देश भर १०० – kapanonline
संस्कृति र कान्जिरोवा विजयी
कपन अनलाइन
काठमाडौं, साउन २६ ।
संस्कृति इन्टरनेसनल स्कुल र कान्जिरोवाले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।
क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगितामा संस्कृतिले मेरिडियनलाई ३–२ तथा कान्जिरोवाले इम्पेरियल वल्र्डलाई ३–० गोलले पराजित गरे । सोही स्पर्धामा युरो, हात्तीगौडा र संस्कृति तथा भक्तपुर निस्ट र जोन डेवीले गोलरहित बराबरी खेले । काठमाडौं प्रज्ञा कुञ्ज र युरो, बानियाँटारबीचको खेल १–१ गोलको बराबरीमा सकियो ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको सिनियर गल्र्सको खेलमा जोन डेवीले मेरिडियनलाई ३–० तथा इम्पेरियलले युरो, बानियाँटारलाई १–० गोलले पाखा लगाए । संस्कृति विरुद्ध भने इम्पेरियल गोलरहित बराबरीमा रोकियो ।
जुनियर ब्वाइजमा भक्तपुर निस्टले संस्कृतिलाई ४–० तथा काठमाडौं प्रज्ञा कुञ्जले युरो, बानियाँटारलाई १–० गोलले पन्छाए । मेरिडियन र इम्पेरियलबीचको गोलरहित बराबरीमा टुंगियो ।
असार १५ मा ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना हुने
कपन अनलाइन
काठमाडौं असार १२।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हकअधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले ‘समावेशिता, विविधता र सद्भावका बीउ रोपौँ’ भन्ने मूल नारासहित असार १५ गते ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना गर्ने भएका छन्।
नेपालमा असार १५ को रोपाइँ पर्व कृषि, संस्कृति र सामुदायिक एकताको महत्त्वपूर्ण प्रतीकका रूपमा मनाइँदै आएको छ। विशेषगरी उपत्यकाका विभिन्न स्थानमा रोपाइँ जात्राका अवसरमा युवाहरूले महिलाको भेष धारण गर्ने तथा युवतीहरूले पुरुषको भेष धारण गर्ने परम्पराले सामाजिक सद्भाव, हास्यव्यङ्ग्य, सांस्कृतिक अभिव्यक्ति र सामुदायिक सहभागितालाई जीवन्त राख्दै आएको मानिन्छ।
आयोजकका अनुसार यही सांस्कृतिक परम्परालाई सम्मानपूर्वक निरन्तरता दिँदै स्थानीय संस्कृति, परम्परा र सामाजिक मूल्यहरूको पूर्ण सम्मानका साथ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पनि नेपालको मौलिक सांस्कृतिक अभ्याससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममार्फत विविध समुदायबीच सहअस्तित्व, समावेशिता, सामाजिक सद्भाव तथा पारस्परिक सम्मानको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरू, स्थानीय बासिन्दा, जनप्रतिनिधिहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, विकास साझेदार संस्थाहरू, सञ्चारकर्मी तथा अन्य सरोकारवालासहित करिब ८० देखि १०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्यक्रमले नेपालको कृषि परम्परा तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्नुका साथै भविष्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सक्ने सांस्कृतिक कार्यक्रमका रूपमा विकास हुने विश्वास गरिएको छ।
ललितपुर महानगरपालिकाको अनुमति र सहयोगमा आयोजना हुन लागेको ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ मा सम्पूर्ण समुदाय, मित्रहरू, साझेदार संस्थाहरू तथा शुभेच्छुकहरूलाई सहभागी हुन आयोजकले निमन्त्रणा दिएको छ। स्थानीय सरकारसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रमका विशिष्ट अतिथि तथा सरोकारवालाहरूलाई उद्घाटन तथा शुभकामना मन्तव्यका लागि पनि आमन्त्रण गरिएको जनाएको छ।
कार्यक्रम असार १५ गते (२९ जुन २०२६) दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म ललितपुर महानगरपालिका–१२ स्थित पाटन दरबार क्षेत्रको भीमसेन मन्दिर अगाडि आयोजना हुनेछ।
नेपालको कृषि परम्परा, सांस्कृतिक विविधता, लैङ्गिक तथा यौनिक विविधताको सम्मान तथा सामुदायिक सद्भावलाई उत्सवका रूपमा मनाउने यस कार्यक्रममा परम्परागत रोपाइँ जात्रा, सांस्कृतिक प्रस्तुति, दही–चिउरा तथा सामूहिक उत्सवका कार्यक्रम रहने आयोजकले जनाएको छ।
