शिक्षा – kapanonline

ई–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि लुम्बिनीबाट प्यारामाउन्ट बोर्डिंग हाईस्कुल छनोट
कपन अनलाइन

काठमाण्डौ ,पुस २७ ।

ई-प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिपको लुम्बिनी प्रदेश छनोट प्रतियोगिताको उपाधि प्यारामाउन्ट बोर्डिंग हाईस्कुलले जितेको छ।

आगामी माघ २३ गते देखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आयोजना हुने ई-प्लानेट नेसनल हाईस्कुल च्याम्पियनसिपको लागि सातवटै प्रदेशमा छनोट प्रतियोगिता आयोजना भइरहेको छ। यस अघि चितवनमा सम्पन्न बागमती प्रदेशको पहिलो छनोटबाट अर्किड कलेज तथा इटहरीमा सम्पन्न कोशी प्रदेश छनोटबाट आस्था कलेज छनोट भएको थियो। आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा हुनेछ।

बुटवल तिल्लोत्तामा स्थित नव जीवन क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा प्यारामाउन्टले एभरेस्ट इंगलिस बोर्डिंग स्कुललाई ८ विकेटले पराजित गर्यो। जितको लागि पाएको ६३ रनको लक्ष्य उसले ७. १ ओभरमा भेटायो।  प्यारामाउन्टको ब्याटिंगमा सन्देश पन्थीले सर्वाधिक ४१ रन योगदान दिए।

यस अघि टस हारेर ब्याटिंग गरेको एभरेस्टले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ६२ रन बनायो। उसको लागि रवी यादबले सर्वाधिक १६ रन योगदान दिए। प्यारामाउन्टको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित शिव कुँवरले ४ विकेट लिए जुन क्रममा २ ओभरमा १ मेडन गर्दै मात्र ६ रन खर्चिए।

छनोटको उपाधि सहित प्यारामाउन्ट बोर्डिंग हाईस्कुलले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो । लुम्बिनी प्रदेश छनोटमा कुल ८ टिम सहभागी थिए। सहभागी टिमहरु श्री शान्ति मोडल,कान्ति, प्यारामाउन्ट, न्यु होराइजन, अक्सफोर्ड, होराइजन गौतम बुद्ध, सेन्ट जोसेफ, एभरेस्ट रहेका थिए।

हाईपयति इभेन्टको आयोजनामा जारि देशव्यापी प्रतियोगिताको आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा पुष १८ गते जनकपुरमा सुरु हुनेछ। त्यसपछि लुम्बिनी छनोट बुटवलमा पुष २३ गतेबाट, गण्डकी छनोट पोखरामा पुष २६ गतेबाट, दोश्रो बागमती प्रदेश छनोट काठमाडौँमा माघ ३ गतेबाट, कर्णाली छनोट सुर्खेतमा माघ १० गतेबाट, सुदूरपश्चिम छनोट धनगढीमा माघ १७ गतेबाट हुनेछ। माघ २३ देखि २६ गते राष्ट्रिय फाइनल काठमाडौंमा आयोजना हुने तालिका छ।

केसीसी एक्जिबिट २०२४ को शुभारम्भ
कपन अनलाइन

काठमाडौं, भाद्र १।

कान्तिपुर सिटी कलेज, पुतलीसडकले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ को शुभारम्भ गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले रिबन काटेर प्रदर्शनीको शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रमको सभापतित्व कलेजका अध्यक्ष सुमन कटुवालले गरे । कार्यक्रमको प्रमुख अतिथिमा उपप्रधानमन्त्री प्रकाशमान सिंह र

यो प्रदर्शनीले किताबी ज्ञान मात्रै नदिएर व्यवहारिक ज्ञान दिने उनले बताए । ‘किताबले सैद्धान्तिक ज्ञान दिन्छ, त्यो पनि चाहिन्छ तर त्यो कुरालाई ब्यबहारमा उतार्न र प्रयोग गर्न कति जटिल छ भन्ने ज्ञान यस्ता प्रदर्शनीले दिन्छ’ उनले भने । नेपालमा बसेर नेपालमै केही गर्नका लागि राम्रो अध्ययन र प्रयोग आवश्यक रहेको उनले बताए । ज्ञानको विस्तार पनि आवश्यक रहेकोले आफूले प्राप्त गरेको ज्ञानलाई फैलाउन विद्यार्थीहरुलाई आग्रह गरे । कान्तिपुर सिटी कलेजले विद्यार्थीको क्षमता प्रदर्शन गर्न यस्तो अवसर दिएकोमा धन्यवाद ज्ञापन गरे ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डीन प्रा।डा। देवीप्रसाद भट्टराईले पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणालीलाई सुधार गरेको उल्लेख गरे । ‘विश्वविद्यालयले परीक्षा सकिएको ९० दिनमा परीक्षाफल प्रकाशित गर्छौं भनेर लिखित प्रतिबद्धता व्यक्त गरेका छौं’ उनले भने, ‘कक्षा सञ्चालनलाई पनि कसरी छरितो बनाउन सकिन्छ त्यो काम हामी गरिरहेका छौं ।’

