राष्ट्रिय खबर – kapanonline

गणेश लामाको स्पष्टोक्तिः जग्गा पास गरेर १० वर्ष हराएका ज्ञानेन्द्र (हब) ले पैसा नतिर्ने नियतले आरोप लगाए
कपन अनलाइन

काठमाण्डौ,फागुन ९।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले गैरआवासीय नेपाली हब खड्का भनेर चिनिने ज्ञानेन्द्र खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । आज (बुधबार) साँझ रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथिको आरोप राजनीतिक चरित्र हत्या गर्नका लागि कसैको उक्साहटमा परेर लगाइएको हुनसक्ने आशंका व्यक्त गरे ।

गैरआवासीय नेपाली खड्काले आफूलाई लामा र सहदेव कक्षपतिलगायतले अपहरण गरेर फिरौतीवापत करोडौंको कागज गराएको आरोप लगाएका थिए । खड्काको उक्त आरोपको खण्डण गर्दै लामाले उक्त कागज जग्गा कारोबारसँग सम्बन्धित रहेको बताए ।

ज्ञानेन्द्रले ‘यो जग्गा मलाई पास गरिदिनुुस्, ३ महिनापछि पैसा दिन्छु’ भनेपछि आफूले २०७१ असोज ३० गते ज्ञानेन्द्रकी श्रीमती नानीमैयाँ कार्कीको नाममा जग्गा पास गरिदिएको लामाले बताए । जग्गा पास गरेको ९÷१० वर्षसम्म पनि ज्ञानेन्द्र त्यसपछि सम्पर्कविहीन बनेर बसेको उनको भनाइ छ । डेढ÷दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिएको नेता लामाको दाबी छ । उक्त जग्गा अहिले पनि ज्ञानेन्द्रकी श्रीमतीको नाममा रहेको उनले बताए ।

‘उहाँ मसँग झण्डै ९÷१० वर्षदेखि सम्पर्कविहीन भएर बस्नुभयो । कहिले विदेश छु, कहिले कहाँ छु भनेर प्रतिक्रिया दिइराख्ने र उहाँ कहिले पनि सम्पर्कमा आउनुभएन । आजभन्दा डेढ दुई महिना अगाडि उहाँको र मेरो एक ठाउँमा जम्काभेट भयो ।’ उनले भने,‘उहाँलाई त्यहाँ भेट्दाखेरी उहाँ आफैंले दाई तपाईँको पैसा दिन्छु भनेर छिनोफानो गर्नुभएको हो । अहिले पनि आनाको ५० लाख जाने ४० आना जग्गा उहाँको श्रीमतीको नाममा पास छ । त्यही जग्गाको बारेमा उहाँसँग कागज गरिएको हो । कानुनबमोजिम वडामा उहाँ आफैं गएर कागज गर्नुभएको छ ।’

उक्त विषयमा अहिले छानविन भइरहेको बताउँदै नेता लामाले दोषी ठहरिए आफू कानूनबमोजिमको सजाय भोग्न तयार रहेको बताए । ज्ञानेन्द्र र आफूले विगतमा साझेदारी व्यवसायसमेत गरेको उनले खुलासा गरे । आफ्नी श्रीमती र ज्ञानेन्द्रकी श्रीमतीको नाममा दर्ता कायम रहेको ट्राभल कम्पनी अहिले पनि रहेको उनको दाबी छ ।

ज्ञानेन्द्रले प्रहरीमा गएर उजुरी दिएको अवस्थामा मिडियामा आएर प्रचारबाजी गरेको भन्दै उनले आपत्ति जनाए । कारोबारको कुरालाई लिएर आफ्नो चरित्रहत्या गरिएको उनको भनाइ छ । ०७१ सालमा आनाका २५ लाखका दरले धुलिखेल चोकको जग्गा आफूले पास गरिदिएको उनले बताए । पैसा नतिर्ने नियतले आफूमाथि अपहरणको आरोप लगाइएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।

ज्ञानेन्द्रले पाट्नरसिपमा काम गरिरहेको अवस्थामा ‘बैंकको कारोबार मिलाएर लोन लिन्छु र तपाईँलाई पैसा दिन्छु’ भनेपछि तत्कालीन समयमा जग्गा पास गरिएको नेता लामाले बताए । जग्गा पास गरेको केही समयबाट ज्ञानेन्द्र सम्पर्कविहीन भएपछि अपराध अनुसन्धान महाशाखामा आफूले निवेदनसमेत दिएको उनको भनाइ छ ।

नेता लामाले ज्ञानेन्द्र आफैंले क्रिप्टो र विट्क्वाईन कारोबार गर्छु भनेर स्वीकार गरेको बताए । आफू उनीसँग त्यस प्रकारको कुनै कारोबारमा संलग्न नरहेको बताए ।

स्वरोजगार व्यापार श्रमिक संघद्वारा काठमाडौं महानगर विरुद्ध आन्दोलन गर्ने चेतावनी, कसले के भने ?
कपन अनलाइन

काठमाडौं, असोज ९ ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधननगरे आन्दोलनगर्ने चेतावनीदिएको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनको आयोजना गरेर संघले एक महिनाभित्रपनिमहानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलनगर्ने चेतावनीदिएको हो ।

संघले महानगरले वार्ता र सम्वादमार्फत समस्या समाधानगर्नुपर्ने र चाडवाडलक्षित गरेर निश्चित् स्थान र समय निर्धारण गरी व्यवसायगर्ने वातावरण तयार गर्नुपर्ने मागअघि सारेको छ ।

