निर्दोष लकडाउन नबुझ्नेहरु (कविता)

निर्दोष लकडाउन नबुझ्नेहरु (कविता)

कपन अनलाइन

काठमाडौँ, चैत्र २९/  धन प्रसाद लामिछाने

 

लक डाउन तोडनेलाइ, हान्नुपर्छ,,

सरकारको आदेस सबैले, मान्नुपर्छ

 

यो बेला घरै बस्ने हो, भिड नगर्नु है,,

इटाली र स्पेनबाट केही, जान्नु पर्छ।

 

कोरोना सर्ने रोग हो कसैलाई छोडदैन,

संक्रमितलाइ, क्वारेन्टाइनमा तान्नुपर्छ  ।

 

औषधी छैन, प्रबिधि छैन उपाय छैन,

लापरबाहीले ज्यान जाने, ठान्नु पर्छ।

 

नजानु अरुको घर, नबोलाउनु आफ्नो घर

के कुरा जरुरी छ आफैले छान्नुपर्छ।

 

रोग सर्यो भने दुख पाउला परिवारले,,

आफ्नो मनलाई आफैले बान्नुपर्छ ।

 

दुइ चार हप्ता संयम हौ, आफ्नै लागि ,,

बाचियो भने घर समाज ,देश धान्नु पर्छ ।।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।