पूर्वमन्त्री गणेश साहले यस्तो प्रदर्शनी गर्न र यसबाट प्रभाव पार्न एउटा इको सिस्टम बनाइदिन सरकारसँग आग्रह गरे । यस्ता प्रदर्शनीलाई कलेजभित्रमात्रै सीमित नगरेर बाहिर सार्वजनिक गर्न पनि आवश्यक रहेको उनले बताए । उनले भने, ‘२०औं प्रदर्शनीलाई ग्राण्ड बनाउनुहोस् । यो प्रदर्शनी विद्यार्थीको ज्ञान निखार्न आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल व्यवस्थापन संघका महासचिव इन्द्रकुमार श्रेष्ठले वार्षिक रुपमा कलेजले आयोजना गरिरहेको प्रदर्शनीले विद्यार्थीहरुले धेरै कुरा सिक्ने र व्यवहारमा आइपर्ने धेरै समस्या समाधानका लागि तयार हुने बताए ।

नेपाल कम्प्युटर एसोसिएसनका अध्यक्ष रञ्जित कुमार पोद्दारले यो प्रदर्शनी विद्यार्थीले कसरी पढिरहेका छन् त्यो अन्य कलेजका विद्यार्थी, अभिभावक र समाजलाई देखाउने माध्यम भएको बताए ।

कार्यक्रमको औचित्य र महत्व उल्लेख गर्दै कलेजका आमसञ्चार विभागीय प्रमुख प्रा। रामाकृष्ण रेग्मीले केसीसी एक्जिबिटले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे । प्रदर्शनी विद्यार्थी र बाह्य बजारसँगको पुल भएको उनले बताए । ‘भोलि इन्टर्नसीप गर्न जाँदा वा जागिर खान जाँदा पनि बजारले चिन्छ, त्यो चिनाउने काम चाहिँ यो प्रदर्शनीले गरिरहेको छ ।’

कार्यक्रमको समापन गर्दै कलेजका अध्यक्ष सुमन कटुवालले प्रमुख अतिथि, अतिथिहरु, सहभागी, प्रायोजक, प्रदर्शनीका नमुना निर्माण गर्ने विद्यार्थीलगायतलाई धन्यवाद ज्ञापन गरे । विद्यार्थीको क्षमता विस्तार गर्न कलेजले बेला बेला यस्ता प्रदर्शनीहरु आयोजना गरिरहने उनले बताए।

कार्यक्रममा क्याम्पसका प्रिन्सिपल राजु कट्टेल, एक्जिबिट संयोजक ई। रबी श्रेष्ठ लगायतले प्रदर्शनीको बारेमा जानकारी दिएका थिए ।समुद्घाटन समारोहपछि प्रमुख अतिथि, अतिथिलगायतले स्टलको भ्रमण गरेर जानकारी र मनोरञ्जन लिएका थिए ।

प्रदर्शनीमा राखिएका नमुनाहरु इन्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित छन् । प्रदर्शनीमा इन्जिनियरिङतर्फका सिग्नेचर, ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्कोको फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरको ट्राफिक मेनेजमेन्ट विथआउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुङ्गा टनेल, रिटेनिङ एण्ड स्टेबिलिटी स्टक्चर, लिक्वी फ्याक्सन, अर्लि वार्निङ सिस्टम लगायतका विभिन्न प्रोजेक्ट आदि छन् ।