स्वरोजगारश्रमिकहरुको व्यवस्थापनको लागिकानूनतथानीतिनिर्माण गरिनुपर्ने, श्रमिकहरुलाई टहराको व्यवस्था गरी व्यवसायगर्ने वातावरण तत्कालबनाउनुपर्ने संघले माग गरेको छ ।

यसैगरी, चाडवाडलक्षित गरेर अल्पकालिन रुपमाबिहानर बेलुकीको निश्चित्समय निर्धारण गरी यथास्थानमाव्यवसायगर्न प्रबन्धमिलाउन, जफतगरिएका सामानहरु फिर्ता गर्न पनि संघले महानगरलाई आग्रह गरेको छ ।

स्वरोजगारश्रमजीवीहरुलाई राज्यले सम्मानगर्नुपर्नेमासत्ताको शक्तिको प्रयोग गरेर लछारपछार गर्ने, लगानीनै सिध्याइदिनेगरी सामान नियन्न्त्रणमा लिने कार्यको संघले विरोध जनाएको छ ।

त्यस्तै, श्रम डेक्सको स्थापना गरी आफ्नापालिकाभित्रकाश्रमसम्बन्धीविषयहरुलाई व्यवस्थितगरि श्रमिकहरुको आवश्यक सुचिकरणलगायतका श्रम व्यवस्थापनसँगसम्बन्धितकामको थालनीगर्नुपर्ने संघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

र,तत्कालउत्पन्नभएकासमस्या समाधानर दिर्घकालिन संकटहरुको व्यवस्थापनकालागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघसहित सरोकारवालाहरु सम्मिलित‘उपत्यकामा सञ्चालनगरिने नागरिक बजार तथास्वरोजगार श्रमिकको समस्या समाधानकालागि सर्वपक्षियकार्यदल’तत्काल गठन गरी आवश्यककामको थालनीगर्र्नुपर्नेमाजोड दिएको छ ।

पत्रकार सम्मेलनमाबोल्दै संघकाअध्यक्षमाया गुरुङलेआफूले नेतृत्व गरेको संगठनमा १८ हजारश्रमिकहरु सदस्यरहेको बताईन् । कोभिड महामारीमापनिलामो समय कामगर्न नपाएको सुनाउँदै उनले सडकमा बसेर व्यापार गर्ने आफूहरुको रहर नभइबाध्यताभएको स्पष्ट पारिन् ।

महानगरकामेयर बालेन्द्र साहले फुटपाथमा बसेर व्यवसायगर्नेहरुलाई व्यवस्थितगर्ने आफ्नो प्रतिवद्धता बिर्सिएको समेत उनले आरोप लगाइन् । उनले भनिन्,‘लाखौं करोडौं सम्पत्तिभएकाहरुलाई अवैधानिकसंरचनाभत्काउँदाखासै असर पर्दैन्, तर ५ हजार रुपैयाँले व्यापार गर्नेलाई ठुलो असर गर्छ ।’उनले फुटपाथ व्यवसायीहरुलाई महानगरकाप्रतिनिधिहरुले लछारपछार गरेको उल्लेख गर्दै त्यसको घोर भत्र्सनागरिन् ।

महानगरले सानाव्यवसायीहरुले बिक्रिगर्ने सामानराखिएको गोदामसमेत फुटाइदिएको भन्दै उनले आपक्तिजनाइन् । महानगरले सबै जनताको पक्षमाकामगर्नुपर्नेउनको भनाइथियो । उनले महानगरले एकलौटी ढंगले अमानवीयरदमनकारी हिसाबले गलतकार्य गरेको भन्दै त्यसको विरोध जनाइन् ।

त्यस्तै, प्रतिनिधि परिषदकाप्रमुखनारायण न्यौपानेलेफुटपाथको व्यापार राज्यलाई नभईनहुने व्यवसायभएको बताए । नेपालजस्तो गरिब देशले निम्नस्तरको कामनगरी बाँच्ननसक्ने भन्दै उनले ठुला–ठुला काम र कुराले मात्रै राज्यचल्ननसक्ने उनको भनाइथियो ।

सानाकामलाई मर्यादित रव्यवस्थित् गरेर अगाडी बढाउन सक्ने देशहरुले विकास गरेको उनले सुनाए । उनले भने,‘फुटपाथे सानाव्यापारीहरुको आवाज र समस्याबारे सबै पक्षले ध्यानदिनुपर्छ ।’ सानाव्यवसायीको पक्षमाहुनलागेको आन्दोलनमासम्पुर्ण स्वरोजगार संगठनहरुसहभागीभएर ऐक्यवद्धता जनाउनसमेत उनले आग्रह गरे ।

‘अबको आन्दोलन संयुक्तमोर्चा बनाएर गर्नुपर्छ, सम्पुर्ण व्यवसायी, विभिन्न संगठनहरु एकत्रितहुनआवश्यक छ ।’–उनले भने ।

राज्यलाई कर तिर्न आफूहरु तयार रहेको पनिउनले स्पष्ट पारे । संघका अनुसार सडकपेटी, गल्ली, बजार, अस्थायी टहरामाश्रम गरेर जीवनचलाउनेहरुको संख्याउपत्यकामाकरिब ५० हजार र उनीहरुको आश्रित परिवारसमेत गरी करिब २ लाख रहेकाछन । संघले गतभदौ ३० गते महानगरलाई आफ्नो समस्याबारे ध्यानाकार्षण पत्रबुझाएको छ ।

