Pudasaini – kapanonline

ज्ञान संस्कार कपमा भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन
कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । भ्याली पब्लिक ब्वाइज तथा फेरिल्यान्ड गल्र्समा च्याम्पियन बने ।

ब्वाइजको फाइनलमा भ्याली पब्लिकले ड्याफोडिललाई ५६–४० ले पराजित ग¥यो । भ्याली पब्लिकका अशोक विकले २१ अंक जोडे ।

सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा फेरिल्यान्डले भ्याली पब्लिकलाई ३०–२५ ले हरायो । फेरिल्यान्डकी सन्दिपा राईले १७ स्कोर गरिन् । दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

ब्वाइजमा भ्याली पब्लिकका रिहान शेरचन तथा गल्र्समा फेरिल्यान्डकी खुश्बु मगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ तथा गल्र्समा भ्याली पब्लिककै सोनीमाया तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा ड्याफोडिलका काल्साङ तामाङ तथा गल्र्समा फेरिल्यान्डकी फु ल्हामु लामा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

ब्वाइजमा रोजमेरी तथा गल्र्समा बागमतीले अनुशासित टिमको उपाधि हात पारे । ब्वाइजमा क्यान्भास बसन्त ऋतु तथा गल्र्समा ज्ञान संस्कार उदीयमान टिम बने ।

विजेतालाई राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदिश प्रधान, ज्ञान संस्कारकी प्रिन्सिपल निलम बानियाँ बडू र फेरिल्यान्डका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १६ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी थिए ।

बुढानिलकण्ठ-१२ मा काठमाण्डौ -४ का स्वतन्त्र उम्मेदवार डा.अर्चनको इन्ट्री, कार्यालय स्थापना
कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

काठमाडौँ क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार डा. अर्चन शमशेर राणाले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा कार्यालय स्थापना गरेका छन्।

सिरिन्ज चुनाव चिन्ह लिएर काठमाडौँ क्षेत्र नम्बर ४ को चुनावी मैदानमा रहेका डाक्टर अर्चन शमशेर राणाले अहिले आक्रमक प्रचार शैली अपनाउँदै काठमाडौँ क्षेत्र नम्बर ४ का विभिन्न स्थानहरूमा मत मागिरहेका छन्।

२०७९ सालको निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नम्बर ४ को उम्मेदवार बनेका राणा वरिष्ठ मृगौला रोग विशेषज्ञ हुन्|

स्टक मार्केट (शेयर बजार) सम्बन्धी तालिम लिन इच्छुक बुढानिलकण्ठवासीलाई सुनौलो अवसर !
कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

बुढानिलकण्ठ नगरपालिकावडा नं ७ वडा कार्यालयले वडाभित्र बसोबास गर्ने नागरिकहरूका लागि स्टक मार्केट (शेयर बजार) सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।

वडा कार्यालयद्वारा जारी सूचनाअनुसार वित्तीय साक्षरता अभिवृद्धि तथा लगानीसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त तालिम आयोजना गर्न लागिएको हो। तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित २०८२ साल माघ १३ गतेभित्र कार्यालय समयमै वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।

वडा कार्यालयका अनुसार १६ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई विशेष प्राथमिकता दिइनेछ। तालिममार्फत युवालाई शेयर बजार र लगानीसम्बन्धी आधारभूत तथा व्यवहारिक ज्ञान प्रदान गरिने वडाध्यक्ष बस नारायण महर्जनले जानकारी दिएका छन।

विकासका एजेन्डासहित मतदाताको घर–घरमा नेता आले
कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ ।

यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउनु भएको छ ।

कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नु भएका नेता आले पछिल्ला केही हप्तादेखि निर्वाचन क्षेत्रका गाउँ–गाउँ, टोल–टोल तथा बस्ती–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहनु भएको छ ।

घरदैलो अभियानका क्रममा उहाँले स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष रूपमा जानकारी लिइरहनु भएको उहाँको सचिवालयले जनाएको छ ।

चुनावी अभियानअन्तर्गत नेता आलेले कार्यकर्ता भेटघाट, जनतासँग प्रत्यक्ष संवाद, घरदैलो कार्यक्रम तथा विभिन्न अन्तरक्रियालाई निरन्तरता दिइरहनु भएको छ ।

विगतमा आफूले सरकारमा रहँदा गरेका विकास निर्माणका काम र आगामी कार्यकालका स्पष्ट योजनाहरू सार्वजनिक गर्दै उहाँ मतदाताको विश्वास जित्ने प्रयासमा जुटिरहनु भएको छ ।

