Kapan online – kapanonline

लकडाउनमा घरमै खुसी र स्वस्थ रहन शारीरिक अभ्यास
कपन अनलाइन

काठमाडौं ,जेष्ठ ४ /डा. हुल्सा पौडेल

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरमै बसेर शारीरिक रूपमा सक्रिय जीवनशैली अपनाउनु चुनौतीपूर्ण हुन सक्छ । सक्रिय जीवनशैली नअपनाउँदा विभिन्न किसिमका रोगको शिकार हुनु पर्ने अबस्था आउँछ । यस्तो बेला आफूलाई स्वस्थ राख्न के गर्ने ?

सामाजिक दूरी कायम गरेर हामी शारीरिक अभ्यासहरु गरेर स्वस्थ रहन सक्छौं । शारीरिक रुपमा सक्रिय रहने अभ्यास गर्ने धेरै तरिकाहरू छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले समेत प्रति हप्ता १५०–३०० मिनेट मध्यम, गहन र मांसपेशीलाई सुदृढ पार्ने शारीरिक अभ्यास गर्न सिफारिश गरेको छ । हप्तामा कम्तीमा २ दिन यस्तो अभ्यासन गर्नु आवश्यक छ । सक्रिय रहनु हाम्रो शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण छ । यहाँ शारीरिक रुपमा स्वस्थ रहन गरिने केही ब्यायामका विधिहरु दिइएका छन् ।

तस्बिरः १

कोरोना भाइरसकोे महामारीका बीचमा खुसी र स्वस्थ रहन

बलियो प्रशिक्षण वा प्रतिरोध तालिम कुनै पनि फिटनेस रुटिनको महत्वपूर्ण हिस्सा हो ।

बलियो प्रशिक्षण तौल बिना, मेसिन बिना, पनि गर्न सकिन्छ ।

तस्बिरः २

आफ्नो शरिरको लागि जहिल्यै ध्यान दिनुहोस् । माथि उल्लेख गरेका कसरत र व्यायाम आधा घण्टा मात्र गरे पनि तपाँइको शरिर र मष्तिस्क स्वस्थ रहन्छन् ।

यहाँ तपाईंको मनमा उत्पन्न हुने जिज्ञासा र तिनका उत्तरहरु दिइएका छन् । तिनलाई मनन गर्नुहोस् ।

●    के मैले महामारी मा पनि व्यायाम गर्न सक्छु ?

हो सक्नुहुन्छ । मध्यम तथा तीव्रता व्यायाम गर्दा तनाव कम हुनुका सार्थ तपाईंको उर्जाको स्तर सुधार हुन्छ । यसले रोग प्रतिरोधात्मकता बढाउन मद्दत गर्दछ । तर, असुरक्षित उच्च, तीव्रता उच्च खालको व्यायाम प्रशिक्षकको निगरानीबिना गर्दा तपाईंको प्रतिरक्षा प्रणालीलाई दबाउन सक्छ । त्यसैले तपाईंको शरीरले धान्ने मात्र ब्यायाम गर्नुहोस् । ब्ययाम गर्दा तपाईंलाई सजिलो महसुस हुनुपर्छ ।

●     म क्वारेन्टाइन भित्र छु, तर संक्रमित छैन । के मैले शारीरिक गतिविधि सीमित गर्नु पर्दछ ?

यदि तपाईंसँग रोगको कुनै लक्षण छैन भने पनि यस्तो बेला शारीरिक गतिविधि नगरेर निस्क्रिय बस्नु हुँदैन । तपाईंलाई खोकी, ज्वरो आएको छ वा सास फेर्न गाह्रो भएको छ भने स्वास्थ्यकर्मीसँग सहल्लाह भने लिइहाल्नु पर्छ ।

●     म संक्रमित भएर क्वारेन्टाइनमा बसिरहेको छु । के मैले शारीरिक गतिविधि सीमित गर्नु पर्दछ ?

यदि तपाईं संक्रमित तर एसिम्प्टोमेटिक हुनुहुन्छ भने तपाईंले संक्रमण देखिनुअघि गर्दै आएको शारीरिक ब्यायामलाई निरंतरता दिनु पर्दछ । यस समय तपाईं क्वारेन्टाइनमा बस्नु आवश्यक छ । अरूलाई भाइरस फैलाउनबाट रोक्न तपाईंले अरुसँग दुरी कायम गर्नु पर्दछ । यद्यपि तपाईलाई खोकी, ज्वरो वा सास फेर्न गाह्रो भए शारीरिक गतिविधिलाई बन्द गर्नुहोस् । स्वास्थ्यकर्मीसँग तुरुन्तै सल्लाह लिनुहोस् ।

●    यस्तो बेला हामी एकअर्कालाई सहयोग गर्न के गर्न सक्छौं ?