यसैगरी आइटीतर्फ फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम, जेष्टर कन्ट्रोल प्रिजेन्टेशन, होम अटोमेशन सिस्टम, फ्लोड अलर्ट सिस्टम, पेमेन्ट कन्फर्मेशन, इमर्जेन्सी अलर्ट सिस्टम, अटोमेटिक वाटर लेभल कन्ट्रोलिङ, स्मार्ट एग्रिकल्चर सिस्टम लगायतका प्रोजेक्ट प्रदर्शनीमा रहेका छन् ।

यी सिस्टममा अधिकतम एआईको प्रयोग भएका छन् । यता ब्यवस्थापनतर्फका विद्यार्थीहरूले खानेकुराको प्रदर्शनी गरेका छन् । विभिन्न विधाका गरी, ३० भन्दा बढी स्टल रहने प्रदर्शनीका मिडिया संयोजक राजिव तिमलिसनाले जानकारी दिए । प्रदर्शनीमा १२ हजार भन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको पनि उनले बताए ।

कलेज प्राङ्गणमै हुने प्रदर्शनीमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहित राष्ट्रिय स्तरका कलाकारहरुका विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने मिडिया संयोजक तिमल्सिनाले जानकारी दिए । दुई दिन चल्ने प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवद्र्धक र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरिएको उनले बताए ।

प्रदर्शनीमा ‘इन्नोभेसन इन इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ टू इन्हान्स इफिसियन्सी एण्ड सस्टेनेबिलिटी’ शीर्षकमा कन्फरेन्स पनि हुनेछ । यो कन्फरेन्समा तीन वटा महत्वपूर्ण पेपर प्रस्तुति र प्यानल डिस्कसनसमेत हुने छन् ।

कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, ब्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन हुने अग्रणी कलेज हो । यहाँबाट उत्तीर्ण विद्यार्थीहरुले देश तथा विदेशका विभिन्न क्षेत्रमा नेतृत्व लिएर काम गरी आफ्नो दक्षता प्रस्तुत गरिरहेका छन् ।

साइप्रस पब्लिक स्कुल गणितमा उत्कृष्ट
कपन अनलाइन

काठमाण्डौ, फागुन ३०/आयाम कक्षपती

एडभान्स्ड चामुण्डा इन्स्टिच्युट जोरपाटीद्धारा सञ्चालित वर्ष २०८० कोMathematics Exam Season-16 परीक्षामा साइप्रस पव्लिक स्कुलका ७ जना विद्यार्थीहरुTOP TEN मा पर्न सफल भएका छन् ।

काठमाडौंको उत्तर पूर्व क्षेत्रका ७३ वटा विद्यालयका करिव  ५ हजार  विद्यार्थी सम्मिलित उक्त परीक्षामा साइप्रस पव्लिक स्कुल निलोपुल सुकेधाराका श्रवण खनाल प्रथम स्थान, सुभम श्रेष्ठ द्धितीय स्थान, गरिमा राई तृतीय स्थान, शेखर पहाडी पाँचौ स्थान,सुस्मिता भुजेल सातौं स्थान, तथा आठौं स्थानमा आशिष उपाध्याय र पासाङ्ग ग्याल्जेन शेर्र्पा संयुक्त रुपमा गरी ७ जना उत्कृष्ठ दश भित्र पर्न सफल भएका छन् ।

२०८०/११/२६ गते काठमाडौं क्षेत्र नंं २ का सभासद् माननीय सन्तोष चालिसेको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण समारोह साइप्रसमय भएको तथा उपस्थित सवैको ध्यानाकर्षणको केन्द्रविन्दु साइप्रस स्कुल वनेको थियो भने सवै वक्ताहरुले यो उत्कृष्ट नतिजा तथा गुणस्तरीय शिक्षा दिन सफल विद्यालयको मुक्तकण्ठले प्रशंसा गरेका थिए  ।

(आयाम कक्षपती साइप्रस पव्लिक स्कुलमा अध्ययनरत कपन अनलाइनका प्रशिक्षार्थी पत्रकार हुन् )

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीमा शैक्षिक प्रदर्शनी- २०८० हुने
कपन अनलाइन

काठमाडौं, फागुन २२।

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीमा शैक्षिक प्रदर्शनी- २०८० हुने भएको छ।

लामो समयदेखी बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को शैक्षिक विकासमा सक्रिय रहेको यस विद्यालयले फागुन २३ गते शैक्षिक प्रदर्शनी गर्न लागेको हो।

