गलत हल्लाले गोकर्णेश्वर नगरपालिकालाई तनाव

गलत हल्लाले गोकर्णेश्वर नगरपालिकालाई तनाव

कपन अनलाइन

काठमाडौं ,चैत २८

चैत २७ र २८ गते दुइ दिन गोकर्णेश्वर नगरपालिकामा चलेको हल्लाले नगरवासी ससंकित बने पछी नगरपालिकालाई तनाव भएको छ।

एकाएक सामाजिक संजाल र संचार माध्यममा नेपाल मेडिकल कलेज र माकलवारि क्षेत्रमा  कोरोना  संक्रमित भेटिएको हल्ला चलेपछि त्यसले नगरवासीमा त्रास सिर्जना गरेको थियो।

गोकर्णेश्वर नगरपालिकामा  अहिले सम्म कुनै पनि संक्रमित नभेटिएको जानकारी दिदै नगरपालिकाले सत्य तथ्य सूचना सम्प्रेसण गर्न आग्रह गर्दै सबै टोल विकास समिति ,संघ संस्था तथा नगरवासीलाई संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न अपिल गरेको छ।

तपाइँको प्रतिक्रिया ।