प्रत्येक व्यक्ति सक्रिय रहँदा सामाजिक रुपमा जिम्मेवार हुनुपर्छ । हरेकले आआफ्नो ठाउँबाट भूमिका खेल्नु पर्छ । ती भूमिकाहरु हुन्ः

सामाजिक दूरी कायम गरेर शारीरिक अभ्यास गर्दै घरमा रहनुस् ।

उपयुक्त विधिबाट साबुन पानीले हात धुनुका साथै व्यक्तिगत स्वच्छतालाई पालन गर्नुहोस् ।

प्रत्येक पटक कुनै उपकरण प्रयोग गर्नुअघि र पछि कीटाणुनाशक (स्यानिटाइजर) प्रयोग गरेर निर्मलिकरण गर्नुहोस् ।

लेखिका फिजियोथेरेपिस्ट हुन् ।

छुच्चो परेवा !
कपन अनलाइन

काठमाडौं ,जेष्ठ ४ /गीता सापकोटा

आँगनमा एक हुल परेवा चारो खाइरहेका थिए । आमा र म चारो खाएको हेरिरहेका थियौँ । त्यहाँ केही केहीबच्चा परेवापनिथिए । सबै परेवाआ–आफ्नै पेट भर्नमै व्यस्तथिए ।

त्यत्रो हुलमा एउटा परेवाअलिक छुच्चो थियो । उसले सबै परेवालाई ठुङ्दै लखेड्दै गरिरहेको थियो । एउटा परेवालाई ऊ केहीगर्दैन थियो । त्यस्तो देख्दालाग्यो, ‘पक्कै यो सानो परेवा चाहिँ उसको आफ्नो बच्चा होला ।’ मलाई साह्रै नरमाइलो लाग्यो । हत्त न पत्त आमासँग सोधेँ, ‘आमा आमा हेर्नुस् न त्यो एउटा परेवाले त अरु परेवालाई लखेटेर चारो खानै दिँदैन रहेछ ।

एउटा बच्चा परेवालाई चाहिँउसले मायागर्दो रहेछ । हेर्नु त आमा ।’ आमाले पनित्यो दृश्य देखिरहनु भएको थियो । उहाँ एकछिन बोल्नुभएन ।

सायद आमालाई पनि छुच्चा परेवाले भेदभाव गरेको मन परेको थिएनहोला ।

यसरी परेवाहरु नमिलेको देखेपछि मैले आमासँग भनेँ, आमा बरु ती अरु परेवालाई छुट्टै चारो दिऊँ न । मेरो कुरा सुनेर आमालाई पनि नरमाइलो लाग्यो । उहाँले भन्नुभयो, त्यसरी हुँदैन नि । जहाँ चारो राखिदिए पनि सबै त्यही पुगिहाल्छन् । फेरि त्यहाँपनि छुच्चो परेवाले त्यस्तै व्यवहार गरिहाल्छ । साना परेवाले पनि यस्तै हुलबाट चारो खोजेर खानसिक्न पर्छ ।’

आमाले भनेका कुरा पनिमलाई ठिकै लाग्यो । त्यो छुच्चो परेवाले सबैलाई भगाएको चाहिँ मलाई पटक्कै मन परेन । मलाई आँगनमा गएर त्यस छुच्चो परेवालाई भगाइहालुँ जस्तो लाग्यो । म विस्तारै आँगनमा गएँ । म पुग्ने बित्तिकै सबै परेवा त्यहाँबाट उडिहाले । मलाई साह्रै नरमाइलो लाग्यो । अब ती परेवा चारो खान कहिलै आउँदैनन् होला जस्तो लाग्यो अनि एउटा जुक्ति निकालेँ । परेवाले नदेख्ने गरी घरभित्र बसेँ र झ्यालबाट तिनीहरुले चारो खाएको हेर्न तम्सिएँ ।

मैले धेरैबेर कुरेँ । आँगनमा एउटा पनि परेवाआएनन् । फेरि एक मुठी चारो ल्याएर आँगनमा छरिदिएँ । त्यसपछि सबै परेवा आएर चारो खानथाले । छुच्चो परेवाले पहिलाकै जस्तो सबै परेवालाई लखेटिरह्यो । आमा र म नै ती परेवाहरुलाई नियालिरहेका थियौँ । आमाले त्यो छुच्चो परेवालाई हेर्दै भन्नु भयो, यो परेवा त साह्रै छुच्चो पोे रहेछ ।