कार्यक्रमको आयोजना मायाको पहिचान नेपाल, लिड नेपाल र इन्क्लुसिभ फोरम नेपालले संयुक्त रूपमा गरेका छन्। कार्यक्रममा एक्सनएड नेपाल र डाकिनी हस्पिटालिटीले सहयोग गर्ने जनाइएको छ। ‘इन्द्रेणी रोपाइँ जात्रा’ औपचारिक रूपमा आयोजना गर्न लागिएको यो तेस्रो वर्ष हो। यसअघि बौद्ध क्षेत्रमा मनाउँदै आएको यो रोपाइँ जात्रा यस वर्ष पहिलो पटक पाटन क्षेत्रमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार स्थानीय सरकार, समुदाय र विभिन्न सरोकारवालाबीचको सहकार्यलाई सुदृढ बनाउँदै समावेशी समाज निर्माणप्रतिको साझा प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सहभागी सबैको गरिमामय उपस्थितिले यसको महत्त्वलाई अझ अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
चलचित्र ‘बा : एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी
कपन अनलाइन
काठमाडौं असार ११ ।
चलचित्र ‘बा : एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी पनि रहेका छन् । विस्तारै कलाकार सार्वजनिक गर्ने क्रममा रहेको निर्माण टिमले चलचित्रमा अनिल बुढाथोकी पनि मुख्य कलाकारमध्यकै एक भएको बताएको छ ।
अनिल तिनै कलाकार हुन्, जसले चलचित्र ‘कर्मा’मार्फत आफ्नो अभिनय क्षमता दर्शकमाझ प्रस्तुत गरेका थिए । डेब्यू चलचित्र ‘कर्मा’बाट नै उनले दर्शकको मन जितेका थिए । तर, यो सिनेमा बक्सअफिसमा धेरै नचलेकाले अनिलको काम धेरैले भने हेर्न पाएनन् । ‘कर्मा’का उनी विपिन कार्कीपछि सेकेन्ड लिड रोलमा थिए ।
अनिलका लागि ‘बा : एक योद्धा’ दोस्रो सिनेमा हो । “मलाई पहिलो सिनेमाबाट जसरी माया पाएँ, यो चलचित्रमा पनि त्यही अपेक्षा गरेको छु,” अनिल भन्छन्, “पहिलो सिनेमाका कमजोरी सुधार गरेर यसमा थप सुधार्ने प्रयास गरेको छु ।”
चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा हो ।
यो चलचित्रमा अनिलसँगै अभिनेता दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।
चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए ।
शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।
एभरेष्ट इन्जिनियरिङ कलेजमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ११।
ललितपुरको सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजले सन् २०२५ शैक्षिक सत्रका भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम तथा सन् २०२१ ब्याचका विद्यार्थीहरूका लागि बिदाइ कार्यक्रम आज प्रज्ञा भवन, कमलादिमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नेपालका इन्जिनियरिङ र आर्किटेक्चर विधाका परामर्शदात्री निकायहरूको साझा संस्था स्काफ-नेपालका अध्यक्ष इन्जिनियर ठाकुर प्रसाद शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा इन्जिनियर शर्माले नवआगन्तुक विद्यार्थीहरूलाई अनुशासित हुन र पढाई सकिएका विद्यार्थीहरूलाई आफ्नो तथा कलेजको व्यावसायीक प्रतिष्ठा उच्च हुने गरी काम गर्न सुझाव दिनु भयो।
कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, चेस तथा डोरीतान्ने (टग-अफ-वार) लगायत विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक वितरण गरिएको थियो। साथै, निबन्ध प्रतियोगिता तथा सनातक तहको अन्तिम वर्षमा सम्पन्न गरिने परियोजनामा उत्कृष्ट भई विजेता भएकाहरूलाई पनि बेष्ट प्रोजेक्ट प्रमाणपत्र र पदकद्वारा सम्मान गरिएको थियो।
कलेजले शैक्षिक वर्ष २०२५ मा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई खादा लगाई स्वागत गरेको थियो। विश्वविद्यालयले लिने सत्रान्त परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने तथा बोर्ड परीक्षामा उच्च ग्रेड ल्याउने विद्यार्थीहरूलाई पनि खादा तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। त्यसैगरी, शैक्षिक वर्ष २०२१ मा बि.ई. सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधि इन्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरूलाई कलेजले खादा तथा मायाको चिनो सहित बिदाइ गरेको थियो।
औपचारिक कार्यक्रम सम्पन्न भएपछि विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरी आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए।सो स्वागत तथा बिदाइ कार्यक्रम कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन कलेजका शिक्षक इन्जिनियर नुजहत अहमद तथा कम्प्युटर विभागका विभागीय प्रमुख इन्जिनियर मुकुन्द पौडेलले गरेका थिए ।
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालक ट्राफिक प्रहरीको थलीबाट नियन्त्रणमा
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १० ।
