दोश्रो गोकर्णेश्वर रनिङ शिल्ड कराते प्रतियोगिताको उपाधि बालबाटिका डोजोलाइ
कपन अनलाइन
काठमाडौँ, असोज २।दोश्रो गोकर्णेश्वर रनिङ शिल्ड कराते प्रतियोगिताको उपाधि बालबाटिका डोजोले जितेको छ । गोकर्णेश्वर नगर खेलकुद बिकास समितिको आयोजना तथा शंखडोल कराते एकेडेमीको संयोजकत्वमा भएको प्रतियोगितामा बालबाटिकाले ६ स्वर्ण ५ रजत र ४ कांस्य पदक जित्यो ।यस्तै, दोस्रो स्थान हासिल गरेको सरस्वती डोजोले ५ स्वर्ण ५ रजत र १५ कांस्य पदक जित्दा तेस्रो स्थान हासिल गरेको शंखडोल डोजोले ४ स्वर्ण ८ रजत र ५ कांस्य पदक जित्यो ।
प्रतियोगिताको पुरुषतर्फ शंखडोल डोजोका राजकुमार राई उत्कृष्ट खेलाडी चुनिए । महिलातर्फ सरस्वती डोजो कि प्रश्ना के सी उत्कृष्ट महिला खेलाडी घोषित भइन् ।विजयी खेलाडीहरुलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, युबा तथा खेलकुद उपशाखा प्रमुख रामनारायण शाह, सदस्य दिनेश राई, शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिव कारान्जित लगायतले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका भित्रका तीन सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा क्रमश प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाए ।