बुढानिलकण्ठ नगरपालिका वडा  नं १० लाई कपन जेसिसको सहकार्य प्रस्ताव

बुढानिलकण्ठ नगरपालिका वडा  नं १० लाई कपन जेसिसको सहकार्य प्रस्ताव

कपन अनलाइन

काठमाडौं ,साउन १६।

बुढानिलकण्ठ नगरपालिका वडा  नं १० का अध्यक्ष नवराज भट्टराईलाई  कपन जेसिजको तर्फबाट सो वडा संग सहकार्य गरि गर्न सकिने कामहरुको योजना बुझाएको छ।

कपन जेसिजले बुढानिलकण्ठ नगरपालिलाई केही दिन पहिले  काठमाडौ उपत्यका प्रबेश संगै यस वडामा उपत्यका बाहिरबाट आउने क्रम सङ्गै कोरोना संक्रमण पनि बढ्दो क्रमलाई रोक्ने अभियान,एक घर दुई बिरुवा अभियान,युबालाई सिर्जनात्मक कार्यमा परिचालन, दिगो  र ब्यबस्थित कौसी खेती,महिला सशक्तीकरण, युबा बिकास र स्वरोजकार तालिम,सडक किनारामा बृक्षारोपण,बुढानिलकण्ठ नगरपालिकामा  अनिबार्य आकाशे पानी संकलन केन्द्र निर्माण पछि मात्र घर निर्माण अनुमती दिने प्रणालीको ब्यबस्था, फुटपाथ र गाडा ब्यापारलाई व्यवस्थित  र दर्ता प्राणालिमा सहभागी गराउने ब्यबस्था, बाहिरी देशबाट आएका श्रमिकहरुलाई अनिवार्य श्रम स्वीकृति लिने ब्यबस्था, ट्राफिक व्यवस्थापन डुबान र खोला नालाको उचित ब्यबस्थापन,नमुना सडक,नमुना टोल बनाउने अभियान ,पदाधिकारीहरुलाई बैठक संचालन,एसडिजि र यसको असर सम्बन्धि तालिम,फोहोर ब्यबस्थापन प्रकृयामा काम गर्ने प्रस्तावना बुझाईएको थियो।

सोहि  योजना पत्र आज वडामा ग्रहण गर्दै वडाध्यक्ष नवराज भट्टराईले यस्ता सिर्जनात्मक कार्यमा  सहकार्य गर्ने योजनालाई स्वीकार गर्दै कपन जेसिज संग सहकार्य अगाडी बढाउने बताएका थिए।

कपन जेसिज बर्ष २०२० का अध्यक्ष रुपेश भट्टराई,कपन जेसिजका पुर्ब अध्यक्ष होम बहादुर (मनोज) अधिकारी, पुर्ब अध्यक्ष अमित अधिकारी,कपन जेसिजका कार्यक्रम सिनियर ईभिपी नवराज बन,कार्यक्रम संयोजक रिता थपलिया, कपन जेसिजका महासचिब बिश्व बल्लव नेपाल लगायतकाको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।