काठमाडौँको थलीमा  शुक्रबार गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जसमा बस चालक २ जना, मिनि ट्रक चालक १ जना, Light गाडी चालक १ जना र भ्यान चालक १ जना रहेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ५ जना चालक फेला परेका थिए ।नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
यात्रु बोक्ने जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।
“मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा”
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ७।
काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बु बसन्तटोलबाट बा.प्र.०२,०४०प ७४७१ नम्बरको रातो रंगको पल्सर NS200 मोटरसाईकल हराएको हुँदा खोज तलास गरी पाऊँ भनि निवेदकले दिएको दरखास्त सहितको निवेदन अनुसार उक्त नम्बरको मोटरसाइकल यस कार्यालयवाट खोज तलास गर्दा जेष्ठ ६ गते काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं.२,पञ्चेटारबाट मकवानपुर जिल्ला ईन्द्रसरोवर गाउँपालिका वडा नं.६ घर भई हाल काठमाण्डौ टोखा बस्ने वर्ष ३२ को संजित लामा र मकवानुर जिल्ला कैलाश गाउँपालिका वडा नं.३ घर भई हाल काठमाडौं टोखा बर्ष ३२ को असोक लामाले प्रयोग गरी लुकाई छिपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरी थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि प्रहरी बृत थानकोट पठाईएको छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न अनुरोध गरिन्छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
‘महाराजधिराज’मा ‘महारानी’को रूपमा भित्रिइन् केकी
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३ ।
निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’ भित्रिएकी छन् । चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी हुन् ।
“महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,” ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भनेका छन् ।
तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेशन’ घोषणा गरेकी केकी ‘महाराजधिराज’मा अनुबन्ध भएकी हुन् । केकीको प्रवेशसँगै यो सिनेमा थप बलियो बन्ने पक्का भएको यसको लाइनअपले देखाएको छ ।
केही दिनअगाडि मात्रै यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको पोस्टर समेत सार्वजनिक गरेको थियो ।
लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ला भन्ने कौतुहलतालाई मेटाउँदै निर्माण टिमले पुष्पको नाम  र पोस्टर सार्वजनिक गरेको थियो ।
पुष्पले यो चलचित्रमा अनुबन्ध हुँदा आफ्नै औंला काटेर रगतको औंठा छाप लगाएका थिए ।
‘महाराजधिराज’को पोस्टरले थ्रिलर वा ‘पिरियड ड्रामाको झल्को दिएको छ । यही वैशाखको दोस्रो साता पछिबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको लाइनअप निर्देशक परिच्छेद सेनले निकै बलियो बनाएका छन् ।
परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेकोचलचित्रमा पुष्पका साथै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, केकी अधिकारी, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार छन् ।
निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले कलाकारको बलियो लानअप अनुसार नै सिनेमा पनि बलियो बजाउने उनले प्रस्ट पारे ।
चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । नबराज थापाले यस चलचित्रलाई क्यामरामा कैद गर्नेछन् ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।
चलचित्रका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।
निर्माण टिमका अनुसार ‘महाराजधिराज’लाई आगामी बडादशैंको फूलपातीका अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३ ।
प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।
काठमाडौँ महानगरपालिका–१२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ५६० वटा ट्रामाडोल ट्याब्लेटसहित एक, ललितपुर महानगरपालिका–३ कृष्णगल्लीबाट २६७ वटा ट्रामाडोल ट्याब्लेटसहित दुई , सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कालिन्द्र सामुदायिक वनबाट एक हजार ६१० वटा सोही ट्याब्लेटसहित दुई, हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीबाट ट्रामाडोल ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
