विज्ञान प्रविधि – kapanonline

तीन दिनको मौसम पूर्वानुमान यस्तो छ
कपन अनलाइन

काठमाण्डौ ,असार १८।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश  १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  मध्यम देखि भारि वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखी मध्यम वर्षा भईरहेको जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार १८ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा   मेघ गर्जन/ चट्याङ्ग सहित भारी  भारी वर्षा र एक दुइ स्थानमा  अति भारि बर्षाको सम्भावना रहेको छ ।

२०७८ असार १९ गते (शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित  भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार २० गते (आइतबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा   मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित  भारी वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा अति भारि बर्षाको पनि संभाबना रहेको छ ।

नेपालगञ्जमा ‘विज्ञान तथा प्रविधिको वृहत प्रदर्शनी एवं महोत्सव हुने
कपन अनलाइन

काठमाडौं, माघ ९। विज्ञान तथा प्रविधिको शिक्षालाई व्यवहारमा उतार्नको निम्ति र देशका विभिन्न कुनामा लुकेर बसेका वैज्ञानिक प्रतिभालाई उजागर गर्नको लागि यही फागुन ८ गतेदेखि फागुन १० गतेसम्म नेपालगञ्जमा ‘विज्ञान तथा प्रविधिको वृहत प्रदर्शनी एवं महोत्सव’ को आयोजना हुने भएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाहरु क्रमशः ए वन एजुकेशन एक्सप्रेस, नेपालगञ्ज, ध्रवतारा एजेकेशन, नेपालगञ्ज र ग्रेस ईन्टरनेश्नल, नेपालगञ्जले उक्त प्रदर्शनी एवम् महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिएका हुन् । उक्त महोत्सवको उद्घाटन भने संघीय सरकारका शिक्षा, प्रविधि तथा विज्ञानमन्त्री गिरिराजमणि पोखरेलले गर्ने पनि आयोजकले जानकारी दिएको छ ।

‘राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त महोत्सवमा देशव्यापी रुपमा विज्ञान तथा प्रविधिमा रुचि राख्नेहरुको सहभागिता हुनेपनि आयोजक कमिटीका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए । उनकाअनुसार बृहद प्रदर्शनी तथा महोत्सव भने नेपालगन्जको सडक डिभिजन कार्यालय परिसर, कारकादोमा हुनेछ । उनले भने,‘महोत्सवमा विज्ञान र प्रविधिसँग सम्बन्धित तीन सय स्टलहरु राखिने छन् ।’

ती स्टलहरुमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई रोबोटिक्स एण्ड ईन्टेलिजेन्ट मेशिन्स, फिजिक्स एण्ड एष्ट्रोनोमी, एग्रिकल्चरल टेक्नोलोजी, ईन्जिनियरिङ मेकानिक्स, केमेष्ट्री, बायोलोजी, ईनोभेशन एण्ड एक्जिस्टिङ टेक्नोलोजी, ईन्फोरमेशन एण्ड कम्प्युटर साईन्स, ईनभाईरोमेन्टल ईन्जिनियरिङ एण्ड रिनेवल ईनर्जी र म्याथमेटिक्सको थिम दिएको पनि अध्यक्ष बस्नेतले जानकारी दिए ।

बस्नेतले उक्त प्रर्दशनी तथा महोत्सवको आयोजना गर्ने संस्थाहरु निमित्त मात्र भएको सुनाउँदै भने,‘यो तीन करोड नेपालीहरुको अभियान हो । यसमा हामी सबैले हातेमालो गरेमा मात्र यो कार्यक्रमले अपेक्षित सफलता दिनेछ ।’ उनले महोत्सवमा सहभागिता जनाउनको लागि सबैलाई आग्रहसमेत गरेका छन् ।

उनले प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुर पश्चिम् प्रदेशका ३१ जिल्लाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुको वैज्ञानिक प्रतिभा प्रदर्शन, देशैभरिबाट युवा वैज्ञानिकहरुको प्रतिभा प्रदर्शनी, बिज्ञान र प्रविधिसङ्ग सम्बन्धित कविता, वादविवाद र नाटकको प्रतियोगिता समेत रहने स्पष्ट पारे ।

उनकाअनुसार विद्यालयस्तरको वैज्ञानिक प्रतिभा प्रदर्शन प्रतियोगिताका प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना हुनेलाई २५ हजार प्रदान गरिनेछ ।

