राहत वितरणमा लकडाउनको उल्लंघन

राहत वितरणमा लकडाउनको उल्लंघन

कपन अनलाइन

काठमाडौं ,चैत २९।

लकडाउनको दोश्रो चरणमा अहिले राहत वितरणमा स्थानीय तहका वडाहरु व्यस्त रहेका छन। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सिंगो विश्व नै लागिरहेको वेलामा राहत वितरणको क्रममा विभिन्न  नगरपालिकाका  वडामा लकडाउन उल्लंघनका घटना देखिएका छन।यस्तै केहि उदाहरण बुढानिलकण्ठ नगरपालिकाका केहि वडाहरुमा पनि देखिएको छ।

राहतका लागि वडाहरुले निश्चित पसल तोकेर सामाग्री वितरण गर्ने क्रममा धेरै मानिसहरु भेला हुँदा सामाजिक दुरी कायम गर्न कठिन भएको हो। त्यस्तै कतिपय स्थानमा पसलको स्थानका कारण पनि व्यवस्थापनमा कठिनाइ भएको देखिएको छ।

लकडाउन पूर्ण पालना गराउने नाममा युद्ध कालिन अवस्थामा झैँ सडकमा तगारो हाल्ने तथा चेक जाँचमा स्वयंसेवक तैनाथ गरिए पनि राहत वितरणको क्रममा देखिएको अवस्थाले ति प्रयास निस्फल भएका छन। यसको प्रत्यक्ष असरमा बाहिरि आवतजावत बन्द गरेर चोकमा भेला हुने भन्ज्यांग वासी र चुनिखेललाई बढी परेको देखिन्छ ।

सामान्य आपतकालीन अवस्थाको अनुमान नगरी यस्तो अवरोध राखिदा स्वास्थ्य,सुरक्षा तथा संचार क्षेत्रमा कार्यरत व्यक्तिहरु प्रत्यक्ष मारमा परेका छन भने कुनै आपतकालीन विमारीमा पनि ठुलो जोखिम मोल्नु पर्ने देखिन्छ।

केवल मर्निंग वाक र भ्रमणका लागि मात्र मान्छे आउछन भन्ने हल्का कल्पना बाट यस्तो प्रयास गर्दा सो बाटोमा एम्बुलेन्स,दमकल र शव बहन पनि कुदछ्न भन्ने हेक्का नराखेका बुढानिलकण्ठ नगरपालिकाका केहि सामाजिक अभियन्ताहरुको नक्कल गोकर्णेश्वर हुदै शंखारपुर सम्म पुगेको देखिन्छ।

तर त्यो भन्दा पनि बढी असर राहत वितरण र धेरै दिन देखि घर भित्र बसेर वाक्क बनेकाहरुको रमिता हेर्ने बहानाले भिड हुँदा हुने देखिन्छ। जनप्रतिनिधिहरुले स्वयंसेवकहरुको सहायतामा राहत वितरण गर्दा स्थान व्यवस्थापन ,रासन प्याकेजिंग र वितरण प्रणालीका कारण यस्ता समस्या देखिएका हुन्।

वास्तविक राहत प्राप्त गर्ने व्यक्ति संगै धेरै अन्य व्यक्तिहरुको कारण व्यवस्थापनमा कठिनाई हुनुका साथै संक्रमणको जोखिम बढेको एक जनप्रतिनिधिले बताए। उनले राहत वितरणको अवसरलाई आफ्नो बाहिर टहल्ने अवसर नबनाई घर मै बस्नका लागि अनुरोध पनि गरेका छन ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।