यसैगरी, बाँकेको खजुरा गाउँपालिका–२ बाट ब्राउनसुगरसहित दुई, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट खैरो हेरोइनसहित एक, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक, विराटनगर महानगरपालिका–१५ दुई नम्बर ढाटबाट एक र कपिलवस्तुको शिवराज नगरपालिका–६ वीरपुरबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
‘बाः एक योद्धा’मा पहिलो पटक एकसाथ देखिँदै झरना र सुहाना
कपन अनलाइन
काठमाण्डौ ,चैत २६।
नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् । संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः एक योद्धा’मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो ।
विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो । यतिबेला काठमाडौंका विभिन्न स्थानमा चलचित्रको धमाधम छायांकन भइरहेको छ र झरना–सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन् ।
गत चैत्र ९ गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको थियो । ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ ।
संगीत र पार्श्व गायनमा दर्जनौँ  गीतहरू दिइसकेका चर्चित संगीतकार हरि लम्साल यसै चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्दैछन् । लम्सालले निर्देशन मात्र नभई चलचित्रको कथा र पटकथा समेत आफैँले तयार पारेका हुन् ।
संगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता र दृष्टिकोण कस्तो रहनेछ भन्नेमा प्रतीक्षा रहेको छ ।
चलचित्रको शीर्षकले नै संकेत गरेझैँ, यो सिनेमाले नेपाली परिवारमा ‘बुवा’को महत्त्व र उनको अस्तित्वलाई दर्शाउनेछ । एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई चलचित्रमा ‘योद्धा’को रूपमा चित्रण गरिएको छ ।
ग्रामीण परिवेशदेखि सहरी समाजसम्मका एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारी र भावनात्मक सम्बन्धको कथालाई यो चलचित्रले पर्दामा उतार्ने लक्ष्य राखेको छ ।
निर्माण टिमका अनुसार यो एक शुद्ध सामाजिक र भावनात्मक मनोरञ्जनात्मक सिनेमा हुनेछ ।
यस चलचित्रका निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा निर्माण गरेका थिए ।
शिवराम श्रेष्ठको सिनेमाटोग्राफी रहने चलचित्रको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन् ।
चलचित्रको छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र प्राविधिक पक्षको काम हेरेर प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।
‘पाँच पाण्डव’बाट सागर लम्साल (बले) निष्कासित
कपन अनलाइन
काठमाण्डौ ,चैत २०।
अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ ।
निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले मंगलबार (चैत २० गते) एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लमसाललाई फिल्मबाट हटाउने र उनको ठाउँमा अर्को कलाकार लिएर पुनः छायांकन (रि-सुट) गर्ने निर्णय सार्वजनिक गरेको हो ।
विज्ञप्ति अनुसार गत चैत २ गतेदेखि झापा आसपासमा चलचित्रको छायांकन भइरहेको थियो । सागर लम्सालको करिब ९० प्रतिशत दृश्यहरू खिचिसकिएको अवस्थामा यो विवाद बाहिर आएको हो । निर्माण पक्षले अब लमसाल संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा समावेश नगर्ने र ती सबै दृश्य फेरि खिच्ने (रि-सुट) स्पष्ट पारेको छ ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार ९० प्रतिशत काम सकिएको कलाकारलाई हटाउँदा फिल्मलाई ठूलो आर्थिक क्षति हुनेछ। यद्यपि, पीडित युवतीको पीडाअघि यो आर्थिक क्षति सामान्य रहेको कम्पनीको ठहर छ।
निर्माण पक्षले घटनाको सत्यतथ्य जाँचबुझका लागि जोडदार माग गर्दै पीडितले यथाशीघ्र न्याय पाउनुपर्ने बताएको छ । आरोपित लमसालले कानुनी बाटो अपनाउने प्रक्रिया आफ्नै ठाउँमा भए पनि नैतिक रूपमा विवादित भइसकेकाले उनलाई फिल्ममा राखिराख्न उचित नहुने प्रस्तुतकर्ता श्रेष्ठको भनाइ छ ।
बसन्त निरौलाको निर्देशनमा बनिरहेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी लगायतका चलेका कलाकारहरूको मुख्य भूमिका रहेको छ। लमसालको ठाउँमा अब कुन कलाकारलाई अनुबन्ध गरिन्छ भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन ।