साँखु-चाँगु जोड्ने पुलमा थप क्षति हुन नदिन कार्य थालनी
कपन अनलाइन
काठमाडौं, असार २२ । बाढीले क्षति पुर्याएको शंखरापुर नगरपालिकाका वडा नं ६ को सिमाना र भक्तपुर चाँगुको छाँयाबस्ती जोड्ने पुललाइ थप क्षति हुन नदिने कामको थालनी भएको छ । आइतबारको भारी बर्षापछि सालीनदीमा आएको बाढीले शंखरापुर वडा नंबर ६ को सिमाना पर्ने सितातिर्थ घाटछेउको सो पुलमा क्षति पुगेको थियो ।
क्षति पुर्याएको उक्त पुलको सोमबार शंखरापुर नगरपालिका प्रमुख रमेश नापित र नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ सहितको टोलीले उक्त पुलको निरिक्षण गरेका थिए । आइतबारको बाढीले साँखु चाँगुनारायण जोड्ने पुलका साथै त्यस वरपरका खेतहरूको पनि कटान गरेको थियो । बाढीका कारण पुलको एकातर्फको पिलरमा बढी क्षति पुर्याएको छ भने पुलबाट यात्रा गर्न जोखिम बनेको छ ।
बाढीले क्षति पुर्याएको पुल तथा कटान गरेको खेतहरुको स्थलगत निरिक्षण पछि नगरप्रमुख नापितले प्राबिधिक र निर्माण ब्यावसायीलाई सो पुललाई थप भासिनबाट जोगाउन के के उपाय गर्न सकिन्छ तत्काल समाधान हुनेगरी काम गर्न निर्देशन दिएका थिए । सोहि निर्देशन अनुसार मंगलबार बाट नै कार्य थालनी भएको छ । पुललाई थप क्षति हुन नदिन नदिको बहाव परिवर्तन गरि पुल लाई सपोर्ट गर्न ढुंगा र जाली राखेर कार्य थालनी गरिएको नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए । उक्त कार्यमा नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ , राप्रपा काठमाडौं क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष राजु बिष्ट ,समाजसेवी धर्मकृष्ण श्रेष्ठ लगायत स्थानियहरुले श्रमदान गरेको पनि उनले जानकारी गराए ।