स्थानीय खबर – kapanonline
जेम्सलाई जुनियर क्रिकेट लिग उपाधि
कपन अनलाइन
काठमाडौं,साउन ३०।
जेम्सले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ को उपाधि शुक्रबार जितेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा जेम्सले डिएभी ‘नीलो’ लाई ८ रनले पराजित ग¥यो ।
टस जितेर पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाउदै ७० रनको योगफल खडा ग¥यो । प्रत्युत्तरमा डिएभी ‘नीलो’ अलआउट हुनुअघि ९.२ ओभरमा ७ विकेट क्षतिमा ६२ रनमा समेटियो । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार हात पारे ।
एन्जल्स हार्ट नेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा डिएभी ‘नीलो’ का कमल साइ सर्वोत्कृष्ट खेलाडी घोषित भए । हिमालयन ह्वाइटहाउसका रिदम अधिकारी उत्कृष्ट बलर, डिएभी ‘नीलो’ का कमल साइ उत्कृष्ट ब्याट्सम्यान र आयोजक एन्जल्स हार्टका अभिषेक कठायत उदीयमान खेलाडी चुनिए ।
एन्जल्स स्पोर्ट्स एकेडेमीको व्यवस्थापन तथा एनपीएल टिम काठमाडौं गुर्खाजको सहयोगमा भएको प्रतियोगितामा मानसिंह धर्म माविले अनुशासित टिमको ट्रफी हात पार्यो ।
विजेतालाई काठमाडौं गुर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहिया, एन्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्ट माविकका प्रिन्सिपल धनबहादुर पुन, आयोजक एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । टी– १० इन्डोर छात्र क्रिकेटमा २४ टिम सहभागी थिए ।
रेडियन्ट पब्लिक प्रिक्वाटरफाइनलमा
कपन अनलाइन
काठमाण्डौ, साउन २९ ।
रेडियन्ट पब्लिक १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भइरहेको प्रतियोगितामा रेडियन्टले पिपुल्स एकेडेमीलाई ५५–४० ले पराजित ग¥यो । रेडियन्टका लागि सुगम मगरले १३ अंक जोडे ।
सिनियर ब्वाइजमै गण्डकीले संस्कृति इन्टरनेसनललाई ४७–४५,  क्षेत्रज्ञले सेबलाई ६१–५६ र पुष्पसदनले नेपालयलाई ६२–४० ले हराए । गण्डकीका तपेन्द्र ओडले २८, क्षेत्रज्ञका रेमनले ४६ र पुष्पसदनका दिप्सन महर्जनले १८ अंक जोडे ।
जुनियर ब्वाइजमा महामञ्जुश्रीले माइस्टोनलाई ३३–१०, ग्रिनफिल्ड ‘ए’ ले तेजस्वी एकेडेमीलाई २६–५, एन्जल्स हार्टले पिपुल्सलाई ३९–१५ र ज्ञान निकेतनले केएससीएसलाई १८–६ ले पाखा लगाए । महामञ्जुश्रीका निरज तामाङले १६, ग्रिनफिल्ड ‘ए’ का अजय मगरले ९, एन्जल्स हार्टका सौरभ श्रेष्ठले १८ र ज्ञान निकेतनका डेविड अधिकारीले ६ स्कोर गरे ।
सिनियर गल्र्समा केभीएसले अद्वित्यलाई ३८–१३, भ्याली पब्लिकले पिपुल्सलाई ५४–१८ र नवीन ज्योतिले संस्कृतिलाई १९–१७ ले पाखा लगाए । केभीएसकी डोल्मा लामाले १८, भ्याली पब्लिककी सुरम्य तामाङ र सेलिना गुरुङले समान १३–१३ तथा नवीन ज्योतिकी अविना दानीले ६ अंक जोडे ।
कान्जिरोवा र भक्तपुर निस्ट फाइनलमा
कपन अनलाइन
काठमाण्डौ, साउन २९ ।
कान्जिरोवा र भक्तपुर निस्ट दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा कान्जिरोवाले बौद्ध इन्टरनेसनल स्कुललई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । भक्तपुर निस्टले इम्पेरियल वल्र्डलाई १–० ले हरायो । बौद्धले इम्पेरियललाई सडन डेथ (६–५) मा पाखा लगाउदै तेश्रो भयो ।
काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगिताअन्तर्गत सिनियर गल्र्समा जोन डेवीले काष्ठमण्डप ‘ए’ लाई ७–० र मेरिडियनले इम्पेरियललाई १–० गोलले पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे । मेरिडियनले काष्ठमण्डप ‘ए’ लाई ३–० ले पराजित गर्दै तेश्रो बन्यो ।
जुनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ ले युरो स्कुल, हात्तीगौडालाई १–० तथा काठमाडौं प्रज्ञा कुञ्जले काष्ठमण्डप ‘बी’ लाई टाइब्रेकरमा २–१ ले हराउदै फाइनलमा स्थान पक्का गरे । काष्ठमण्डप ‘बी’ ले युरो, हात्तीगौडामाथि १–० को जित दर्ता गर्दै तेश्रो स्थानमा रह्यो ।
गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
कपन अनलाइन
काठमाडौं, साउन २९।
गोकर्णेश्वर नगरपालिकाका नागरिकले अब नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । नगरवासीलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल मेडिकल कलेज र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य उपचारसम्बन्धी महत्वपूर्ण सम्झौता भएको हो ।
बिहीबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले सम्झौतापत्रमा हस्ताक्षर गरे । स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कलेजले नगरपालिकासँग सहकार्य गरेको हो ।
नगरवासीलाई १ लाखसम्म उपचार खर्च
सम्झौताअनुसार नेपाल सरकारबाट उपलब्ध स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक, औषधि उपचार कोषलगायतका सरकारी स्वास्थ्य सुविधाको पूर्ण उपयोग गरिसकेपछि मात्र नगरपालिकाको यो सुविधा लागू हुनेछ । नगरवासीको उपचारमा नगरपालिकाले ८५ प्रतिशत खर्च व्यहोर्दा कलेजले समेत १५ प्रतिशत छुट दिएको छ । कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत नगरवासीहरूलाई उक्त सुविधा दिएको हो ।
सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास भएका र नगरपालिकाबाट सिफारिस लिएर आएका नागरिकले १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार प्राप्त गर्नेछन् । सेवा लिन नागरिकता र मतदाता परिचयपत्रका आधारमा पहिचान खुलाउनुपर्नेछ ।
उपचारका क्रममा आवश्यक औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ । त्यस्तै, रगत आवश्यक परेमा नगरपालिकाले प्रतिपिन्ट १ हजार १५० रुपैयाँसम्म प्रयोगशाला परीक्षण शुल्क शोधभर्ना गर्ने व्यवस्था गरिएको छ ।
ओपीडीदेखि क्याथ ल्याबसम्म छुट
सम्झौताअन्तर्गत नेपाल मेडिकल कलेजले गोकर्णेश्वर नगरवासीलाई निःशुल्क ओपीडी दर्ता सुविधा दिनेछ । साथै, अस्पतालका विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ ।
छुट पाउने सेवामा प्रयोगशाला परीक्षण, जनरल बेड, एक्स–रे, यूएसजी, ईसीजी, इन्डोस्कोपी/कोलोनोस्कोपी, फिजियोथेरापी, डायग्नोस्टिक प्रोसेडर, दन्त सेवा, क्याथ ल्याब तथा इम्प्लान्टबाहेकका शल्यक्रिया लगायत छन् ।
‘आर्थिक अभावमा उपचार नपाएर मर्नुपर्ने अवस्था हुँदैन’
सम्झौता कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले नगरवासीलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन नगरपालिका प्रतिबद्ध रहेको बताए ।
“गोकर्णेश्वरवासी कोही पनि आर्थिक अभावमा उपचार नपाएर मर्नु पर्दैन, हामीले १३ वटा अस्पतालसँग सम्झौता गरेर १ लाख रुपैयाँसम्मको उपचार खर्च नगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरेका छौं ।” उनले भने ।
नगर प्रमुख रिसालले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरवको रूपमा रहेको बताए । मेडिकल कलेजकै कारण नगरवासीले सहज रूपमा स्वास्थ्य सेवा पाएको, नगरको स्वास्थ्य सुरक्षा र सचेतनामा सुधार आएको उनको दाबी छ ।
‘अन्य स्थानीय सरकारका लागि पनि उदाहरण’
नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले गोकर्णेश्वर नगरपालिकाले अघि सारेको स्वास्थ्यसम्बन्धी योजना अन्य स्थानीय सरकारका लागि समेत उदाहरणीय रहेको बताए ।
“यो स्किम निकै सराहनीय छ, यसको सिको अन्य नगरपालिकाहरूले पनि गर्नुपर्छ । नेपाल मेडिकल कलेज नगरवासीको सेवाको लागि हरदम तत्पर छ ।” प्रा.डा. अन्सारीले भने ।
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा हरेक नागरिकलाई निःशुल्कभन्दा असफल भएको प्रा.डा. अन्सारीको भनाइ छ । भारतमा गरिब, विपन्न नागरिकका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा सफल हुँदा नेपालमा भने सबैलाई निःशुल्क भनेर बीमा सञ्चालन गर्दा धान्न नसक्ने परिस्थिति बनेको भन्दै प्रा.डा. अन्सारीले नागरिकको स्तर हेरेर बीमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
सञ्चालक समिति सदस्य डा. आनन्दप्रसाद श्रेष्ठले स्थानीय सरकारसँगको सहकार्यले नागरिकलाई स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास व्यक्त गरे । भने, कलेजका सञ्चालक सदस्य शाहनवाज अन्सारीले नगरपालिका र कलेजबीचको सहकार्यले जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बाटो खुलेको बताए ।
कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नेपाल मेडिकल कलेजले गोकर्णेश्वर नगरपालिकासँग विगत तीन–चार वर्षदेखि नगरवासीलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहकार्य गर्दै आएको जानकारी दिइन् । यस वर्ष सम्झौता गर्न केही ढिलाइ भए पनि नगरवासीलाई १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउने व्यवस्था महत्वपूर्ण उपलब्धि भएको उनको जिकिर छ ।
“तीन–चार वर्षदेखि हामीले नगरपालिकासँग सहकार्य गरिरहेका छौं । यो वर्ष केही ढिलो भएको मात्र हो । नगरवासीलाई यस्तो सुविधा उपलब्ध गराउनु निकै ठूलो उपलब्धि हो । यसलाई निरन्तर अगाडि बढाउँदै लैजान्छौं ।” नगरवासीको स्वास्थ्योपचारमा कलेजले कुनै कसर बाँकी नराख्ने भन्दै उनले भनिन् ।
नगर उपप्रमुख सान्नानी लामाले कलेज गोकर्णेश्वर नगरपालिकाको गहना भएको बताइन् । नगरवासीको स्वास्थ्य सेवा र दक्ष चिकित्सक उत्पादनमा कलेजले खेलेको भूमिकाको उनले मुक्तकण्ठले प्रशंसा गरिन् ।
नगरपालिका र अस्पतालबीचको यो सहकार्यले आर्थिक अवस्था कमजोर भएका गोकर्णेश्वरवासीलाई उपचारमा पहुँच बढाउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा स्थानीय नागरिकको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा कलेजकी निर्देशक डा. नुरसत जहाँ अन्सारी, निर्देशक डा. राजेश किशोर श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. निलमणि उपाध्याय लगायत फ्याकल्टी र नगरवासी सेवाग्राहीहरूको समेत उपस्थिति रहेको थियो ।
काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
कपन अनलाइन
काठमाडौं,साउन २८ ।
आयोजक काष्ठमण्डप विद्यालयको दुवै टोली दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डपको ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा पुगेका  हुन् ।
काष्ठमण्डप ‘ए’ ले कान्जिरोवालाई ३–० तथा काष्ठमण्डप ‘बी’ ले रोजबडलाई २–० गोलले पराजित गरे । सोही स्पर्धामा युरो स्कुल, हात्तीगौडाले अक्षरालाई टाइब्रेकरमा २–१ तथा काठमाडौं प्रज्ञा कुञ्जले संस्कृति इन्टरनेसनल स्कुललाई १–० गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा काठमाडौं प्रज्ञा कुञ्जको भेट काष्ठमण्डप ‘बी’ संग हुनेछ भने युरोले काष्ठमण्डप ‘ए’ को सामना गर्ने छ ।