आगामी कार्यकालका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै नेता आलेले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, गेटा मेडिकल कलेजमा एमबीबीएस तहको पठनपाठन सुरु गराउनेदेखि फाप्ला रंगशालाको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउँदै आउनु भएको छ ।

त्यसैगरी धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्ने कार्यलाई पूर्णता दिने, धनगढीको जिरो प्वाइन्टबाट खुटिया, दिपायल हुँदै बझाङको उरै भञ्ज्याङसम्म जोड्ने रणनीतिक सडक निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उहाँले स्पष्ट पार्नुभएको छ ।

“धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुका साथै सुदूरपश्चिमका दुर्गम जिल्लालाई सडक सञ्जालमार्फत जोड्नु मेरो सपना हो,” नेता आलेले भन्नुभयो, “यी काम पूरा गर्नकै लागि म पुन: जनताको मत माग्दै चुनावी मैदानमा होमिएको छु ।”

विकासका काम, लामो राजनीतिक अनुभव र स्पष्ट प्रतिबद्धतालाई आधार बनाएर नेता आलेले कैलाली–५ मा आफ्नो चुनावी अभियानलाई थप प्रभावकारी बनाइरहनु भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली–५ मा १५ जनाको उम्मेदवारी परेको छ । प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना प्रभावशाली उम्मेदवार मैदानमा उतारेका छन् ।

जस अन्तरगत नेकपाबाट प्रेमबहादुर आले, नेपाली कांग्रेसबाट नरनारायण शाह (मनु), नेकपा (एमाले) बाट यज्ञराज ढुंगाना तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्दबहादुर चन्द उम्मेदवार रहनु भएको छ ।

यस निर्वाचन क्षेत्रको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

डोटी जिल्लाबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका तथा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएका नेता आले यसपटक नयाँ निर्वाचन क्षेत्र कैलाली–५ बाट उम्मेदवार बन्नु भएको हो ।

उहाँ २०७० र २०७४ सालमा नेकपा (एमाले) बाट तथा २०७९ सालमा नेकपा (एकीकृत समाजवादी) पार्टीको डोटीबाट निर्वाचित हुनुभएको थियो ।

चुनावी अभियानका क्रममा नेता आलेले मन्त्री हुँदा कैलाली जिल्लाका लागि गरेका विकास कार्यहरूलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै आउनु भएको छ ।

भ्याली पब्लिक र फेरिल्यान्ड उपाधिनजिक
कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुल दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले न्युटनलाई ३४–२४ ले पराजित ग¥यो । भ्याली पब्लिककी आकृति बमले १४ अंक जोडिन् । फेरिल्यान्डले बागमतीलाई ४०–३४ ले हरायो । फेरिल्यान्डकी करुणा बोगटीले १४ स्कोर गरिन् ।

सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा भ्याली पब्लिक र ड्याफोडिल उपाधिका लागि भिड्ने भएका छन् ।

भ्याली पब्लिकले सेबलाई ५०–३१ ले पाखा लगायो । भ्याली पब्लिकका निम्ति आर्यन गुरुङले १५ अंक बटुले । ड्याफोडिलले जेबी स्कुलको चुनौती ४२–३७ ले पन्छायो । ड्याफोडिलका काल्साङ तामाङले १७ स्कोर गरे ।

प्रतियोगिता सोमबार समपन्न हुनेछ । दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

कपनमा युवाहरु माझ क्रिकेट विश्वकप हेर्न पुगे डा.राजन भट्टराई …..
कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका डा. राजन भट्टराले कपनका युवाहरु माझ बसेर क्रिकेट विश्वकप हेरेका छन्।

नेपाल र इंग्ल्यान्ड विचको खेल हेर्न बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन ह्यान्डबल मैदानमा पुगेका डा.भट्टराईलाई एमाले नेता ,कार्यकर्ता तथा स्थानीय युवाहरुले स्वागत गरेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले क्रिकेट प्रेमीहरुका लागि ठुलो पर्दामा नेपालको खेल देखेको थियो जहाँ  खेलप्रेमीहरुको  निकै बाक्लो उपस्थिति रहेको थियो।

कपन मिलनचोकवासीको ब्यग्र प्रतीक्षा समाप्त, पक्की पुल निर्माण हुने…..
कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

निकै लामो समयदेखि डुवान र बाढीका कारण सवारी साधनको आवागमनमा अवरोध खेपेका मिलनचोक वासीले व्यग्र प्रतिक्षा गरेको पुल निर्माण हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मिलनचोक चखूंचा खोलामा पुल निर्माण हुने भएकोले  सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको हो।