रिस खाआफू बुद्धि खाअर्को भन्थे । यसमा यस्तै स्वभाव रहेछ । आमा एक्लै एक्लै फतफताउन थाल्नुभयो । मैले केही बुझिनँ । आमालाई सोधेँ, हजुरले के भन्नु भएको हो आमा? आमालाई पनि त्यो छुच्चो परेवाको स्वभाव देखि निकै रिस उठेको रहेछ । उहाँले झर्किदै भन्नु भयो, ‘त्यही छुच्चो परेवालाई गाली गरेको नि । सबैले खाऊन् भनेर चारो हालिदिएको त अरुलाई लखेट्छ मात्रै । उसको काम चाहिँ अरुलाई लखेट्ने मात्रै भयो । आखिर भोको त त्यही छुच्चो परेवाभयो । अरु परेवा त फुत्तफुत्त आएर खाँदै छन् । सबैले दुःखले भएपनि पेट भर्न लागे । यसैलाई भन्छन्, रिस खा आफू बुद्धि खा अर्को ।’

प्रकोपको जोखिममा जनप्रतिनिधि
कपन अनलाइन

काठमाडौं ,जेष्ठ ४।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा पहिलो मोर्चामा सक्रिय रहेका स्थानीय तहका  जनप्रतिनिधिहरु संक्रमणको उच्च  जोखिममा रहेका छन।

सरकारले लकडाउन घोषणा गरे संगै सचेतना, तथ्यांक संकलन संगै जनसम्पर्कमा रहेका उनीहरु राहत वितरणको क्रममा धेरै मानिसहरु संग प्रत्यक्ष सम्पर्कमा आएका थिए।

पारिवारिक झगडा देखि विकास निर्माणको कार्यमा सक्रिय रहनु पर्ने दायित्व बोकेका उनीहरुले जनतालाई सुरक्षाको अपिल गरे पनि आफैले भने खास सचेतना देखाएको देखिदैन।

संघीय नेपालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचन बाट निर्वाचित भएको  करिव ३ वर्ष  विताएका उनीहरु अहिले सरकारको पहिलो मोर्चामा रहेका छन।

कोरोना प्रकोप विरुद्ध लड्ने महत्वपूर्ण जिम्मेवारी पाएका स्थानीय तहका जनप्रतिनिधिहरु जोखिमको प्रवाह नगरी सक्रिय रहनु पर्ने अवस्थामा रहेका छन। विषम परिस्थितिको महत्वपूर्ण जिम्मेवारी,जनसेवाको विशेष अवसर र अहिले जनताको मन जितेर दुई वर्ष पछी मत जित्ने  अभिलाषाले प्रेरित गरेर सक्रिय रहेका जनप्रतिनिधिहरुले आफ्नो सुरक्षामा खास ध्यान पुर्याएको देखिदैन।

कोरोना भाइरस संक्रमण यदि कुनै जनप्रतिनिधिमा रहेको अप्रिय स्थिति आएको खण्डमा उनीहरु सुपर स्प्रेडर बन्नेछन जसले गर्दा निकै गम्भीर अवस्था सिर्जना हुने देखिन्छ।

संघीय सांसदहरुको बाहेक कुनै पनि जनप्रतिनिधिहरुको परिक्षण गरिएको छैन भने काठमाडौंमा पहिलो चरणमा विदेस बाट फर्किएका व्यक्तिहरुको परिक्षण गरिएको छ भने काठमाडौं महानगरपालिकाले सफाई कर्मचारीहरु बाट परिक्षण शुरु गरेको छ।

आफै पहिला परिक्षण गर्दा हुन् सक्ने आलोचना बाट डराएर जोखिम मोल्ने दुस्साहस गरेका उनीहरु त्यस बाट पर्न सक्ने असरका वारेमा पनि सचेत बन्नुपर्ने देखिन्छ।

प्रत्यक्ष जनसम्पर्कमा रहने जनप्रतिनिधिमा संक्रमण देखिएमा त्यसले सिधै सरकारको पहलमा असर पार्नेछ भने प्रकोप विरुद्धको अग्रिम मोर्चाको मनोविज्ञानमा पनि नकारात्मक प्रभाव पार्ने देखिन्छ।

दैनिक उपभोग्य बस्तु ,आपतकालीन सेवा ,राहत वितरण ,तथ्यांक संकलन,मेलमिलाप,निशुल्क भोजन अभियान ,बजार अनुगमन, योजना अनुगमन ,क्वारेन्टाइन निरीक्षण जस्ता प्रत्यक्ष जनसम्पर्कमा रहने जनप्रतिनिधिहरुको पनि स्वास्थ्यकर्मी  र सुरक्षाकर्मी संगै व्यापक परिक्षणको व्यवस्था सरकारले तत्काल गर्नुपर्ने देखिन्छ।