७५ वर्ष नाघेका १३ अग्रज महिलाहरुलाई एकल महिला समूहको अभिनन्दन
कपन अनलाइन

काठमाण्डौ ,भाद्र ७।

मानव अधिकारको लागि महिला एकल महिला समूहले ७५ वर्ष नाघेकाका अग्रज महिलाहरुलाई सम्मान तथा अभिनन्दन कार्यक्रम गरेको छ ।समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने १३ जना अग्रजहरुलाई महिला समूहले सम्मान गरेको हो ।

भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको उक्त सम्मान कार्यक्रममा अम्बिका श्रेष्ठ ,अस्ट लक्ष्मी शाक्य ,चाँदनी जोशी ,तुला राणा ,दुर्गा घिमिरे ,भद्रा कुमारी घले ,मिना आचार्य ,लक्ष्मी केशरी मानन्धर ,विजया श्रेष्ठ ,शारदा पोखरेल ,शान्ता मानवी ,सावित्री अर्याल र सावित्री थापालाई अभिनन्दन गरिएको थियो।

कार्यक्रमलाई सम्बोदन गर्दे मन्त्री शशी श्रेष्ठले महिलाहरुले गरेका हरेक योगदानको उच्च कदर हुनुपर्ने भन्दै पुरुषको मात्र नभएर महिलाहरुले गरेका हरेक योगदन र त्यागको विश्लेषण गर्दे इतिहास लेखिनुपर्ने बताएकी थिइन् ।

उनले भनिन्, ‘अहिले सम्म जतिपनि इतिहास सार्वजनिक छन् त्यो हिज स्टोरी हो । अब हर स्टोरी हुनुपर्छ अनिमात्र महिलाहरुले गरेका योगदनको कदर हुन्छ ।’

कार्यक्रममा एकल महिला समुहकी संस्थापक अध्यक्ष लिलि थापाले महिलाहरुले गरेका योगदान ओझेलमा परेको भन्दै आगामी इतिहासको सुरुवात जिँउदा अग्रजबाट सुरु भइसकेको बताइन् ।

विगत तीन दशकदेखी मानव अधिकारका लागि लड्दै आएको यस एकल महिला समूहले महिलाहरुको क्षेत्रमा विभिन्न काम गर्दे आइरहेको छ । समाजमा रहेका एकल महिलाहरुको उद्धार गरी साहारा दिँदै आइरहेको यस समूहले महिलाहरुलाई उद्यमशिल समेत बनाएको छ ।

त्यसैगरी कार्यक्रममा सम्मानित भएकी समाजसेवी तथा साहित्यकार भद्राकुमारी घलेले राजनीतिक, सामाजिक, आर्थिक लागायत विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने अग्रज महिलाहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरिन् ।

मोरङ्ग क्षेत्र नं ६ (२ ) नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिने तयारीमा कृष्ण बस्नेत ( पर्शुराम )
कपन अनलाइन

काठमाडौँ, भाद्र ८।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) ले मोरङ जिल्लाको प्रतिनिधि सभा क्षेत्रको प्रदेस क्षेत्र २ मा उम्मेद्वारी दिने तयारी गरेका छन।

नेकपा एमाले प्रदेस नं १ कमिटीका सचिवालय सदस्य तथा युवा इन्चार्ज बस्नेतले मंगसिर ४ गते हुने प्रदेस सभा क्षेत्रको निर्वाचनमा उम्मेद्वार बन्ने तयारी गरेको आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिएका छ्न।

पार्टी जीवनको कठिन समयमा खेल,खेलाडी र खेलकुद महासंघको विकास र विस्तार अभियानको नेतृत्व गरेका बस्नेतले आफु मतको मात्र हैन,खेलाडीहरुको मनको पनि प्रतिनिधि बन्ने अवसरका लागि निर्वाचन अभियानको तयारी सुरु गर्ने घोषणा गरेका छन।

रास्ट्रिय युवा संघ नेपालको प्रारम्भिक कमिटीबाट राजनीतक यात्रा सुरु गरेर केन्द्रीय सचिव हुदै उपाध्यक्ष  बनेका बस्नेत मोरङ जिल्लाको राजनीतिमा पनि लामो समय देखि सक्रिय रहेका छन।

संघीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै संयुक्त ट्रेड यूनियन सञ्जालद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक
कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३ ।

सत्तारुढ पाँचदल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट संयुक्त ट्रेड यूनियन सञ्जालले संघीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सञ्जालले प्रथम चरणको आन्दोलनले गरेको माग सुनुवाई नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको जानकारी दिइएको हो ।

दोस्रो चरणका आन्दोलनका माग सुनुवाई नभएमा आन्दोलनलाई थप शसक्त रुपमा अगाडी बढाउन बाध्य हुनेपनि सञ्जालले चेतावनी दिएको छ । र, त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुनुपर्ने समेत उसको भनाई छ ।

सञ्जालले पहिलो चरणको कार्यक्रम २०७९ भाद्र २ गते सम्पन्न गरेको थियो । आगामी भाद्र ५ गतेदेखि १७ गतेसम्म विरोधका कार्यक्रम सन्जालले सार्वजनिक गरेको हो ।

आन्दोलनको पहिलो दिन भदौ ५ गते बिहान ९ बजेदेखि साढे १० बजेसम्म सिंहदरवारमा पर्चा वितरण गर्ने, भाद्र ६ गतेदेखि १७ गतेसम्म सबै कार्यालयहरुमा हाम्रा मागहरु लेखिएको कालो ब्यानर राख्ने र कर्मचारीहरुले हातमा कालोपट्टी बाँधी कामकाज गर्ने, ९ गते प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम घोषणा गरेको छ ।

यसैगरी, सञ्जालले संघीय संसद्का दुवै सदनका नियमित बैठकमा आफुहरुको मागहरुका विषयमा सबै दलका सांसदहरुलाई विषय उठाउन अनुरोध गर्ने, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मुख्यसचिव र सम्बन्धित सचिवहरुसंग ऐनका विषयमा निरन्तर दवाव सृजना गरिने कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

कांग्रेसनिकट निजामती कर्मचारीहरूको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले संघीय निजामती ऐन तत्काल जारी गर्नुपर्ने धारणा राखे । उनले सरकारले कर्मचारी र ट्रेड युनियनहरुलाई बेवास्ता गर्दै जाने हो भने अहिलेको व्यवस्था खारेजीको माग उठ्नसक्ने बताए ।

उनले भने,‘कर्मचारीको सेवासुविधा कटौती गरेमा, बञ्चित गरेमा क्षणिक ठिक भएपनि उहाँहरुले आँफैले आफ्नो खुट्टामा बन्चरो हानिएको हुनेछ । यही क्रियाकलापले राजनीतिक दलका नेताहरु गर्दै गएमा भोलिका दिनमा यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने आवाज पनि उठ्न सक्छ ।’

आज कर्मचारीको अधिकार कटौती गर्दा भोलि नेताहरुको अधिकारको कटौतीको कुरा पनि आउनसक्ने उनले चेतावनी दिए । उनले सरकारसँग कर्मचारी र ट्रेड युनियनलाई राखेर दफाबार छलफल गराउन समेत माग गरे।

उनले सबैभन्दा पहिलो आफुहरुको माग समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई संघमा ल्याउनुपर्ने व्यवस्था गर्नुपर्ने रहेको बताए । अब सरकारले जारी गर्ने ऐनमा ट्रेड युनियनको अधिकारको कुरा हु–बहु राखिनुपर्ने उनको भनाई थियो । उनले भने,‘एउटै कर्मचारी १६ वर्षसम्म एउटै पदमा बसिरहने प्रक्रिया हटाएर कर्मचारीको स्तर वृद्धिविकास गर्नुपर्ने व्यवस्था लागुपर्छ ।’

यसैगरी, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष मोहनकुमार घिमिरेले विगत ५ वर्षदेखि संघीय निजामति सेवा ऐनविहीन अवस्थामा मुलुकको स्थानीय संरचना क्रियाशिल रहेको बताएका छन् ।

उनले आफूहरुले आम राष्ट्रसेवक कर्मचारीहरुले अघि सारेका मुद्दाहरुसहित संघीय निजामति सेवा ऐन जारी गर्न दबाब सृजना गराउन खोजेको स्पष्ट पारे ।

सरकारले केही व्यक्तिहरुलाई मात्र हेरेर ऐन जारी नगरी पाँचवटा ट्रेड यनियनसँग छलफल गरेमात्रै सबै विषय समेटिने र प्रभावकारी हुने उनको भनाई थियो ।

उनले अहिले कर्मचारीको सेवासुविधा वृद्धि गर्न नभई कर्मचारीलक्षित जायज मुद्दाहरु उठाइएर समेट्न खोजिएको जिकिर गरे । यो मुद्दा कर्मचारीहरुको मौलिक अधिकारसँग जोडिएको भन्दै उनले सरकारले मागको सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, नेपाल मधेशी निजामति कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले सरकारले संघीय निजामति ऐन बनाउन नसकेको भन्दै बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गर्न परेको स्पष्ट पारे । संघीय ऐन जारी नहुँदा बाग्मती प्रदेशमा प्रदेश ऐन जारी भइसकेपनि दर्ता प्रक्रियाहरु अवैधानिक भएको उनले बताए ।

चौधरीले सबैको समस्या समेटिने गरी तत्काल संघीय निजामति ऐन जारी गर्न सरकारसमक्ष माग गरे । अहिले भएका सबै समस्या संघीय ऐन जारी भएपछि समाधान हुने उनको भनाई थियो ।

राष्ट्रिय कर्मचारी संगठन निजामती, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समिति, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल केन्द्रीय कार्य समिति, नेपाल मधेशी निजामती कर्मचारी मञ्च केन्द्रीय कार्य समिति सन्जालमा आबद्ध छन् । कार्यक्रममा गोपालराज पोखरेल, लेखराज कोइरालालगायतले आफ्नो भनाई राखेका थिए ।

यस्तो छ संयुक्त ट्रेड युनियन सञ्जालद्वारा जारी

संघीय निजामती सेवा ऐन अविलम्ब जारी गरियोस भन्ने लगायतका मागहरु राखी निजामती क्षेत्रमा कार्यरत पाँचवटै राष्ट्रिय स्तरका ट्रेड युनियनहरु विगत लामो समय देखि आन्दोलनरत छ । आन्दोलन सञ्चालन गर्ने क्रममा हाम्रा मागहरु लेखिएका प्लेकार्ड छातीमा टाँसी काम गर्ने लगायतको पहिलो चरणको कार्यक्रम २०७९ भाद्र २ गते सफलतापूर्वक सम्पन्न भएको छ । प्रथम चरणको आन्दोलन सफल पार्न सहयोग पत्याउनु हुने सबै प्रति हार्दिक आभार तथा धन्यवाद दिन चाहान्छौं ।

प्रथम चरणको आन्दोलनबाट हाम्रा मागहरु प्रति सरकार उदासिन भई सुनुवाई नभएको हुँदा दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्न हामी बाध्य भएका छौ । अव पनि हाम्रा मागहरू सुनुवाई नभएमा आन्दोलनलाई शसक्त रुपमा अगाडी बढाउन बाध्य हुने व्यहोरा जानकारी गराउदै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुनु पर्ने व्यहोरा यसै विज्ञप्ति मार्फत प्रष्ट पार्न चाहान्छौ ्र

विरोधका कार्यक्रमहरु

२०७९ भाद्र ५ गते बिहान ९ बजे देखि १०३० सम्म सिंहदरवारमा पर्चा वितरण गर्ने, २०७९ भाद्र ६ गते देखि १७ गते सम्म सबै कार्यालयहरुमा हाम्रा मागहरु लेखिएको कालो व्यानर राख्ने र कर्मचारीहरुले हातमा कालो पट्टी बांधी काम काज गर्ने, २०७९ भाद्र ९ गते प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने, ३.

४

प्रनिनिधि सभा र राष्ट्रिय सभाको नियमित बैठकमा हाम्रा मागहरुका विषयमा सबै दलका सांसदहरुलाई विषय उठाउन अनुरोध गर्ने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मुख्य सचिव र सम्बन्धित सचिवहरुसंग ऐनका विषयमा

निरन्तर दवाव सृजना गर्ने ।

लेखनाथ कोइराला अध्यक्ष

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समिति, काठमाडौं ।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समिति, काठमाडौ ।

हरि बहादुर रावल

अध्यक्ष

राष्ट्रिय कर्मचारी संगठन निजामती, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समिति, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल केन्द्रीय कार्य समिति, नेपाल मधेशी निजामती कर्मचारी मञ्च केन्द्रीय कार्य समिति

केन्द्रीय कार्य समिति, काठमाडौ ।

मोहन कुमार घिमिरे

गोपाल प्रसाद पोखरेल

अध्यक्ष

अध्यक्ष एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल केन्द्रीय कार्य समिति, काठमाडौ ।

भुवनेश्वर चौधरी

अध्यक्ष नेपाल मधेशी निजामती कर्मचारी मञ्च केन्द्रीय कार्य समिति, काठमाडौ ।

तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने : पर्यटनमन्त्री जीवनराम श्रेष्ठ
कपन अनलाइन

काठमाडौं साउन १७। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन्।सोमबार तिलौराकोटको अवलोकन गर्न पगेका मन्त्री श्रेष्ठले तिलौराकोटको सम्वर्द्धन र संरक्षणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल हो,’ मन्त्री श्रेष्ठले भने, ‘तिलौराकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पूरा गरिनेछ।

तिलौराकोट दरबारको समुचित विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै उनले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरूरी रहेको बताए। सो अवसरमा लुम्बिनी विकास कोषको सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरबार क्षेत्र उत्खननबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए। लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्विक क्षेत्रका रूपमा विकास गर्ने सरकारको नीति छ। बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्नेमा उनले जाेड दिए।

काठमाडौंलाई देशकै नमुना अपाङ्गतामैत्री सहर बनाउन माग
कपन अनलाइन

काठमाण्डौ ,साउन ३।

अपाङ्गता भएका व्यक्तिहरूले काठमाडौंलाई देशकै नमुना अपाङ्गतामैत्री सहर बनाउन माग गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिला डंगालसँग स्पाइनल इन्जरी नेटवर्कको प्रतिनिधिमण्डलले भेट गरी सो माग गरेको हो ।

काठमाडौं देशकै राजधानी सहर भएकाले यहाँ बसोबास, अध्ययन, रोजगारी, स्वरोजरमूलक पेशा र अन्य कारणले करिब ३ लाख अपाङ्गता भएका व्यक्ति स्थायी र अस्थायी रूपमा बसोबास गर्ने भन्दै महानगरका पूर्वाधार, सेवासुविधालाई अपाङ्गतामैत्री बनाउन उनीहरूले माग गरेका हुन् ।

काठमाडौं नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत भएकाले स्वदेशभित्रका मात्र नभइ अन्य देशका अपाङ्गता भएका व्यक्ति यहाँ घुम्न आउँदा सार्वजनिक पूर्वाधार, सार्वजनिक शौचालय, सम्पदा क्षेत्र अपाङ्गता पहुँच अनुकूल नहुँदा खराब सन्देश गइरहेको भन्दै उनीहरूले यस्ता पूर्वाधार र सेवालाई अपाङ्गता अनुकूल बनाउन माग गरेका हुन् ।

“महानगरपालिकाले दिँदै आएका सेवासुविधा पनि अपाङ्गताअनुकूल छैनन । यसमा सुधारको खाँचो रहेको छ,” प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पाइनल इन्जरी नेटवर्ककी उपाध्यक्ष झरना रानाले भनिन्, “दरबार क्षेत्रसहित कुनै पनि सम्पदा क्षेत्रमा अपाङ्गता अनुकूल शौचालयहरू नहुँदा धेरै कष्ट झेल्नु परिरहेको छ ।”

