चम्पादेवी गाउँपालिका ओखलढुंगामा प्रकोपमा प्रतिसोधको राजनीति

चम्पादेवी गाउँपालिका ओखलढुंगामा प्रकोपमा प्रतिसोधको राजनीति

कपन अनलाइन

ओखलढुंगा ,चैत २७।

चम्पादेवी गाउँपालिकामा कोरोना (कोभिड १९) प्रकोपको रोकथाम र नियन्त्रणको विषम परिस्थितिमा पनि  प्रतिसोधको  राजनीति भएको छ। अहिले सो गाउँपालिकामा राहत वितरण र जनताको सुरक्षा तथा सहयोगमा सक्रिय बन्नु पर्ने वडा अध्यक्षहरु बिज्ञप्ति निकाल्दै राजनीतिक आक्रोस पोखिरहेका छन ।

गाउँपालिकाले कार्यपालिकाको बैठक बस्दै ठोस योजना सहित कार्य विभाजन पश्चात गदै बढेको  रोकथाम र नियन्त्रणको काम अहिले वडा अध्यक्षहरुले नै राजनीतिक वक्तव्य बाजी गर्न लागेपछि प्रभावित हुने देखिएको छ ।

यसको प्रसंग वडा नं १ र २ ले बिज्ञप्ति निकालेर प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले मास्क लगायतका सामाग्री वितरण गरे संगै उनको तस्विरलाई जोडेर आपत्ति प्रकट गरेका छन।

हेर्नुहोस वडा नं १ र २ को बिज्ञप्ति :

सांसद सुनुवारको तस्विर सामाजिक संजाल र संचार माध्यममा प्रचार पश्चात नेपाली कांग्रेस बाट निर्वाचित वडा अध्यक्षहरुले बिज्ञप्ति निकाले पछी नेकपा बाट निर्वाचित वडा नं ७ का अध्यक्ष सुरेस थापाले पनि बिज्ञप्ति निकालेर त्यसको खण्डन गरेका छन । उनले गाउँ पालिकाका करार र दैनिक ज्यालादारी कर्मचारी समेत प्रयोग गरेर सांसद सुनुवार विरुद्ध प्रचार गरिएको आरोप लगायका छन ।

हेर्नुहोस वडा नं ७ को बिज्ञप्ति:

विषम परिस्थितिमा आइपरेको जटिल अवस्थामा संवेदनशील विषयमा  जनप्रतिनिधिहरु विचको भद्दा राजनीतिले समग्र गाउँपालिका नै लज्जित बनेको एक बुद्दिजिविले बताए।विपदको समयमा एकीकृत रुपमा सक्रिय बन्नुपर्ने वेलामा वडा कार्यालयका आधिकारिक पत्र मार्फत राजनीतिक आक्रोस पोख्नु गैर जिम्मेवारीपन भएको  उनको भनाई रहेको थियो।

लामो समय देखि निरन्तर सामाजिक संजाल र संचार माध्यममा चल्दै आएको एक अर्का विरुद्धको प्रचारवाजीको जटिल र विषम समयमा पनि पुनरावृति भए संगै गाउँ पालिकाका जनताले भने यस प्रति आक्रोस व्यक्त गरेका छन।

निषेधको राजनीति गर्ने नकारात्मक सोचको उपज यस गाउँपालिकामा वारम्वार दोहोरिएको प्रसंग सम्झिदै यसले गाउँपालिकाको बदनामी बाहेक कुनै उपलव्धि नहुने एक शिक्षकले बताए।

तपाइँको प्रतिक्रिया ।