त्यसैगरी युवा वैज्ञानिकहरुको खुला प्रतियोगितातर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार तथा कविता, वादविवाद र नाटक प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगद राशीको पुरस्कार वितरण गरिने अध्यक्ष बस्नेतले बताए । करिव ४० लाख खर्च अनुमानित गरिएको उक्त महोत्सवमा जुरी मेम्बरका रुपमा नार्क र नास्टका ७ जना वैज्ञानिकको निर्णायक मण्डल रहने बताइएको छ । उनले पुरस्कारमा मात्रै चार लाख राशि खर्चिने स्पष्ट पारे ।

कार्यक्रममा आयोजक समितिका सदस्य एण्ड्रुयु पौडेलले अफुहरुले यस्तो प्रकारको महोत्सव पहिलोपटक आयोजना गर्न लागेपनी भविष्यमा राष्ट्रियस्तरसम्म पुर्याई राज्यको समेत संलग्नता रहनेगरि प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य रहेको सुनाए ।

कार्यक्रममा आयोजक समितिका सदस्यद्वय सुमन पौडेल र आकृत ढुंगेलले देशभित्र रहेका वैज्ञानिक प्रतिभाहरुलाई कसरी प्रष्फुटन हुनबाट बञ्चित गराईसकेको छ भन्ने अवस्था बारे प्रकाश पारेका थिए । उक्त महोत्सव तथा प्रदर्शनीको निर्णायक मण्डलमा भने नाष्ट र नार्कका वैज्ञानिकहरुको सहभागिता रहनेछ ।

विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा हुँदै
कपनअनलाइन

कास्की,कार्तिक २१। पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी)को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ । नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्मेलनमा विश्वका करिब २४ देशका ४०० भन्दा बढी पशु चिकित्सा, पशु विज्ञान र मत्स्य क्षेत्रमा कार्यरत वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, भूटान, अफगानिस्तान, चीन, थाइल्याण्ड, मलेशिया, इण्डोनेशिया, भियतनाम, सिङ्गापुर, जापान, ताइवान, ओमान, इजरायल र दक्षिण अफ्रिका, नाइजेरिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका, क्यानाडा, फ्रान्स, चेक रिपब्लिक र स्पेनलगायतका देशबाट प्रतिनिधिहरुको सहभागिता हुने बताइएको छ ।

साना र मध्यमस्तरका किसानलाई लक्षित गरी पर्यावरणमैत्री दिगो पशुपालनका लागि पशु चिकित्सा, पशु स्वास्थ्य, पशु पोषण र घाँसेबाली तथा हिमाली क्षेत्रमा पालिने याकको संरक्षणलगायतका विषयमा सम्मेलनमा छलफल हुने एशोसिएसनका अध्यक्ष डा शितलकाजी श्रेष्ठले जानकारी गराए ।

सम्मेलनमा जलवायु परिवर्तनले विकासशील राष्ट्रका साना किसानलाई पारेको असर र त्यसलाई न्यूनीकरण गर्न गरिने उपायहरुमाथि समेत छलफल गर्ने योजना रहेको उनको भनाइ थियो  । सम्मेलनमा १६१ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको एशोसिएसन गण्डकीका सहसचिव डा गणेश केसीले जानकारी बताए । सम्मेलनको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने बताइएको छ ।

आयो स्मार्ट चश्मा, जसले अपराधी पत्ता लगाउनेछ
कपन अनलाइन

काठमाडौं, २ फागुन। अपराधीलाई पहिचान गर्नसक्ने चश्मा पुलिसलाई दिएमा के होला ? अवश्य पनि अभियुक्तहरु भटाभट पक्राउ पर्ने थिए र अपराधका घटनामा कमी आउने थियो । चीनमा पुलिसहरुले अपराधी पहिचान गर्नसक्ने स्मार्ट चश्मा लगाउन सुरु गरेका छन् ।

हाइटेक फेस रिकग्निसन प्रविधियुक्त खुफिया क्यामरा भएको चश्मा पुलिसलाई दिन सुरु गरिएको छ । यो चश्माको सहायताले प्रहरीलाई कसूरदार पहिचान गर्न तथा पक्रिन सघाउ पुग्नेछ । चीनमा अपराध अनुसन्धानमा संलग्न प्रहरीहरुलाई यस्तो चश्मा वितरण सुरु गरिएको र हालसम्म सोही चश्माको सहायताले प्रहरीले कम्तिमा ७ जना अपराधी पक्रिन सफल भएको बताइएको छ ।

झियांगसू प्रान्तको सेन्ट्रल रेल स्टेसनमा केही प्रहरीहरु यो हाइटेक चश्मा लगाएर गस्तीमा खटिने गरेका छन् । स्मरणरहोस्, चीन अहिले विश्वमा अनुहार पहिचान गर्नसक्ने फेसियल रिकग्निसन प्रविधिको विकासमा एक नम्बरमा रहेको छ । यो चश्मामा रहेको फेसियल रिकग्निसन प्रविधिले मानिसको अनुहार स्क्यान गर्दछ । यसलाई वायरलेस चिपको सहायताले चाइना पुलिसको केन्द्रीय कम्प्युटर डाटाबेससँग जोडिएको छ ।

जसका कारण यो चश्मा लगाएको पुलिसको आँखामा पर्ने व्यक्तिको अनुहार पुलिसको रेकर्डमा रहेका हरेक अपराधीको अनुहारसँग रुजू गर्दछ । यदि कुनै अपराधीसँग मेल खाएमा त्यसको तत्कालै सम्ब्न्धित पुलिसले जानकारी प्राप्त गर्दछ र तत्कालै उक्त व्यक्तिलाई पक्राउ गर्न सक्दछ ।

इन्स्टाग्राममा कसले चियोचर्चो गर्दैछ ? अब थाहा पाउनुहुनेछ
कपन अनलाइन

एजेन्सी, २८ माघ ।  इन्स्टाग्राममा तपाइँको स्टोरी कसैले स्क्रिनसट गर्यो वा रेकर्ड गर्यो की ? यसो गरेर तपाइँको चियोचर्चो कसले गरिरहेको छ ? अब तपाइँले थाहा पाउनुहुनेछ ।अहिलेसम्म इन्स्टाग्राममा जो कोहीले अरु प्रयोगकर्ताका स्टोरिजलाई थाहा नदिइकन रेकर्ड गर्न तथा त्यसको स्क्रिनसट लिन सक्दथे । तर अबचाहीँ यसो गर्न सकिने छैन ।

भविष्यमा यदि कसैले तपाइँको स्टोरीको स्क्रिनसट लियो भने इन्स्टाग्रामले यसको बारेमा तपाइँलाई सूचित गर्नेछ । यद्यपि अहिलेसम्म इन्स्टाग्रामले यो फिचर ल्याइसकेको छैन, र यसमा काम भैरहेको जनाएको छ ।

थाहै छ की इन्स्टाग्राममा प्रयोगकर्ताका स्टोरी २४ घण्टापछि आफै हट्दछन् । तर स्क्रिनसट तथा स्क्रिन रेकर्डिङ फंक्सनको माध्यमबाट जोकोहीले ती स्टोरीलाई रेकर्ड गरी त्यसको कपी बनाउन सक्दछ र चाह्यो भने त्यसलाई प्रयोग पनि गर्न सक्दछ ।

तर, अब चाहीँ प्रयोगकर्ताले आफ्नो स्टोरी कसैले कपी गरेको थाहै नपाउने अवस्था हुनेछैन । जब कसैले तपाइँको स्टोरिजको स्त्रिmनसट लिनेछ, तब एउटा सूर्य आकारको संकेत स्टोरी भ्यू सेक्सनमा उक्त स्क्रिनसट लिने व्यक्तिको नामसँग आउनेछ । अनि तपाइँलाई आफ्नो स्टोरी कसले कपी गर्यो वा स्क्रिनसट लियो थाहा हुनेछ ।

रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन
कपन अनलाइन

रत्ननगर, चितवन, २६ माघ । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ ।

मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो ।

सो क्रममा पोखरेलले सूचना र प्रविधि नै समृद्धिको आधार भएको भन्दै चितवनलाई सूचना र प्रविधिको हव बनाउनुपर्नेमा जोड दिए । उनले विभिन्न बाह्य देशको चमत्कारिक विकास, सूचना र प्रविधिका कारण नै भएको बताए ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले अहिलेको अवस्थामा प्रविधिको विकासमा जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै सूचना प्रविधि विज्ञ हरि भण्डारीले सूचना प्रविधिको सही उपयोग गर्नसके विकासमा सहयोग पुग्ने बताए ।

उनले सरकारले आइटी क्षेत्रमा चासो कम दिएकोतर्फ ध्यानाकर्षण गराए । सूचना प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न, नयांँ पुस्तालाई सक्षम, स्वावलम्बी र प्रविधिमैत्री बनाई जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको क्यान, चितवनले जनाएको छ ।

‘चितवनको समृद्धिः सूचना प्रविधि’ भन्ने मूलनाराका साथ शुरु भएको मेला माघ २९ गतेसम्म चल्नेछ । मेलामा कम्प्युटर, मोबाइल, ल्यापटप, स्मार्ट टिभी, सफ्टवेयरलगायतका ८० वटा स्टल राखिएको छ । यस्तै सूचना प्रविधिसम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि सेमिनार, गोष्ठी, रोबोटिक प्रदर्शनी र गेमिङका स्टल रहने मेला आयोजक समितिका संयोजक भानु शर्माले जानकारी दिए ।

हरेक क्षेत्रको नेतृत्व गर्ने चितवनले अब सूचना प्रविधिको पनि नेतृत्व गर्नुपर्नेमा जोड दिए। मेलामा आउने अवलोकन कर्ताका लागि रु ५० र विद्यार्थीको लागि रु २५ को टिकटको व्यवस्था गरिएको छ ।

फोरजी फिचर भएको नोकिया ३३१० सार्वजनिक
कपन अनलाइन

एजेन्सी, १८ माघ । एचएमडी ग्लोबलले चीनमा नोकिया ३३१० को फोरजी भेरिएन्ट लञ्च गरेको छ । नयाँ फिचरयुक्त यस फोनमा २.४ इन्चको QVGA डिस्प्ले रहेको छ जसको रिजोलुसन ३२० गुणा २४० पिक्सेल रहेको छ ।

मोबाइल फोनमा २५६ एमबी र्याम तथा ५१२ एमबीको स्टोरेज रहेको छ । जसलाई माइक्रो एसडी कार्डको सहायताले ६४ जिबीसम्म बढाउन सकिन्छ ।यो फोन YunOS एन्ड्रोइड अपरेटिंग सिस्टमबाट चल्दछ ।

क्यामराको कुरा गर्दा यसमा एलइडी फ्लासयुक्त २ मेगापिक्सेलको क्यामरा रहेको छ । निलो र कालो गरी दुई रङमा फोन उपलब्ध छ । यसमा १२०० मिलिएम्पिएर आवरको ब्याट्री रहेको छ, जसले पाँच घण्टाको टकटाइम दिन्छ । कनेक्टिभिटीका लागि यसमा फोर जी VoLTe , वाइफाइ, ब्लुटुथ, माइक्रोयुएसबीका साथै एफएम रेडियो र ३.५ एमएम हेडफोन ज्याक दिइएको छ ।

स्मरणरहोस्, कम्पनीले गत वर्ष नोकिया ३३१० को टू जी र थ्री जी मोडेल पेश गरेको थियो । आसन्न मोबाइल वर्ल्ड कंग्रेसका बेला फोरजी युक्त नोकिया ३३१० चीनबाहेकका विश्व बजारमा कहिले पठाउने विषयमा एचएमडी ग्लोबलले घोषणा गर्नसक्ने बताइएको छ ।

अब इन्स्टाग्राममा भिडियो कलिङ फिचर ल्याउने
कपन अनलाइन

काठमान्डौ, १७ माघ । पछिल्लो दुई वर्षयता फोटो शेयरिंग एप इन्स्टाग्रामले आफ्ना प्रतिस्पर्धी एप्स तथा वेबसाइटहरुमा भएका जस्तै विभिन्न खाले फिचर्स थप गरिसकेको छ । फेस फिल्टर्स, २४ आवर्स स्टोरिज, ह्यासट्याग, बुकमार्कजस्ता फिचरहरु सुरुमा इन्स्टाग्राममा थिएनन् र पछिमात्र थप गरिएका हुन् ।

आफ्नो प्लाटफर्मलाई अझै प्रयोगकर्तामैत्री बनाउन र प्रयोगकर्तालाई बढि भन्दा बढि सुविधा प्रदान गर्नका लागि इन्स्टाग्रामले छिटै नै भिडियो कलिंग फिचर ल्याउने तयारी गरिरहेको बताइएको छ ।

रिपोर्ट अनुसार इन्स्टाग्रामले भिडियो कलिंग फिचरमा काम गरिरहेको छ र अहिले यसको परीक्षण चलिरहेको छ । समाचार अनुसार पर्सनल च्याटका माध्यमबाट जब दुईजना प्रयोगकर्ता एक्टिभ हुन्छन् तब यस फिचरको प्रयोग गर्न सकिनेछ । केही महिना भित्रमा आइओएस र एन्ड्रोइड दुबै प्लाटफर्ममा यो उपलब्ध हुने बताइएको छ ।

यद्यपि इन्स्टाग्रामले पनि यो हल्लाको पुष्टि गरेको छैन र अन्दाज र अफवाहमाथि कुनै टिप्पणी नगर्ने बताएको छ।

फेसबुक स्वामित्वको इन्स्टाग्रामले हालै इन्स्टाग्राम स्टोरिजमा जिआइएफ सपोर्ट लञ्च गरेको थियो । प्रयोगकर्ताले इन्स्टाग्राममा ह्वाट्सएप र फेसबुकमा जस्तै डाटाबेसबाट जिआइएफ सर्च गर्न सक्दछन् ।

बुधबार १५२ वर्षपछिको खगोलीय घटना
कपन अनलाइन

–पूर्णप्रसाद मिश्र

काठमाडौँ, १६ माघ । माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

“शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ”, उनले भने ।

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । “बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ”, उनले भने ।

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ । जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको मत छ ।

बजारमा स्मार्टफोन बजारमा ओप्पो मोवाएल पहिलो, सामसुङ टप टेनमा पनि परेन
कपन अनलाइन

काठमाडौ, माघ १६।चीनको स्मार्टफोन बजारमा घरेलु कम्पनी ओप्पोले पहिलो स्थान ओगटेको छ । सन् २०१७ मा बढी बिक्री भएका १० मोबाइलको सूचीमा ९ वटा घरेलु ब्रान्ड छन् ।

दोस्रो स्थानमा रहेको एप्पल टप टेनमा पर्ने एक मात्र विदेशी कम्पनी हो । आइफोन ७ प्लसले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा २.८ प्रतिशत बजार हिस्साओगटेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ । एप्पलको ठूलो स्क्रिनवाला फोनले ओप्पो आर९एसलाई पछ्याएको छ, जसको बजार हिस्सा ३ प्रतिशत रहेको छ ।

सन् २०१६ को सेप्टेम्बरमा बजारमा आएको एप्पलको आइफोन ७ ले २०१७ को पहिलो अर्धवार्षिकमा राम्रो गर्यो र त्यसपछि मूल्य कटौती गरेर चीनको बजारबाट फाइदा लियो । १ सय २८ जीबी हार्ड ड्राइभसहितको आइफोन ७ प्लसको मूल्य १६ प्रतिशतको हाराहारीमा कटौती गरिएको थियो ।

सानो स्क्रिनको आइफोन ७ चीनमा २.४ प्रतिशत बजारहिस्सासहित पाचौं बेस्ट सेलिङ मोबाइल बनेको थियो ।

‘आइफोन ७ लेभन्दा आइफोन ७ प्लसले राम्रो गर्नुको अर्थ चीनको बजारमा मूल्यले मात्रै ठूलो महत्वज राख्दैन भन्ने हो,’ काउन्टरप्वाइन्टका प्रवक्ताले भनेका छन् ।

टप ५ मा परेका अन्य फोनहरुमा भिभोको एक्स ९ र ओप्पो ए५७ रहेका छन् ।

एप्पलले विगत दुई वर्षयता चीनमा कठिन संघर्ष गरिरहेको थियो । तर, पछिल्लो नतिजाले उसको बजार निकै सुध्रिएको देखाउँछ । चीनमा यसको इयर टु इयर ग्रोथ १२ प्रतिशत रहेको छ ।

चीन अत्यन्तै प्रतिस्पर्धात्मक स्मार्टफोन बजार हो जहाँ सामसुङले आफ्नो वर्चश्व कायम गर्दै आएको थियो । तर, अहिले यो बजारमा स्थानीय कम्पनीहरुकै हालिमुाहली छ । सन् २०१७ को तेस्रो चौमासिकमा हुवाईले १९।४ प्रतिशत बजार हिस्सा ओगटेको थियो भने त्इसपछि ओप्पो, भिभो र शाओमी रहेका छन् ।

चीनमा २०१७ मा सबैभन्दा बढि बिक्री भएका मोबाइलः

– ओप्पो आर९एस

– आइफोन ७ प्लस

– भिभो एक्स९

– ओप्पो ए५७

– भिभो वाई६६

– होनर८ लाइट

– शाओमी रेड एमआइ नोट ४ एक्स

– होनर इन्जोई ६ एक्स