यहाँ हामीसहित ३ राष्ट्रको अभ्यास खेल हुन्छ । ताइपेइ थाइल्यान्ड नगएको खण्डमा हामी भारतकै जयपुर र उत्तरप्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिने छौं । भारतमा विभिन्न स्थानिय टोलीसंग अभ्यास खेल पनि खेल्छौं ।’ तयारी बारे स्पष्ट पार्दै महासचिव झाले भने ।
टोली प्रशिक्षणस्थलबाटै असोज ३ देखि १८ गतेसम्म हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छ । एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौं सहभागिता हुनेछ । यसअघि पुरुष टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएको थियो ।
नेपाली महिला कबड्डीले पनि २० औं एसियाली खेलकुदमा सहभागिता जनाउने छ । महिला टोली दोश्रोपटक सहभागी हुन लागेको हो । चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा महिला टोलीले पहिलोपटक सहभागिता जनाएको थियो । पहिलो सहभागितामै महिला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो तयारी गर्न सुझाउदै एसियाली खेलकुदमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए ।
एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान
कपन अनलाइन
काठमाडौं ,साउन ५।
नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि आइतबार थाइल्यान्ड प्रस्थान गरेका छन् । उनीहरूले एसियाकै प्रतिष्ठित एएसए गल्फ एकेडेमीमा मुख्य प्रशिक्षक क्रिस अस्सावापिमोनपोर्नको प्रशिक्षणमा अभ्यास गर्नेछन्। यो प्रशिक्षण आगामी २०औं एसियाली खेलकुदको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठले दुवै खेलाडीलाई बिदाइ गर्दै प्रशिक्षणको अवसरको भरपूर सदुपयोग गर्न आग्रह गरे। उनले आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिए।
नेपाल गल्फ संघ (एनजीए) को पहलमा सञ्चालन भएको राहुलको प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी (एनओसी) को आर्थिक सहयोगमा सम्भव भएको हो। एनजीएका अध्यक्ष टाशी घलेले राखेप र एनओसीप्रति आभार व्यक्त गर्दै ‘मिसन–२०२६’ कार्यक्रमअन्तर्गत विगत तीन वर्षदेखि एसियाली खेलकुदलाई लक्षित गरी तयारी भइरहेको र यस प्रशिक्षणले राहुललाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गरे।
राहुल यस वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदका लागि छनोट भएका तीन पुरूष नेपाली गल्फरमध्ये एक हुन्। उनले विश्वस्तरीय गल्फ एकेडेमीमा प्रशिक्षण पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउँदै सर्ट गेम सुधारमा विशेष ध्यान दिने बताए । एसियाली खेलकुदमा बलिया प्रतिस्पर्धीबीच कट पार गर्नु आफ्नो पहिलो लक्ष्य रहेको उनको भनाइ छ ।
तेन्जिङ भने नेपाल गल्फ संघको अनुरोधमा प्रशिक्षणमा सहभागी भएका हुन् भने उनको सम्पूर्ण खर्च परिवारले व्यहोरेको छ। उनले प्रशिक्षणले आफ्नो खेल जीवनको अर्को चरणका लागि महत्वपूर्ण अनुभव दिने विश्वास व्यक्त गर्दै सर्ट गेम र स्कोरिङ क्षमतामा सुधार गर्ने लक्ष्य रहेको बताए। उनका तत्कालीन लक्ष्य नेपालमा प्रतिस्पर्धा जारी राख्दै भविष्यमा डीपी वल्र्ड पीजीटीआईमा खेल्ने रहेको छ।
एनजीएका अनुसार तेन्जिङका पिता तथा पूर्वराष्ट्रिय एमेच्योर गल्फर टासी छिरिङले राहुलको थाइल्यान्ड बसाइ खर्चमा समेत सहयोग गरेका छन्। साथै, राष्ट्रिय टोलीका अन्य सदस्य सदभाव आचार्य अमेरिका र व्यावसायिक गल्फर सुवाष तामाङ भारतमा प्रशिक्षणरत छन् भने महिला गल्फर तारा कार्की चित्रकार नेपालमै प्रशिक्षण गरिरहेकी छन्।
आईएसएफ फुटबल विश्वकपका लागि छनोट सुरु
कपन अनलाइन
काठमाडौं असार ३२।
आईएसएफ फुटबल विश्वकपका लागि खेलाडी छनोट प्रतियोगिता च्यासलमा सुरु भएको छ । छनोटमा करिब ३ सय खेलाडीको सहभागिता रहेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका आईएसएफका कार्यकारी समितिका सदस्य राजकुमार कार्कीले जनाएका छन् ।
छनोटको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्याञ्जनकारले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका उपमहासचिव भुवनलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख सल्लाहकार ब्याञ्जनकारले छनोट प्रक्रियामा सहभागी सबै खेलाडीलाई शुभकामना व्यक्त गरे ।
छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले अक्टोबर १७ देखि २६ तारिखसम्म चीनमा हुने आईएसएफ फुटबल विश्वकपमा सहभागिताका लागि अवसर प्राप्त गर्ने छन् ।
नेपालमै पहिलोपटक पारा टेन्डम र ह्यान्डसाइकलको प्रदर्शन
कपन अनलाइन
काठमाडौं असार २९।
नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिका लागि पारा टेन्डम साइकल तथा ह्विलचेयर प्रयोगकर्ताका लागि ह्यान्डसाइकलको प्रदर्शन गरिएको छ।
अमेरिकास्थित इन्क्लुसिभ साइक्लिङ इन्टरनेशनलको सहयोगमा बीआईए इन्स्टिच्युटले आइतबार काठमाडौंको भृकुटीमण्डपस्थित पद्मोदय माध्यमिक विद्यालयमा विशेष कार्यक्रम आयोजना गर्दै यी विशेष प्रकारका साइकलको प्रदर्शन गरेको हो ।
नेपालमा पहिलोपटक बीआईए इन्स्टिच्युटले दृष्टिविहीन व्यक्तिका लागि पारा टेन्डम साइकल तथा ह्विलचेयर प्रयोग गर्ने व्यक्तिका लागि ह्यान्डसाइकल सार्वजनिक गरेको हो। आयोजकका अनुसार यस पहलको उद्देश्य सबैका लागि साइकल चलाउन सहज पहुँच सुनिश्चित गर्नुका साथै शारीरिक सक्रियता, समावेशिता र सामाजिक सहभागितालाई प्रवद्र्धन गर्नु हो।
प्रदर्शनात्मक साइकल यात्रा पद्मोदय माध्यमिक विद्यालयबाट सुरु भई सुन्धारा, जमल र नारायणहिटी दरबार संग्रहालय अगाडिको मार्ग हुँदै पुनः विद्यालय परिसरमै आएर सम्पन्न भएको थियो। यात्रामा सहभागी साइकल प्रयोगकर्तालाई नेपाल साइक्लिङ सोसाइटी र एफएन्डएफ साइक्लिङ ग्रुपका करिब ३० जना सदस्यले स्कर्टिङ गरेका थिए।
कार्यक्रममा १० वटा विशेष साइकल प्रयोग गरिएको थियो। बीआईए इन्स्टिच्युटका खेलकुद बिभागका प्रमुख दिलीप सापकोटाका अनुसार यस अभियानले दृष्टिविहीन तथा ह्विलचेयर प्रयोग गर्ने व्यक्तिहरू पनि साहसिक तथा पर्यटनसम्बन्धी गतिविधिमा सक्रिय रूपमा सहभागी हुन सक्छन् भन्ने सन्देश प्रवाह गर्ने उद्देश्य राखेको बताए। साथै, यसले नेपाल भ्रमणमा आउने दृष्टिविहीन तथा ह्विलचेयर प्रयोग गर्ने विदेशी पर्यटकलाई समेत आकर्षित गर्दै पारा–पर्यटन र पारा–खेलकुदको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
बीआईए इन्स्टिच्युटले नेपालमा पहिलोपटक यस्ता विशेष प्रकारका साइकल भित्र्याएको हो। संस्थाले शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि विभिन्न सीपमूलक तथा सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
साइकल यात्रामा सहभागी शिव आचार्यले यस प्रकारको साइकल यात्राले आफूलाई नयाँ र उत्साहजनक अनुभव दिलाएको बताए। “यसअघि पनि यस्तो अनुभव लिएको थिएँ। तर टेन्डम साइकलमा पछाडि बसेर साथीसँगै यात्रा गर्दा झनै फरक आनन्द महसुस भयो,“ उनले भने।
त्यस्तै अर्का सहभागी विमल पौडेलले पारा टेन्डम साइकल पहिलोपटक चलाउँदा निकै नौलो अनुभव भएको बताए। ‘यो साइकलले अर्को साथीसँग मिलेर सहज रूपमा साइकल यात्रा गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएको छ। भविष्यमा पनि यस्तो साइक्लिङ गर्ने अवसर पाउने आशा गरेको छु,’ उनले भने।
कार्यक्रममा बीआईए इन्स्टिच्युटका संस्थापक अध्यक्ष छोगेल रिन्पोछे, नेपाली चलचित्रका महानायक राजेश हमाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
पौडीकर्मीद्वारा डुबुल्की संचालन
कपन अनलाइन
काठमाडौं असार २८।
पौडीलाईनै कर्मथलो बनाएका तथा पौडी खेलमा आफ्नो कौशलता प्रदर्शन गरिसकेका पौडीकर्मीहरुको पहलमा डुबुल्की नामक पौडी पोखरी संचालनमा आएको छ ।
भक्तपुरको थीमी नगरपालिकाको लोकन्थलीमा एक अन्तराष्ट्रिय स्तरको पौडी पोखरी आषाढ २७ गते बाट संचालनमा आएको हो । ४२ आना जग्गामा २५ मिटर लम्बाई, १५ मिटर चौडाई र ३ फिट ५ इन्च देखि ५ फिट ५ इन्च गहिराईको ६ लेनको अन्तराष्ट्रिय स्तरको एक र अर्को १५ मिटर लम्बाई र ६ मिटर चौडाईको साना बालबालिकाहरुका लागि एक गरि दुई पोखरी संचालन आएको हो । करिव ५ करोडको लगानीमा संचालन हुने उक्त डुबुल्की पौडी क्षेत्रमा एक स्टिम, सौना बाथ सहितको जिम पनि संचालन हुने संचालक मध्यको एक पूर्व पौडी खेलाडी एवं सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका उपाध्यक्ष उमेश प्रधानले जानकारी गराए । प्रधानका अनुसार जिम, स्टिम र सौना तिहार लगत्तै संचालन गरिने छ ।
पौडी पोखरी संचालन गर्न पौडीका पूर्व प्रमुख प्रशिक्षक इश्वर कार्की अध्यक्ष रहेको डुबुल्की नामक संस्था स्थापना भएको छ । जसमा हालका प्रमुख प्रशिक्षक शंकर कार्की, पूर्व खेलाडी उमेश प्रधान, गोपाल पाण्डे, बिनोद श्रेष्ठ, शोभा सिंह लगायत पौडी संग सम्वन्धित ब्यक्तित्वहरुको सहभागिता रहेको छ ।
आफुहरु पौडी खेलाडी हुँदै पौडीको बिकास र विस्तामा दत्तचित्त भएर अधिकांश समय पौडीमा नै खर्च गर्दै आईरहेको र साना बालबालिकाहरुलाई पौडी खेलमा आकर्षित गर्दै अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष सहित पौडीमा नै लगानी गर्ने मनसायका साथ पौडी पोखरी संचानल गर्न लागिएको संचालक प्रधानले जानकारी गराए । पौडी प्रेमीहरुका लागि उचित गन्तब्य स्थल रहेको डुबुल्कीमा बालबालिकाका लागि आधारभूत पौडी प्रशिक्षण प्रदान गर्ने र पौडी खेलाडी उत्पादन गर्ने लक्ष रहेको प्रधानले बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका लागि प्रशिक्षण गर्न डुबुल्की सदा खुला रहने छ । पौडी खेलको बिकास र विस्तारको नाममा ठुला कुरा गर्दै ब्यक्तिगत फाईदामा रमाउने र आफ्नो तर्फबाट सिंको नभाच्नेहरुका लागि यो एक थप्पड हो ।
पौडी खेलमा रमाउनेहरुका लागि बयस्कका लागि रु. २ सय ५०, बिद्यार्थीहरुका लागि २ सय र ६ बर्ष मुनिका बालबालिकाका लागि १ सय ५० को टिकट दर कायम गरिएको डुबुल्कीले जनाएको छ ।
काठमाडौं माइल सम्पन्न
कपन अनलाइन
काठमाडौं असार २७ ।
एम्स ग्लोबल माइल अन्तर्गत काठमाडौं माइल शनिवार सम्पन्न भएको छ । नक्साल नारायणचौरदेखि सुरु भइ दरबारमार्ग पुगेर पुनः नारायणचौरमै सम्पन्न भएको काठमाडौं माइलमा सहभागी सम्पुर्णलाई मेडल र प्रमाणपत्र वितरण गरियो ।
काठमाडौं माइलका डाइरेक्टर कपिल थापाका अनुसार एक माइल दौडले सहभागीलाई लामो दौडतर्फ आकर्षित गर्नेछ ।साथै, ग्लोबल अभियान अन्तर्गत भएकाले हरेक सहभागीलाई एम्स प्रेसिडेन्ट पाको बोराओ र वन ग्लोबल माइलका संस्थापक जोन बोकाले हस्ताक्षर गरेको प्रमाणपत्र पाउँदा त्यसको महत्व हरेक सहभागीले अनुभुति गरेको डाइरेक्टर थापाले बताए ।
अर्को बर्ष काठमाडौं माइल बृहत ढंगले गर्न आफुलाई उत्साह थपेको उनले बताए । कार्यक्रम संयोजक ममता थापाले काठमाडौं जस्तो ठाउँमा वन ग्लोबल माइलको महत्व बुझ्नेको संख्या उल्लेख्य भएको हुँदा आगामी संस्करणमा यसको दायरा फराकिलो बन्दै जाने अपेक्षा गरेको बताइन् ।