संक्रमणको जोखिममा बुढानिलकण्ठ
कपन अनलाइन

काठमाडौं ,जेष्ठ ४।

बुढानिलकण्ठ नगरपालिकामा कोरोना भाइरस संक्रमणको खतरा उच्च देखिएको छ।सो नगरपालिकामा अहिले सम्म एक PCR  र दुई  RDT परिक्षणमा नतिजा पोजिटिभ आएको छ।

त्यस संगै अति न्यून परिक्षण मात्र गरिएको नगरपालिकामा पछिल्लो चरणमा काठमाडौं बाहिर बाट आएका  व्यक्तिहरुमा लगातार संक्रमण देखिए संगै जोखिम बढेको हो।

नगरपालिकाले सुचना जारि गरेर काठमाडौं बाहिर बाट आउनेहरुको विवरण उपलव्ध गराउन अनुरोध गरे पनि अटेरी घरधनीहरुले सो सूचनालाई हल्का लिदा संक्रमणको खतरा निकै बढाएको छ।

नगरपालिकाले तत्काल पछिल्लो चरणमा काठमाडौं बाहिर बाट आएका प्रत्येक व्यक्तिहरुको परिक्षण गराउने व्यवस्था नमिलाएमा यसले भयावह रुप लिन सक्ने देखिन्छ।

वडा नं १० मा RDT रिपोर्ट पोजिटिभ आए पनि PCR नेगेटिभ आएको छ भने वडा नं १२ की १८ वर्षीय युवतीमा PCR पोजिटिभ देखिएको छ।केहि समय पहिला वडा नं ९ कि एक महिलाको RDT पोजिटिभ आएको थियो भने PCR परिक्षण गर्दा नेगेटिभ नतिजा आएको थियो।

संक्रमणको खतरा रोक्नका लागि तथ्यांक संकलन र परिक्षणलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाका जोखिम युक्त क्षेत्रलाई शिल हुनुपर्ने माग पनि बढ्दै गएको  अवस्थामा नगरपालिकाले ठोस निर्णय गर्नुपर्ने देखिन्छ।

मुख्यत तराई क्षेत्र बाट पछिल्लो चरणमा काठमाडौं आएका व्यक्तिहरुका कारण संक्रमणको खतरा देखिएकोले ति व्यक्तिहरुको परिक्षण र सुरक्षित व्यवस्थापनका लागि विशेष पहल नगरेमा बुढानिलकण्ठ संक्रमणको खतरामा गहिरो गरि फस्ने जोखिम तर्फ सबैले सचेत बन्नु पर्ने देखिन्छ।

टोखा -९ बसेकी महिलाको कोरोना भाइरसका कारण मृत्यु भए संगै वडा शिल गरियो
कपन अनलाइन

काठमाडौं ,जेष्ठ ४।

कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला टोखा नगरपालिका–९ मा बस्दै आएको पाइएको छ ।

तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउने उनले गर्भवती भएपछि नेपाली सेनाबाट अवकाश प्राप्त श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् ।

यो सुचना संगै टोखा नगरपालिका वडा नं ९ शिल गरिएको छ।  सो कोरोना संक्रमणबाट मृत्यु भएकी  महिला टिचिंग अस्पतालमा डेलिभरी गराई  वडा नं. ९ मा पर्ने काभ्रे डेरी देखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा आवतजावत गरेकी थिइन् ।

टोखा नगरपालिका–९ मा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन् ।

विषम परिस्थितिमा संक्रमणको जोखिम बाट बाच्न वडालाई शिल गरिएको जानकारी दिदै नगर प्रमुख प्रकास अधिकारीले सचेत र सजग भएर रहन नगरवासीमा अपिल गरेका छन।

बूढानीलकण्ठ-१० पञ्चकुमारीकी महिलाको PCR परिक्षण नेगेटिभ
कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३।

बूढानीलकण्ठ नगरपालिका वडा नं.१० पञ्चकुमारी नजिकै हिजो एक महिलाको PCR परिक्षण नेगेटिभ आएको छ। RDT परिक्षण पोजेटिभ देखिए पश्चात् थप परिक्षणको लागि पाटन अस्पतालमा लगिएकोमा RT PCR परिक्षण नेगेटिभ आएको स्वास्थ्य शाखा बुढानिलकण्ठले जानकारी दिएको छ।

चन्द्रागिरि नगरपालिका वडा नं ८ मा स्वयंसेवक दस्ता परिचालन
कपन अनलाइन

काठमाडौंजेठ ३।

चन्द्रागिरि नगरपालिका वडा नं ८ ले सार्वजनिक सुचना जारि गरेको छ।

वडा अध्यक्ष सन्तोष खड्काले जारि गरेको  उक्त सुचना मार्फत विश्व ब्यापी फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकार चन्द्रागिरी नगरपालिका र यस वडा कार्यलयको बिभिन्न समयमा भएको निर्णयहरु कार्यान्वयन गर्ने गराउन वडा क्षेत्र भित्र बिभिन्न स्थानमा कामकाज गर्ने गरि निम्न ब्यक्तिहरुलाई स्वयम् सेवकको रुपमा खटाएको व्यहोरा जानकारी गराएको छ।

स्वयं सेवकको नाम थर कार्य क्षेत्र सम्पर्क नं

१) कृष्ण राज वन्त गैरीगारु- ९८४१७१७२६३

२) जयराम श्रेष्ठ शितलबस्ति -९८५१०९८०४४

३) प्रबिण केसी भकुन्डे चौर -९८५५११२२४५५

४) अच्युत रिजाल कल्याणपुर् -९८४१३६७५२३

५) बिकाश श्रेष्ठ यौथलीचोक -९८०८०५०४४१

६) दिवाकर महर्जन यौथलीचोक -९८५११५०४४१

७) दिपक लामा खडलांङ चोक- ९८४१७१३२०९

८) जगदीश रिजाल खडलांङ चोक -९८५११९९६३७

९) सन्तोष पाण्डे खुसिखुसि चोक- ९८४१७३२९७९

१०) बिनोद पन्त बराह चौतारा -९८५११३८६१७

११) सबिना राउत मातातिर्थ चौर- ९८१३५२२८५८

१२) राम चन्द्र अधिकारी कन्चनबस्ति गेट- ९८४१९२५३४०

१३) सुवास शाही कन्चन बस्ति गेट -९८५११७०४४०२

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोककी एक युवतीमा RDT पोजिटिभ
कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोकमा वसोवास गर्दै आएकी एक १८ वर्षीय युवतीको RDT परिक्षण पोजिटिभ आएको छ।सर्लाही जिल्लाको रामनगर ४ स्थायी ठेगाना भएकी ति युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको उनको परिवारले जानकारी दिएको छ।लक डाउन भन्दा पहिला सर्लाही गएर १ महिना बसी करिव ३  दिन पहिला   उनीहरु काठमाडौं आएका थिए।

नतिजा पोजिटिभ आए संगै ति युवतीलाई सुक्रराज  ट्रपिकल सेन्टर टेकुमा राखिएको छ। उक्त सुचना प्राप्त भए संगै सो क्षेत्र शिल गरेर उनीहरुको सम्पर्कमा आएका लाइ पनि आइसोलेसनमा बस्ने प्रवन्ध गरिने वडा अध्यक्ष शम्भु भट्टराईले जानकारी दिएका छन।

उक्त सुचना सार्वजनिक भए संगै त्रसित बनेका स्थानीयहरुलाई सचेत रहन आग्रह गर्दै उक्त क्षेत्र र आसपासका घरहरुलाई पनि अधिकतम सुरक्षा अपनाउन आग्रह गरिएको वडा सदस्य पुरुषोत्तम नेपालले जानकारी दिएका छन।

नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण
कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३।

नेपाली सेनाका जवानमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका जवान भएको खुलेको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै जना नेपाली सेनाको जवान भएको पुष्टि गरे । उनले भने, ‘संक्रमित दुवै जना मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत थिए । उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको छ ।’

यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ गाम्चामा खुकुरी प्रहार ,घाइते २ जना नेपाल मेडिकल कलेजमा
कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ गाम्चा पौडेल गाउँमा भएको दुई समुहको झगडामा खुकुरी प्रहार हुदा दुई जना घाइते भएका छन।खुकुरी प्रहार बाट घाइते भएका दुइ जनाको  नेपाल मेडिकल कलेज आत्तरखेलमा उपचार भैरहेको र प्रहार गर्ने ४ जनालाई पक्राउ गरेर अनुसन्धान भैरहेको प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नबिन कार्कीले जानकारी दिएका छन।

खुकुरी प्रहर गर्ने ४ जना मध्ये २ जना सिन्धुपाल्चोक जिल्ला बाट आएर सो क्षेत्रमा वसोवास गर्दै आएका र अन्य २ जना सोहि स्थानका वासिन्दा रहेको जानकारी दिदै प्रहरीले आपसी रिसीइवीका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिएको छ।