स्पाइनल इन्जरी नेटवर्कका राष्ट्रिय सल्लाहकार गजेन्द्र बुढाथोकीले काठमाडौं देशकै राजधानी सहर भएकाले यसलाई नमुना अपाङ्गतामैत्री सहर बनाउन जनप्रतिनिधिहरूले ध्यान दिनुपर्ने बताए । “नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूको कल्याण, सामाजिक सुरक्षाको जिम्मेवारी स्थानीय सरकारलाई सुम्पेको छ । स्थानीय पालिकाका जनप्रतिनिधिले आफूमाथि रहेको यो दायित्व र जिम्मेवारीलाई बुझिदिनुपर्छ,” सल्लाहकार बुढाथोकीले भने ।

नेपालको संविधानले कुनै पनि व्यक्ति, समुदायलाई विभेद गर्न नहुने व्यवस्था गरेको भए पनि महानगरपालिका आफैले पूर्ण र अतिअशक्त अपाङ्गता भएका व्यक्तिबीच विभेद सिर्जना गरेको भन्दै स्पाइनल इन्जरी नेटवर्कले आपत्ती जनाएको छ । “अहिलेको अपाङ्गताको वर्गीकरण नै अवैज्ञानिक छ । स्पाइनल इन्जरी भएका व्यक्तिलाई अतिअशक्त अपाङ्गता भनेर ख वर्गमा वर्गीकरण गरिएको छ,” महानगरपालिकाको ध्यानाकर्षण गराउँदै नेटवर्कले भने, “काठमाडौं महानगरले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई मात्र सामाजिक सुरक्षा भत्ता दिएर संविधानविपरीत वर्ग विभेद सिर्जना गरेको छ ।”

नेटवर्कका कोषाध्यक्ष कृष्ण भण्डारीले आन्तरिक र बाह्य पर्यटनको आर्कषणको केन्द्रबिन्दु रहेको काठमाडौ दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथको परिसर सहित अन्य पर्यटकीय स्थलहरुमा अपाङ्गमैत्री शौचालयको ब्यवस्थाका साथै सार्वजनिक पार्क, स्थलहरु पूर्ण अपाङ्गमैत्री हुनु पन माग गरे ।

“यसअघि नै स्वयम्भूनाथमा लिफ्ट राख्ने भनेर डीपीआर बन्दै गरेको छ, त्यसलाई पूर्ण गर्नका लागि महानगरपालिकाले तत्कालै ध्यान दिनुपर्छ,” भण्डारीले भने, “पशुपतिनाथसहित अन्य विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रहरूलाई मानवमैत्री बनाउनका लागि महानगरपालिकाको विशेष ध्यान पुग्नुपर्छ ।”

उनले यसअघि नै वसन्तपुरमा बनाउन लागिएको अपाङ्गताअनुकूल शौचालय किन रोकियो भनेर प्रश्न गर्दै कम्तिमा सार्वजनिक शौचालयका विषयमा महानगरपालिकालाई संवेदनशील हुन आग्रह गरे ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले आफूहरू अपाङ्गता भएका व्यक्तिले उठाएको मागप्रति आफूहरू संवेदनशील रहेको भन्दै महानगरपालिकामा हाल रहेका सार्वजनिक शौचालयलाई पुनर्निर्माण गर्ने क्रममा तिनलाई अपाङ्गतामैत्री बनाउने र नयाँ स्मार्ट शौचालयहरूहरू सबैका लागि अनुकूल हुने गरि बनाइने प्रतिबद्धता जनाए ।

महानगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाको संयोजनमा अन्तर्राष्ट्रिय स्तरको व्हीलचेयर बास्केटवल वा क्रिकेट प्रतियोगिता गर्न महानगरपालिका सकारात्मक रहेको बताए ।

स्पाइनल इन्जरी नेटवर्कका उपाध्यक्ष झरना रानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा नेटवर्कका सचिव राजेन्द्र खनाल, कोषाध्यक्ष कृष्ण भण्डारी, सदस्य हिमाल अर्याल (नेपाल स्पाइनल इन्जरी खेलकुद संघका उपाध्यक्ष), सल्लाहकार गजेन्द्र बुढाथोकी, अपाङ्गताअनुकूल पर्यटन अभियन्ता शिव रिमालको सहभागिता रहेको थियो ।

स्पाइनल इन्जरी नेटवर्कले राखेका मागहरू

१) अपाङ्गता भएका व्यक्तिबारे राज्य तहबाटै विभेद सिर्जना गर्न नहुने । वर्तमान वर्गीकरण अनुसार स्पाइनल कर्ड इन्जरीलाई अतिअशक्त अपाङ्गता वर्गीकरण गरि नीलो परिचयपत्र दिइन्छ। स्पाइनल इन्जरी भनेको अतिगम्भीर अपाङ्गता हो । महानगरपालिकाले पूर्णअपाङ्गतामात्रलाई मात्रै सामाजिक सुरक्षाको दायरामा ल्याउँदा विभेद भएको छ । यसमा तत्कालै सुधार होस् ।

२) महानगरपालिकाका सार्वजनिक शौचालय अपाङ्गतामैत्री नहुँदा ठूलो कष्ट सहनु परेको छ । सार्वजनिक तथा निजी साझेदारीमा मुख्य सहरी क्षेत्रमा अपाङ्गतामैत्री शौचालय निर्माण गर्नु पर्ने ।

३) मेरुदण्ड पक्षघात भएका व्यक्तिहरूलाई दैनिक रुपमा नभइ नहुने मेडिकलजन्य सामाग्री (युरिन व्याग, जाइलोकन जेली, सि.आइ.सि.पाइप, फोलिस र सि क्याथेटर, डाइपर, स्यानेटरी प्याड, कोलोस्टोमी व्याग, पन्जा, महानगरले निःशुल्क रुपमा उपलब्ध गराएका औषधीहरू कार्यान्वयनमा ल्याउने साथै मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका व्यक्तिहरुले नियमित सेवन गर्ने औषधीहरु (अक्सिपास, यूरोडिन ट्याब्लेट) अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने ।

४) मेरुदण्डको चोटको आधारमा पक्षघात भएका व्यक्तिहरुलाई सहयोगीको व्यवस्था सहित आवश्यकता अनुसारको सहायक सामाग्रीहरु जस्तैः म्यानुअल र इलेक्ट्रिक ह्विलचियर, बैशाखी, उपयुक्त कुसन तथा अन्य आवश्यक सामग्रीहरु हरेक तीन वर्षमा वडा कार्यलयमार्फत उपलब्ध गराउनु पर्ने ।

५) मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई योग्यता अनुसारको रोजगार, आवासीय व्यवस्थासहित सीपमूलक तालिमको व्यवस्था गर्नुका साथै उद्योग, व्यवसाय संचालन गर्न चाहेमा महानगरपालिकाले लिँदै आएका सबै कर छुटको व्यवस्था गरिनु पर्ने  ।

६) मेरुदण्डीय पक्षघात भएका ब्यक्तिहरुको खर्चको अनुपातमा खाई पाई आएको सामाजिक सुरक्षा भत्ता अति नै कम भएकोले  पूर्ण अशक्तसरह अति अशक्त  वर्गलाई पनि थप रकम वृद्धि गरिनु पर्ने ।

७) आन्तरिक र बाह्य पर्यटनको आर्कषणको केन्द्र बिन्दु रहेको काठमाडौ दरवार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथको परिसर  अन्य पर्यटकीय स्थलहरुमा अपाङ्गमैत्री शौचालयको ब्यवस्थाका साथै ,सार्वजनिक पार्क, स्थलहरु पुर्ण अपाङ्गमैत्री हुनु पर्ने । सबै क्षेत्रमा सहज पहुचको व्यवस्था हुनु पर्ने । स्वयम्भू नाथमा लिफ्टको ब्यवस्था हुनु पर्ने । पशुपतिनाथको सौदर्यकिकरणका साथै सम्पुर्ण क्षेत्र ह्वीलचेयेर पहँुच हुनुपर्ने ।

८) आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई  पुनस्र्थापनाको लागि आवश्यक रकम उपलब्ध गराइनु पर्ने । साथै मनोपरामर्श र फिजियो थेरापी सेवाको निःशुल्क व्यावस्था गरिनुपर्ने ।

९) आर्थिक अवस्था कमजोर  पूर्र्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुका सन्तानहरुले पढ्न चाहेमा निजी तथा सरकारी दुवै मेडिकल र इञ्जिनियरिङ कलेजहरुमा उच्च शिक्षासम्म उचित छात्रवृत्तिको  व्यवस्था गरिनु पर्ने ।

१०) विभिन्न कारणले अपाङ्गता भई व्हीलचेयर प्रयोग गर्न वाध्य भएका खेलाडीहरुको शारीरिक मानसिक विकास र आत्माबल उच्च राख्नको लागि विषेश अवसरमा  वर्षेनी मेयर कप व्हीलचेयर बास्केटबल तथा व्हीलचेयर क्रिकेट खेलको आयोजना गराउनु पर्ने ।

११) बैंक तथा वित्तीय क्षेत्र अपाङ्गतामैत्री नहुँदा वित्तीय पहुँचबाट बञ्चित हुनुपरेको छ । महानगरपालिकाको  नेतृत्वमा पहुँचयुक्त वित्तीय सेवाको पहल हुनुपर्ने महानगरपालिकाका  तथा सबै वडा कार्यालय अपाङ्गतामैत्री बनाउनु पर्ने ।

१२) काठमाडौं महानगरपालिकाको कर तथा महसुलमा अपाङ्गता भएका नागरिकलाई सतप्रतिशत छुट दिने व्यवस्था गर्नु पर्ने

१३) काठमाडौं महानगरपालिकामा कम्तिमा एउटा स्पाइनल इन्जरी रिह्याब सेन्टर र ५ वटाजति अपाङ्गता पुनस्थापना केन्द्र बनाइनु पर्ने ।

सुदेश पराजुलीलाई साथ दिदै अनेरास्ववियू काठमाडौ जिल्ला अध्यक्षद्वारा दोस्रो दिनबाट अनसन सुरु
कपन अनलाइन

काठमाण्डौ ,असार ३०।

त्रिभुवन विश्वविद्यालयभित्र रहेका विकृति, विसंगति र शैक्षिक अपराधिकरणका विरूद्ध लाखौ विद्यार्थीहरुको भविस्य बोकेको त्रिभुवन विश्वविद्यालय सुधारको माग राख्दै अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले उपकुलपति कार्यालय किर्तिपुरमा थाल्नु भएको आमरण अनसनमा काठमाडौ जिल्ला अध्यक्ष एटम बिद्रोहीले पनि एक्यवद्धता जनाउदै हिजो दोस्रो दिनबाट अनसन गरेका छन ।

केन्द्रको आमरण अनसनप्रती एक्यवद्धता जनाउदै अनेरास्ववियू काठमाडौ जिल्ला कमिटी पनि माग सम्बोधन नभए सम्म केन्द्रीय कमिटीसगै अनसनमा सरिक हुने कुरा एक्यवद्धता बिज्ञाप्ति मार्फत अवगत गराउदै उनि  पनि अनसन बस्न गएका हुन् ।

यतिखेर केन्द्रीय अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधब पन्त स्वस्थ्य अवस्थामा समस्य देखिए सगै हिजो देखि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन ।

त्रिभुवन विश्वविद्यालयलाई मजबुत बनाउने यो स्वर्णिम आन्दोलनमा थप उर्जा थपी त्रिभुवन विश्वविद्यालय प्रशासनलाई विद्यार्थीहरुको जायज माग सम्बोधन गराउन दबाब दिन हातेमालो गर्न पनि एटमले सबैसग अनुरोध गरेका छन ।

बिज्ञप्ति :

हिमाल आरोही लालवहादुर जिरेललाई युवा संघ नेपालको झन्डा हस्तान्तरण
कपन अनलाइन

काठमाण्डौ ,असार २१।

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालवहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् ।

सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गरेका हुन्  ।

सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिसक्नुभएका हिमाल आरोही जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लाग्नुभएको र उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराउने इच्छा ब्यक्त गरेकोले  उहॅालाई झण्डा हस्तान्तरण गरिएको संघका महासचिव दिपक जीएमले बताए ।

एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहनु भएका जिरेल प्रसिद्ध हिमाल आरोही हुन ।

स्थानीय निर्वाचन २०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहनु भएका उहाँले यस अघि सर्वोच्च शिखर सगरमाथा २ पटक आरोहण गरि सकेका छन् ।

उहाँले मनास्ल हिमाल एक पटक,आमा डवलम ३ पटक पुमरी एक पटक,मेरा पिक ५ पटक सिंगा चुली एक पटक,टेनपिक २ पटक ,दम्पोस पिक एक पटक ,लार्के पिक एक पटक,अम्विगेप्चेन एकपटक,आइसल्याण्डपिक एक सय २० पटक लवुजेपिक ३० पटक,सोलु पिक एक पटक,लाङसिसरी एकपटक,नयाँकाङ ३ पटक,एलापिक ३ पटक,रमुदङ एक पटक,खाम्सेकु एक पटक लगायत २६ वढी हिमाल रोहण गरीसकेका छन् ।नेपाल वाहक किर्गिस्थानको लेनिन पिक यस अघि पनि चढी सकेका छन् ।

झण्डा हस्तान्तरण कार्यक्रममा संघका महासचिव जिएम, उपमहासचिव अशोक दहाल, प्रवक्ता सन्जिप राइ, कार्यलय प्रमुख नरेश गिरि, कोषध्यक्ष दिपक दुवादी, स्थाइ कमिटी सदस्य रेखा लोप्चन, विशाल खत्री लगायतको उपस्थिति थियो ।

मदन भण्डारी वौद्धिक मञ्चको राष्ट्रिय बजेट विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन

काठमाण्डौ ,असार १८।

मदन भण्डारी वौद्धिक मञ्च केन्द्रीय कार्यसमितीले आज काठमाडौंमा संकटोन्मुख अर्थतन्त्र र आव २०७९/८०को राष्ट्रिय बजेट विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले ओली सरकारको पालामा भएका विकासका राम्रा पक्षहरुको उल्लेख गर्दै अर्थतन्त्रलाई संकटबाट जोगाउन गर्न सकिने कामहरुका बारेमा पनि चर्चा गरेका थिए।

त्यस्तै  उक्त कार्यक्रममा अर्थशास्त्री डा. दिलनाथ दंगालले कार्यपत्र प्रस्तुत गरेका थिए  । कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालको अर्थतन्त्रमा वित्तिय क्षेत्र, मौद्रिक क्षेत्र, वाह्य क्षेत्र र आर्थिक वृद्धिमा एकै पटक विरलै चाप पर्ने गरेता पनि  अर्थतन्त्रमा सरकारको गलत रवैयाका कारणले यो पटक यस्तो देखा परेको बताएका थिए  ।

उनले अर्थतन्त्र सुधान हुनुको सट्टामा झन संकटोन्मुख हुन थालेकोमा चिन्ता पनि ब्यक्तगर्दै  डा. दंगालले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने र नजाने आधारहरु पनि पेश गरेर  संकटोन्मुख अर्थतन्त्रमा सुधारका उपायहरु पनि राखेका थिए ।

बजेटले परिकल्पना गरेका सबै विकाशका कामहरु यसै वर्षमा सम्पन्न गर्ने हो भने २० खर्व पैसाले पनि नपुग्ने हुनाले विकास गर्न भन्दा पनि चुनावमा जनता झुक्याउन ल्याएको जस्तो देखिएको धारणा पनि उनले प्रस्तुत गरे ।

योजना आयोगका पुर्व सदस्य प्रा.डा.गोविन्द नेपाल र राष्ट्रबैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले कार्यपत्रमाथि टिप्पणी गरेको कार्यक्रममा  भने   बौद्धिक वर्गहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो  कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष केबी आचार्य र सञ्चालन सचिव पुन्य ढकालले गरेका थिए  भने उपाध्यक्ष डा. बाबुराम अधिकारीले अतिथी र सहभागीहरुलाई स्वागत गर्नु भएको थियो ।