वडा कार्यालयद्वारा जारी सूचनाअनुसार मिलनचोकबाट भुल्कीटोक जाने खण्डमा पक्की पुल निर्माण कार्य गर्नुपर्ने भएकाले  २०८२ साल माघ २५ गतेदेखि सो मार्गमा सवारी साधन आवतजावत पूर्ण रूपमा बन्द रहनेछ।

निर्माण कार्यको अवधिमा उक्त सडक हुँदै यात्रा गर्ने सर्वसाधारण, स्थानीय बासिन्दा तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वडा कार्यालयले हार्दिक अनुरोध गरेको छ। सडक बन्दका कारण सर्वसाधारणलाई पर्न सक्ने असुविधाप्रति वडा कार्यालयले क्षमायाचना समेत गरेको छ।

यप पनि पढ्नुहोसhttps://kapanonline.com/archives/169653

चार मुक्तक : आर. के. भण्डारी
कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

म आउछु उसलाई हटाउ भन्दिनँ म

उसँगको माया घटाउ भन्दिनँ म

बस् राम्रोसँग हाँसी देऊ बोली देऊ,

मसँग नै जीवन कटाउ भन्दिनँ म ।

मेरो देश फलोस फुलोस् म यति चाहन्छु

जलाएका धरोहर बनोस् म यति चाहन्छु

अब आउने चुनावमा जसले जिते पनि,

संवृद्वि र स्थिरता होस् म यति चाहन्छु ।

दूध ख्वाए नि सर्पले डस्छ थाहै त होला नि

ऋषिले सधैं खरानी घस्छ थाहै त होला नि

छोडेर जानेको लागि किन रुन्छौ यति धेरै,

कुहिएको पात आफैं खस्छ थाहै त होला नि ।

हेर्नुस् आगो पानी बिना त खाना पनि पाक्दैन

जो सच्चा मनले भन्छ, उसले कहिल्यै ढाट्दैन

नयाँ सम्बन्ध जोड्न पो हजुर धेरै समय लाग्ने,

बनेको सम्बन्ध भत्काउन केही समय लाग्दैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

चार मुक्तक : शिव ज्ञवाली
कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

भएपनि दिउँसै रात फरक पर्दैन

अरूले गरे पनी घात फरक पर्दैन

हामीहरू बीचमा साँचो माया भए,

भएपनि फरक जात फरक पर्दैन ।

आफैमा नराम्रो केही छैन बुझ्न सक्यौँ भने

छुर्पी पनि चाम्रो केही छैन बुझ्न सक्यौँ भने

सबै आफ्नो सोचमा फरक पर्दछ महोदय,

वास्तवमा हाम्रो केही छैन बुझ्न सक्यौँ भने ।

खै, मै माथि थुप्रिन्छन् दोष अनेक थरीका थाहै भएन

म नै गलत हो कि मेरो माया गर्ने तरिका थाहै भएन

सही गर्दा गलत हुन्छ, हाँस्न खोज्दा मन रुन्छ किन होला,

के गर्दा हराउलान् पीडा जीवन भरिका थाहै भएन ?

चुनावको बेलाका नेताको वचन जस्तै नहोस् है माया

आफ्नै सन्तानको हत्या गर्नेको मन जस्तै नहोस् है माया

कही कतै दाग नलाग्ने, कहिले नमर्ने अमर बनोस्,

परिवारसँग छुट्टाउने पापी धन जस्तै नहोस् है माया ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

श्रम गर्दै मत माग्दै काठमाण्डौ क्षेत्र नं ४ का उम्मेदवार डा. बरुण अमात्य
कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

काठमाडौँ क्षेत्र नम्बर ४ मा श्रम संस्कृति पार्टीका उम्मेदवार डाक्टर वरुण अमात्यले मत माग्न रोचक शैलीको उपयोग गरिरहेका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौँ क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका डा. अमात्यले अहिले मत माग्ने क्रम सँगसँगै विभिन्न क्षेत्रहरूको सरसफाईलाई पनि अगाडि बढाएका छन्।

श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ताहरूसँगै डाक्टर अमात्यले धोबीखोला सरसफाई तथा अन्य क्षेत्रमा पनि सरसफाईको क्रम अगाडि बढाउँदै जनताहरू माझ पुगिरहेका छन्।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा जन्मिएका डाक्टर अमात्यले यस निर्वाचनलाई संगठन विस्तार र जनताहरूको बीचमा पुग्ने माध्यमका रुपमा आफूले उपयोग गरिरहेको बताएका छन्