बिहान १० बजे देखि विद्यालय प्रांगणमा हुने सो प्रदर्शनीमा विद्यार्थीहरुले तयार गरेका विभिन्न शैक्षिक सामाग्री तथा सिर्जनाहरु राखिने विद्यालयले जनाएको छ ।

नामीमा दीक्षान्त समारोह सम्पन्न
कपन अनलाइन

काठमाण्डौ,फागुन १६।

काठमाडौंको नयाँबानेश्वरमा रहेको  (नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट ) नामीमा दीक्षान्त समारोह सम्पन्न भएको छ।

बेलायतको युनिभर्सिटी अफ नर्थ ह्याम्पटनबाट सम्बन्धन प्राप्त गरेको नामीले मंगलबार स्नातकतहको दीक्षान्त समारोह आयोजना गरेको हो ।

उक्त समारोहमा स्नातकतहमा २०२० माभर्ना भएका विद्यार्थीहरु दीक्षित भएका छन् । दीक्षान्तमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेटिभ (बीबीए), बीएस्सी इन्भायरोन्मेन्ट साइनस, बीएस्सी कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ र नेटवर्क इन्जिनियरिङका १२० विद्यार्थी सहभागी भएका थिए ।

दीक्षित विद्यार्थीलाई समारोहका प्रमुख अतिथि नेपालका लागि मित्रराष्ट्र बेलायतका राजदूत रब (Rob Fenn) ले स्नातक उपाधि हस्तान्तरण गरेका थिए। दीक्षान्त समारोह कलेजका चेयरपर्सन डा. आरजु राणा देउवाको सभापतित्वमा सम्पन्न भएको थियो ।

नामीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका उत्कृष्ट मध्येमा पर्ने बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी भई डिग्री हासिल गर्न पाउँछन् ।

नामीमा राष्ट्रिय परीक्षाबोर्ड अन्तर्गतको प्लस टू, जीसीई ए लेभल, बिएस्सी कम्प्युटिङ, एमएस्सी कम्प्युटिङ, बीएस्सी सफ्टवेयर इन्जिनियरिङ, बीएस्सी इन्भायरोन्मेन्टल साइन्स, बीबीए, बिएस्सी नेटवर्क इन्जिनियरिङ जस्ता शैक्षिक कार्यक्रम सञ्चालित छन् ।

नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक,२९ जना डीन लिस्टमा
कपन अनलाइन

काठमाण्डौ,फागुन ११।

चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)का २९ जना विद्यार्थीहरु पोखरा विश्वविद्यालयको डीन लिस्टमा पर्न सफल भएका छन् । पोखरा विश्वविद्यालयको १९ औं दिक्षान्त समारोहमा कलेजका स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने २९ जना विद्यार्थीहरु डीन लिस्टमा परेका हुन् ।

कलेजका २ विद्यार्थीले कुलपति पदक समेत प्राप्त गरेका छन् । ट्रान्सर्पोटेसन इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण विद्यार्थीद्वय विबेक बाबु लामिछाने र रोमहर्ष ओली कुलपति पदकबाट विभुषित भएका हुन् ।

कलेजको स्नातक तहको सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, सिभिल फर विडिएच, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीहरु डीन लिस्टमा परेका हुन् ।

उनीहरुलाई मंगलबार पोखरा विश्वविद्यालयले आयोजना गरेको दिक्षान्त समारोहमा शिक्षामन्त्री समेत रहेका विश्वविद्यालयका सहकुलपति अशोककुमार राईले दिक्षित गरे । विश्वविद्यालयले सो अवसरमा १७ जनालाई गोल्ड मेडल प्रदान गरेको थियो भने डीन लिस्टमा पर्नेहरु ६४७ जना रहेका थिए ।

कलेजमा सिभिल एण्ड रुरलका अजय यादव, अञ्जली पाण्डे, संगीता रानाभाट, सागर दुलाल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका ध्रुव पाण्डे, अनिलकुमार यादव, सिभिल विडिएचका कल्पना मिश्रा, ज्ञानमान श्रेष्ठ, निराजन लामिछाने, रामबहादुर बुढा, सिभिल इन्जिनियरिङकी आस्था ढुंगाना, सुष्मी श्रेष्ठ डीन लिस्टमा परेका थिए । त्यस्तै, कम्प्युटर इन्जिनियरिङका रोजन दाहाल, सुरज कार्की, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्सका जयप्रकाश महतो, आर्किटेक्टका हिमाल रोकाया, निलिमा थापा, शौरभी बर्मा शाख पनि डीन लिस्टमा परेका थिए ।

स्नातकोत्तर तर्फ कन्ट्रक्सन म्यानेजमेन्टका दिनेश घिमिरे, रविन खड्का, मनिराम भट्टराई, मनोजकुमार साह, प्रकाश केसी, इन्टरडिस्पिनली वाटर रिसोर्स म्यानेजमेन्टका निलम थापा, रस्मिता कार्की र ट्रान्सर्पोटेसन इन्जिनियरिङ एण्ड मेनेजमेन्टका योगेशकुमार सिंह, जिगेशप्रसाद चौधरी, विबेकबाबु लामिछाने, रोमहर्ष ओली डीन लिस्टमा परेका थिए ।

सामाजिक शैक्षिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेज इन्जिनियरिङ विधाका लागि विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज मध्येकै उत्कृष्ट कलेजका रुपमा परिचित छ ।

काष्ठमण्डपमा अन्तर ए लेभल बास्केटबल आइतबारदेखि हुने
कपन अनलाइन

काठमाण्डौ,फागुन ११।

काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा हालसम्म ब्वाइजमा ८ तथा गल्र्समा ४ टिमको सहभागिता निश्चित भइसकेको आयोजकका इसीए कोओर्डिनेटर सुन्दर बुढाथोकीले जनाएका छन् । उनले टिम दर्ताका लागि शनिबार अन्तिम दिन भएकाले केहि टिम बढ्न सक्ने अपेक्षा गरेका छन् ।

ब्वाइजमा बूढानीलकण्ठ डिफेन्डिङ च्याम्पियन हो । गर्ल्सको प्रतिस्पर्धा पहिलोपटक समावेश गरिएको हो । दुईदिने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

नेपालको लागि ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ को रुपमा छानियो जेनेस एकेडेमी
कपन अनलाइन

काठमाण्डौ,फागुन १० ।

सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्र ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ को रुपमा छानिएको छ।

बेलायतमा मुख्यालय रहेको सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशन, को शैक्षिक इकाईको रुपमा रहेको  जेनेसएकेडेमीले अब नेपालमा अमेजन वेब सर्भिसेज (एडब्लुएस) को ट्रेनिंग तथा मान्यताप्राप्त ‘सर्टिफिकेशन कार्यक्रम’ हरु संचालन गर्न अनुमति पाएको छ।

आफ्नो स्थापना भएदेखि नै  जेनेस एकेडेमी (www.genesecloud.academy) ले  नेपालको प्राविधिक क्षेत्रमा उच्च गुणस्तरको प्रशिक्षण तथा सीप विकास कार्यशालाहरु आयोजना गर्ने संस्थाको रुपमा पहिचान बनाएको छ।  विश्वमै कहलिएका साझेदारहरुसंगको सहकार्यद्वारा एकेडेमीले ‘टेक इकोसिस्टम’ भित्र युवाहरुलाई प्रशिक्षण दिनुको साथै उनीहरुको सीप विकासमा सघाउने लक्ष लिएको छ।

“हामीले स्थापनाकाल देखि नै पठनपाठनको परम्परागत शैलीमा क्रान्तिकारी परिवर्तन ल्याउने प्रयास गरेका छौं,” जेनेस एकेडेमीकी संचालन कार्यकारी आस्था शर्माले भनिन्। “यसभन्दा पहिले पनि हामीले नेपालमै पहिलो पटक अमेजन एकेडेमीको विश्वस्तरको पाठ्यक्रम नेपाली विद्यार्थीहरुलाई उपलब्ध गराएर महत्वपूर्ण उपलब्धि हासिल गरेका थियौं।”

“नेपालमा औपचारिक रुपमा ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ कार्यक्रम शुरु हुनु जेनेस एकेडेमीको लागि मात्रै नभएर नेपालकै लागि एउटा महत्वपूर्ण कोशेढुंगा हो।  अमेजनसंगको साझेदारीले हाम्रो प्रतिबद्धता थप बलियो बनेको छ।  हामी  युवाहरुलाई उच्च गुणस्तरको प्रशिक्षण र तीव्र गतिमा विकास भैरहेको प्रविधिको क्षेत्रमा आवश्यक सीपहरु प्रदान गर्न लागि परेका छौं,” शर्माले भनिन्।

जेनेस एकेडेमीले यो साझेदारीले इच्छुक विद्यार्थीहरु र सूचना प्रविधिको क्षेत्रमा कार्यरत कम्पनीहरुलाई एउटै छातामुनि ल्याउने एकेडेमीको भनाइ  छ।

यो क्रान्तिकारी प्रविधिद्वारा आफ्नो सीप विकास गर्न चाहने जोसुकै प्रशिक्षणमा सहभागी हुन सक्ने एकेडेमीले जनाएको छ।

प्याव्सकको आयोजनामा सार्वजनिक भाषण कला प्रतियोगिता हुने
कपन अनलाइन

काठमाडौं,माघ २३।

निजी तथा आवासीय विध्यालय संगठन काठमाण्डौ (PABSOK ) को आयोजनामा सार्वजनिक भाषण कला तालिम तथा प्रतियोगिता हुने भएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ६ मा रहेको सगरमाथा एजुकेसनल एकेडेमीमा माघ २५ गते सार्वजनिक भाषण कलाको तालिम हुनेछ भने माघ २८ गते आइतवार प्रतियोगिता हुनेछ।

पूर्व मिस नेपाल तथा संचारकर्मी सुगारिका केसिको प्रशिक्षणमा हुने सो तालिममा प्याव्सकका सदस्य विध्यालयहरुबाट विद्यार्थीहरुको सहभागिता रहने अध्यक्ष राजन श्रेष्ठले जानकारी दिएका छन।

नेकका विद्यार्थीहरुले पाए अन्तराष्ट्रियस्तरको पीएलसी र स्काडाको तालिम
कपन अनलाइन

काठमाण्डौ ,माघ १४ ।

चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समय अनुसार पाठ्यक्रम र सीपको विकास गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको तालिम दिएकाे छ । कलेजकाे इलेक्ट्रिकल एण्ड इलेक्ट्राेनिक्स तथा इलेक्ट्राेनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विभागकाे अन्तिम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको पीएलसी र स्काडाको एक महिने तालिम दिइएकाे हाे ।

दक्ष जनशक्ति उत्पादन हुन इन्डष्ट्रि र एकेडेमियाको उत्तिकै भूमिका रहेको हुँदा पाठ्यक्रममा समावेस नभए पनि समयको माग र बजारलाई हेरेर नन-क्रेडिट कोर्षको रुपमा तालिम अगाडी बढाइएको कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले बताए । विद्यार्थीहरूलाई विषयगत ज्ञानमा अझ पाेख्त बनाउनका लागि कलेजले तालिम चलाएकाे उनकाे भनाई छ ।

नेपालमै पहिलो पटक कलेज स्तरमा यति लामो तालिम दिन पाउँदा आफुहरु खुशी रहेको कलेजकाे इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख अमित साह र यम कृष्ण पौडेलले बताए । अटोमेसन क्षेत्रमा बढी जनशक्तिकाे माग रहेकाे र यो कोर्षले विद्यार्थीहरुलाई सीप सँग जोड्ने हुँदा जागिर प्राप्तिका लागि थप सहयोग पुग्ने उनीहरुको भनाई छ ।

अटाेमेसनकाे दुनियाँमा पीएलसीकाे भूमिका अत्यन्त महत्वपूर्ण भएकाे भन्दै विद्यार्थीहरूले तालिममा सिकेका कुराहरू व्यवहारिक रूपमा प्रयाेग गर्ने बताए । कलेज स्तरमै यस्ता सीपयुक्त तालिमहरू पाउँदा अध्ययन पश्चात व्यवसायिक क्षेत्रमा अगाडी बढ्न धेरै सहयाेग पुग्ने उनीहरूकाे विस्वास छ ।

कलेजका करिब ५० जना विद्यार्थीहरुले १ महिनासम्म तालिममा उत्साहजनक रूपमा सहभागिता जनाएका थिए । जापान, इन्डियाको  मित्सुबिशी कम्पनी र नेपालको फ्याक्ट्री सोलुसनसँगको सहकार्यमा  तालिम सञ्चालन गरिएको थियो ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा पाेखरा विश्विवद्यालयबाट सम्बन्धन प्राप्त शिक्षा मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समिति मार्फत सञ्चालित कलेजले विद्यार्थीहरूलाई समयसमयमा विषयगतरूपमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरूसँगकाे सहकार्यमा तालिम र अनुसन्धानहरू गर्दै आइरहेकाे छ ।