सिनियर गल्र्समा जोन डेवीले युरो, छाउनीलाई ७–०, इम्पेरियलले त्रियोगलाई टाइब्रेकरमा २–१, काष्ठमण्डप ‘ए’ ले संस्कृतिलाई टाइब्रेकरमा २–१ र मेरिडियनले काठमाडौं प्रज्ञा कुञ्जलाई २–१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनल जोन डेवी र काष्ठमण्डप ‘ए’ तथा इम्पेरियल र मेरिडियनबीच हुनेछ ।
सिनियर ब्वाइजमा भक्तपुर निस्टले युरो, छाउनीलाई १–०, कान्जिरोवाले दीक्षालयलाई २–१, बौद्ध इन्टरनेसनल स्कुलले काष्ठमण्डप ‘ए’ लाई १–० र इम्पेरियलले संस्कृतिलाई १–० गोलले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनलमा भक्तपुर निस्टले इम्पेरियल तथा कान्जिरोवाले बौद्ध इन्टरनेसनल विरुद्ध खेल्ने छन् ।
काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार सेमिफाइनसंगै तेश्रो स्थानका लागि पनि खेल हुनेछ ।
राखेप बोर्ड सदस्यमा धनीराम र ललिता मनोनीत
कपन अनलाइन
काठमाडौं, साउन २६ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ सोमबार मनोनित भएका छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा (२) को खण्ड (ट) बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्री मन्त्रीस्तरीय निर्णयबाट दुवैलाई मनोनयन गरिएको हो ।
दुवैको कार्यकाल ४ वर्षको हुनेछ । उनीहरुलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारस्थित मन्त्रालयमा पत्र हस्तान्तरण गरे ।
अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा छनोट
कपन अनलाइन
काठमाडौं, साउन २५ ।
नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई व्यावसायिक ब्रान्डका रूपमा विकास गर्दै आएको हाँडी बिरयानी ९ज्बबमष् द्यष्चथबलष्० का सह–संस्थापक तथा जनसम्पर्क प्रमुख पोषण नेपाल अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित प्रतिष्ठित ‘अमेरिकी दूतावास उद्यमशीलता सीप विकास कार्यक्रम–क्यापस्टोन एक्सेलेरेटर’ अन्तर्गत देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीमध्ये पर्न सफल भएका छन्।
काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरमा नेपालले हाँडी बिरयानीको ब्रान्ड विकास, सेवा प्रणाली, डिजिटल बजार रणनीति, कृत्रिम बुद्धिमत्तामा आधारित ग्राहक पहुँच तथा फ्रेन्चाइज मोडलमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय विस्तार गर्ने योजना प्रस्तुत गरेका थिए।
देशभरबाट कार्यक्रमका लागि ८०० भन्दा बढी आवेदन प्राप्त भएका थिए। तीमध्ये सातै प्रदेश समेट्ने गरी नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालन गरिएका क्षेत्रीय कार्यक्रमका लागि २०० भन्दा बढी उद्यमी छनोट गरी प्रशिक्षण प्रदान गरिएको थियो।
त्यसपछि व्यावसायिक सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता, उद्यमीको प्रतिबद्धता तथा बजार सम्भावनालगायत आधारमा गरिएको अत्यन्त प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट केवल २० उद्यमी काठमाडौंमा आयोजित क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका हुन्।
मुगल तथा उत्तर भारतीय स्वादलाई व्यावसायिक ब्रान्डमा रूपान्तरण गर्दै हाँडी बिरयानी
हाँडी बिरयानी नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारमा विशेषज्ञता हासिल गरेको रेस्टुरेन्ट ब्रान्ड हो।
रेस्टुरेन्टले मानकीकृत खाना पकाउने प्रक्रियामार्फत प्रत्येक ग्राहकलाई स्वाद र सेवामा एकरूप अनुभव प्रदान गर्ने प्रयास गर्दै आएको छ। ग्राहक अनुभव, डाइन–इन सेवा तथा ब्रान्ड पहिचानमा केन्द्रित रणनीतिले प्रतिस्पर्धी भोजन बजारमा हाँडी बिरयानीलाई फरक स्थान बनाउन सहयोग गरेको छ।
कम्पनीको लक्ष्य परम्परागत स्वादलाई केवल रेस्टुरेन्ट अनुभवमा सीमित नराखी व्यवस्थित, विस्तारयोग्य र फ्रेन्चाइज गर्न सकिने खाद्य ब्रान्डका रूपमा विकास गर्नु हो।
डिजिटल बजारदेखि एआईसम्म—ग्राहक पहुँच विस्तारको नयाँ रणनीति
हाँडी बिरयानीले आफ्नो बजार विस्तारमा डिजिटल माध्यमलाई प्राथमिकता दिँदै आएको छ।
कम्पनीले डिजिटल–प्रथम बजार रणनीति, कृत्रिम बुद्धिमत्तामा आधारित ग्राहक लक्षित अभियान तथा तथ्यांकमा आधारित प्रवर्द्धनमार्फत ग्राहकको रुचि बुझ्ने, नयाँ ग्राहकसम्म पुग्ने र ब्रान्डसँगको सम्बन्ध थप मजबुत बनाउने काम गरिरहेको छ।
बदलिँदो ग्राहक व्यवहार र डिजिटल भोजन बजारलाई ध्यानमा राख्दै कम्पनीले प्रविधि र खाद्य सेवाबीचको सम्बन्धलाई आफ्नो विस्तार रणनीतिको महत्वपूर्ण आधार बनाएको छ।
फ्रेन्चाइज मोडलमार्फत नेपाल र विदेशमा विस्तार गर्ने लक्ष्य
हाँडी बिरयानीको अबको प्रमुख लक्ष्य फ्रेन्चाइज मोडलमार्फत नयाँ बजारमा प्रवेश गर्नु हो।
मानकीकृत खाना पकाउने प्रक्रिया, ब्रान्ड पहिचान र ग्राहक अनुभवमा एकरूपता कायम गर्दै विभिन्न सहरमा नयाँ शाखा तथा फ्रेन्चाइज सञ्चालन गर्न सकिने संरचना विकासमा कम्पनीले काम गरिरहेको छ।
दीर्घकालीन रूपमा हाँडी बिरयानीलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली उद्यमीले विकास गरेको प्रतिस्पर्धी आतिथ्य तथा खाद्य सेवा ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
नेपाल र अष्ट्रेलियाको अनुभवलाई ब्रान्ड विकासमा जोड्दै पोषण नेपाल
पोषण नेपाल हाँडी बिरयानीका सह–संस्थापक तथा जनसम्पर्क प्रमुख हुन्।
उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय अध्ययनमा स्नातकोत्तर तथा अष्ट्रेलियाको ग्लष्खभचकष्तथ या त्भअजलययिनथ क्थमलभथ ९ग्त्क्० बाट व्यावसायिक लेखांकनमा स्नातकोत्तर गरेका छन्।
नेपाल र अष्ट्रेलियामा हासिल गरेको व्यवसाय, वित्तीय व्यवस्थापन तथा व्यावसायिक अनुभवलाई उनले हाँडी बिरयानीको ब्रान्ड विकास, जनसम्पर्क, वित्तीय सोच र बजार विस्तारमा उपयोग गर्दै आएका छन्।
दुई फरक बजार तथा व्यवसायिक संस्कृतिमा हासिल गरेको अनुभवले ग्राहक अपेक्षा, सेवा प्रणाली, वित्तीय अनुशासन तथा व्यवसाय विस्तारलाई फराकिलो दृष्टिकोणबाट हेर्न सहयोग गरेको छ।
राष्ट्रिय मञ्चमा हाँडी बिरयानीको विस्तार रणनीति प्रस्तुत
क्यापस्टोन एक्सेलेरेटरमा नेपालले हाँडी बिरयानीको व्यवसायिक यात्रा, ब्रान्ड विकास, ग्राहक अनुभव, मानकीकृत उत्पादन तथा सेवा प्रणाली र भविष्यको विस्तार रणनीतिबारे प्रस्तुति दिएका थिए।
विशेषगरी उनले फ्रेन्चाइज मोडल, एआईमा आधारित ग्राहक लक्षित बजार रणनीति, डिजिटल प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने योजनालाई राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका थिए।
कार्यक्रममार्फत उनले लगानीकर्ता, उद्योगी, व्यावसायिक नेतृत्व तथा अन्य उद्यमीसँग संवाद गर्दै व्यवसायलाई थप विस्तारयोग्य र लगानीयोग्य बनाउने विषयमा व्यावहारिक सुझावसमेत प्राप्त गरेका थिए।
क्यापस्टोन एक्सेलेरेटरको अनुभवबारे पोषण नेपालले भनेस्
— पोषण नेपाल, सह–संस्थापक तथा जनसम्पर्क प्रमुख, हाँडी बिरयानी
क्यापस्टोनका सहभागीका लागि हाँडी बिरयानीको विशेष प्रस्तुति
क्यापस्टोन एक्सेलेरेटरका क्रममा सहभागी उद्यमीका उत्पादन र सेवाहरूलाई कार्यक्रममै समेट्ने प्रयास गरिएको थियो। त्यसै क्रममा हाँडी बिरयानीलाई कार्यक्रमको विशेष भोजनमा समेत प्रस्तुत गरिएको थियो, जसले सहभागी, मेन्टर तथा अतिथिलाई ब्रान्डको स्वाद र उत्पादन अनुभव प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर दिएको थियो।
यसले खाद्य उद्यमका लागि पिच र व्यवसायिक प्रस्तुतिसँगै प्रत्यक्ष उत्पादन अनुभव र ग्राहक प्रतिक्रिया प्राप्त गर्ने थप अवसर सिर्जना गरेको थियो।
तीनदिने क्यापस्टोनमा निर्यात, कृत्रिम बुद्धिमत्ता र लगानी तयारीमा जोड
देशभरबाट प्रतिस्पर्धात्मक छनोटमार्फत उत्कृष्ट २० मा परेका उद्यमीहरूले काठमाडौंमा आयोजित तीनदिने आवासीय कार्यक्रममा व्यवसाय विस्तार, लगानी तयारी, अन्तर्राष्ट्रिय बजारमा पहुँच, कृत्रिम बुद्धिमत्ताको प्रयोग, बजार व्यवस्थापन तथा रणनीतिक सञ्चारलगायत विषयमा केन्द्रित प्रशिक्षण प्राप्त गरेका थिए।
क्यापस्टोन एक्सेलेरेटर मुख्यतः निर्यात तयारी, कृत्रिम बुद्धिमत्ता तयारी र लगानी तयारी गरी तीन प्रमुख व्यावसायिक तयारीका क्षेत्रमा केन्द्रित थियो।
अन्तरक्रियात्मक विशेष कक्षा, मार्गदर्शन, सहकर्मीबीच सिकाइ तथा व्यवसाय प्रस्तुति तयारीमार्फत सहभागीहरूले आफ्ना व्यावसायिक रणनीतिलाई थप परिष्कृत गरेका थिए।
यसअघि क्षेत्रीय कार्यक्रमपछि कानुनी अनुपालन, निर्यात तयारी, कृत्रिम बुद्धिमत्तामा आधारित व्यवसाय विस्तार तथा डिजिटल बजार व्यवस्थापनसम्बन्धी भर्चुअल विशेष कक्षासमेत सञ्चालन गरिएको थियो।
लगानीकर्ता र उद्योगीसमक्ष हाँडी बिरयानीको प्रस्तुति
कार्यक्रमको अन्तिम दिन आयोजना गरिएको ‘लगानी तथा विश्व बजार केन्द्रित व्यवसाय प्रस्तुति सत्र’ मा पोषण नेपालसहित देशभरका उत्कृष्ट २० उद्यमीले आफ्ना व्यवसाय नेपालका प्रमुख लगानीकर्ता, उद्योगी, उद्यमशीलता क्षेत्रका साझेदार तथा विज्ञहरूको प्यानलसमक्ष प्रस्तुत गरेका थिए।
नेपालले हाँडी बिरयानीको ब्रान्ड, ग्राहक अनुभव, डिजिटल बजार रणनीति, फ्रेन्चाइज विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने भावी योजनाबारे प्रस्तुति दिएका थिए।
सहभागीहरूले आफ्ना व्यवसायलाई थप प्रतिस्पर्धी, लगानीयोग्य, प्रविधिमैत्री तथा विस्तारयोग्य बनाउन विज्ञहरूबाट व्यावहारिक सुझावसमेत प्राप्त गरेका थिए।
‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मा हाँडी बिरयानी
सहभागी उद्यमीहरूले ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मार्फत आफ्ना उत्पादन तथा सेवाहरू प्रस्तुत गर्ने अवसरसमेत प्राप्त गरेका थिए।
हाँडी बिरयानीले पनि आफ्नो ब्रान्ड, सेवा अवधारणा तथा विस्तार योजनालाई व्यवसायिक नेतृत्व, लगानीकर्ता र अन्य उद्यमीसँग प्रस्तुत गर्दै नयाँ साझेदारी तथा बजार अवसरबारे संवाद गर्ने अवसर प्राप्त गरेको थियो।
अमेरिकी ‘मेन स्ट्रीट’ अवधारणाबाट प्रेरित उक्त प्रदर्शनीले सहभागी उद्यमीहरूलाई लगानीकर्ता, उद्योगी, नेपालस्थित अमेरिकी वाणिज्य संघ ९एमच्याम नेपाल० तथा अन्य नेपाली र अमेरिकी व्यावसायिक नेतृत्वसँग प्रत्यक्ष संवाद र सञ्जाल विस्तार गर्ने अवसर प्रदान गरेको थियो।
अमेरिका–नेपाल व्यावसायिक सम्बन्ध विस्तारमा जोड
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चीफ माइक हार्करले भनेस्
“आजको क्यापस्टोन शोकेस एउटा कार्यक्रमको समापन मात्र होइन, अमेरिका र नेपालबीचको बलियो आर्थिक साझेदारीको महत्वपूर्ण उदाहरण पनि हो। नवीन सोच भएका नेपाली उद्यमीहरूमा लगानी गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै तथा उद्यमी, उद्योग र लगानीकर्ताबीच सम्बन्ध विस्तार गरेर हामी आर्थिक कूटनीति र निजी क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाइरहेका छौं। नेपालको आर्थिक विकास र द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने नयाँ पुस्ताका उद्यमीहरूलाई सहयोग गर्न पाउँदा हामी गर्व गर्छौं।”
देशभरका उत्कृष्ट २० उद्यमीको सहभागिता
क्यापस्टोन एक्सेलेरेटर अमेरिका–नेपाल व्यावसायिक कूटनीति शृङ्खला अन्तर्गत सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमको अन्तिम तथा उन्नत चरण हो।
नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालित क्षेत्रीय कार्यक्रममार्फत २०० भन्दा बढी उद्यमीलाई प्रशिक्षण प्रदान गरिएको थियो। तीमध्ये अत्यन्त प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट उत्कृष्ट २० उद्यमीलाई काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट गरिएको थियो।
छनोट भएका उद्यमीहरू कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, व्यक्तिगत हेरचाह, सहकारी, आतिथ्य तथा सामाजिक उद्यमलगायत विविध क्षेत्रमा सक्रिय छन्।
उद्यमशीलता सीप विकास कार्यक्रम अमेरिका–नेपाल व्यावसायिक कूटनीति शृङ्खला अन्तर्गत अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित कार्यक्रम हो।
यसलाई इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट ९आईडीआई० र आद्यन्त एडभाइजरी ले सह–नेतृत्व गरेका छन् भने नेपालस्थित अमेरिकी वाणिज्य संघ ९एमच्याम नेपाल० र द ग्लोबल इम्प्याक्ट कलेक्टिभ सँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमले नेपालका सातै प्रदेशका उद्यमीलाई व्यावहारिक व्यावसायिक प्रशिक्षण, मार्गदर्शन, डिजिटल बजार व्यवस्थापन, वित्तीय साक्षरता, कानुनी तयारी, कृत्रिम बुद्धिमत्तामा आधारित व्यावसायिक वृद्धि, निर्यात तथा लगानी तयारीसम्बन्धी ज्ञान र सञ्जाल उपलब्ध गराएको छ।
क्षेत्रीय कार्यक्रमहरूमा सहभागी २०० भन्दा बढी उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत उत्कृष्ट २० लाई काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरमा सहभागी गराइएको थियो।
कार्यक्रमको अन्तिम चरणमा सहभागीहरूले आफ्ना व्यवसाय तथा भावी विस्तार योजनाहरू लगानीकर्ता, उद्योगी तथा उद्यमशीलता क्षेत्रका विज्ञहरूसमक्ष प्रस्तुत गरेका थिए।
भ्याली पब्लिक, ग्रिनफिल्ड र न्यु जेनिथको जित
कपन अनलाइन
काठमाडौं, साउन २५ ।
आयोजक ग्रिनफिल्ड र न्यु जेनिथले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।
बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले अद्वित्यलाई १४–६ तथा न्यु जेनिथले जेसिसलाई ९–७ ले पराजित  गरे । ग्रिनफिल्डकी रेजिना गुरुङले ६ तथा न्यु जेनिथकी लोसाङ थिङले ३ अंक जोडे ।
सिनियर गल्र्समै भ्याली पब्लिकले अरुणीलाई २७–२ र काठमाडौं भ्याली, स्युचाटारलाई ३१–२ तथा इडेन ब्रिज एकेडेमी (इबीए) ले आर्यालाई २६–१० ले हराए । भ्याली पब्लिककी सेलिना गुरुङले अरुणी विरुद्ध १० तथा काठमाडौं भ्याली विरुद्ध १२ स्कोर गरिन् । इबीएकी मेनुका मगरले ९ अंक बटुलिन् ।
जुनियर ब्वाइजमा ग्रिनफिल्ड ‘ए’ ले आफ्नै ‘बी’ टोलीलाई २१–९, नवीन ज्योतिले तेजस्वी एकेडेमीलाई १५–१०, महामञ्जुश्रीले केइएसलाई २६–२ र इबीएले काठमाडौं भ्याली, स्युचाटारलई २२–१० ले पाखा लगाए । ग्रिनफिल्ड ‘ए’ का सोहन नेवाले ८, नवीन ज्योतिका आरभ पौडेलले ३, महामञ्जुश्रीका सविन शाहले १४ र इबीएका प्रसिक श्रेष्ठले ९ स्कोर गरे ।
सिनियर ब्वाइजमा न्यु जेनिथले ग्रिनफिल्ड ‘बी’ लाई २८–२६, केइएसले अद्वित्यलाई २६–२२ र क्षेत्रज्ञले काठमाडौं भ्यालीलाई ५५–४९ ले पन्छाए । न्यु जेनिथका नवीन देवकोटाले १४, केइएसका विपुल भुजेलले ६ अंक र क्षेत्रज्ञका रेमन स्याङतानले ४१ अंक जोडे ।
सिनियर ब्वाइजमा ३० तथा जुनियर ब्वइज र सिनियर गल्र्समा समान १६–१६ टिम सहभागी छन् ।
जेभियर र गोल्डेनगेटलाई उपाधि
कपन अनलाइन
काठमाडौं,साउन २३।
जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जेभियर ब्वाइज तथा गोल्डेनगेट गल्र्समा च्याम्पियन बने ।
टोखा नगरपालिकाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भएको ब्वाइजको फाइनलमा जेभियरले सीसीआरसीलाई ६७–५४ ले पराजित ग¥यो । सीसीआरको जितमा महेन्द्र प्याकुरेलले १९ अंक योगदान गरे ।
पहिलो क्वाटरमा १६–११ ले अग्रता लिएको जेभियर दोश्रोमा १४–१८ ले पछि प¥यो । तेश्रो र चौथो क्वाटर क्रमशः १७–७ र २०–१८ ले आफ्नो पक्षमा पार्दै जेभियर उपाधि सुनिश्चित ग¥यो ।
गल्र्सको उपाधि भिडन्तमा एन्जल गुप्ताको १५ अंक सहयोगमा गोल्डेनगेटले निम्सलाई ३५–३० ले हरायो । गोल्डेनगेटले सुरुका २ क्वाटरमा समान ९–६ को अग्रता बनायो । तेश्रो क्वाटर निम्सले ११–४ ले आफ्नो पक्षमा पार्दै समग्रमा १ अंकको अग्रता बनाएको थियो । गोल्डेनगेटले निर्णायक चौथो क्वाटरमा १३–७ को प्रदर्शन गर्दै जित निश्चित ग¥यो ।
ब्वाइजमा जेभियरका रोशन नगरकोटी र गल्र्समा गोल्डेनगेटकी एन्जल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, आयोजक एकेडेमीका अध्यक्ष बद्री महतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा ७ टिम सहभागी थिए ।
बुढानिलकण्ठ पाठशालामा जापानी शैक्षिक तथा सामाजिक व्यक्तित्व ।
कपन अनलाइन
काठमाडौं, साउन २२ ।
काठमाडौं — दुई जना जापानी शैक्षिक तथा सामाजिक व्यक्तित्वले बुढानिलकण्ठ पाठशालाको शैक्षिक, सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापहरूको अवलोकन गर्दै विद्यालयले प्रदान गरिरहेको गुणस्तरीय शिक्षाको प्रशंसा गरेका थिए।
अवलोकनका क्रममा उहाँहरूले नेपाल र जापानबीच शिक्षा, संस्कृति तथा सीप आदान–प्रदानलाई थप सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, जेहेन्दार तथा प्रतिभावान विद्यार्थीहरूलाई भविष्यमा विभिन्न शैक्षिक अवसर, तालिम तथा सहयोगका कार्यक्रममार्फत प्रोत्साहन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
विद्यालयका प्रधानाध्यापक श्री गोपाल बहादुर महतले नेपालमा निजी विद्यालयहरूले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न गरेको योगदानबारे जानकारी गराउँदै बुढानिलकण्ठ पाठशालाले सुलभ शुल्कमा आधुनिक प्रविधियुक्त, अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा तथा विविध अतिरिक्त क्रियाकलापहरू उपलब्ध गराउँदै आएको बताउनुभयो।
उहाँहरूको विद्यालय भ्रमणका अवसरमा विद्यार्थी तथा शिक्षकहरूले हार्दिक स्वागत गरेका थिए। साथै, विद्यार्थीहरूले आकर्षक स्वागत नृत्य प्रस्तुत गरी नेपाली संस्कृतिको झल्कोसमेत प्रस्तुत गरेका थिए।
विद्यालयले ३० वर्ष सफलतापूर्वक पूरा गरी ३१औँ वर्षमा प्रवेश गरेको सन्दर्भमा विद्यालयले अघि सारेका शैक्षिक योजना, नवप्रवर्तन, प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थीकेन्द्रित गतिविधिहरूप्रति जापानी प्रतिनिधिमण्डलले खुशी व्यक्त गर्दै आगामी दिनमा विद्यालयसँग सहकार्यको सम्भावनाप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए।