गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा क्यान्सर परिक्षण शिविर संचालन हुने
कपन अनलाइन
काठमाडौँ, असार २२ । गोकर्णेश्वर नगरपालिका वडा नं ७ क्यान्सर परिक्षण शिविर संचालन हुने भएको छ ।असार २५ गते शहरी स्वास्थ्य केन्द्र शिवचोकमा बिहान ९ बजे देखि अपरान्ह ३ बजे सम्म गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालको समझदारी अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं ७ क्षेत्र भित्र बसोबास गर्ने महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण हुने भएको हुँदा उक्त सेवा लिन वडा अध्यक्ष केशब गुरुङले सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।