काठमाडौँ डायसेस बिलिभर्स चर्च उपत्यका छात्र छात्र युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिताको उपाधी बिलिभर्स इस्टर्न चर्च सेतिपाखा र गोकर्णलाइ

काठमाडौँ डायसेस बिलिभर्स चर्च उपत्यका छात्र छात्र युथ सेभेन ए साइड अन्तर  फुटबल प्रतियोगिताको उपाधी बिलिभर्स इस्टर्न चर्च सेतिपाखा र गोकर्णलाइ

कपन अनलाइन

काठमाडौँ, फागुन २६।स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराको साथमा काठमाडौं डायसेस बिलिभर्स इस्टर्न चर्च काठमाडौं डायसेस  उपत्यका जवान संगतिका अध्यक्ष Rev  Fr. श्याम लिम्बुको अध्यक्षतामा संचालित काठमाडौं उपत्यकाका छात्र छात्रा युथहरुको सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी स्थित च्यासीडोल खेल मैदानमा सम्पन्न भएको हो । फेब्रुअरी १२ तारिख देखि शुरु भएको सो प्रतियोगिता लिग चरणमा खेलाइएको थियो । प्रत्येक मण्डली (चर्च)हरु बाट सहभागिता रहेको थियो कुल १६ टिम रहेको सो प्रतियोगिताको आज एक कार्यक्रमका बीच समापन भएको हो ।

युथहरुमा रहेको फुटबल प्रतिको रुचिलाई मध्यनजर गर्दै उनीहरु भित्र रहेको खेलकुदको प्रतिभालाइ उजागर गर्ने उदेश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।उक्त प्रतियोगिताको छात्र तर्फको फाइनल खेल बिलिभर्स इस्टर्न चर्च सेती पाखा र  बिलिभर्स इस्टर्न चर्च गोकर्ण बीच भएको थियो भने छात्रा तर्फ पनि  बिलिभर्स इस्टर्न चर्च सेती पाखा र बिलिभर्स इस्टर्न चर्च गोकर्ण बीच भएको थियो ।

छात्रा तर्फ पहिलो फाइनल खेल भएको थियो छात्रा तर्फ बिलिभर्स इस्टर्न चर्च सेती पाखा र बिलिभर्स इस्टर्न चर्च गोकर्ण बीच भएको थियो। उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको सो खेलमा बिलिभर्स इस्टर्न चर्च सेती पाखालाइ  बिलिभर्स इस्टर्न चर्च गोकर्णले १-० गोल अन्तरले पराजित गर्दै छात्रा तर्फको बिलिभर्स युथ फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।उक्त खेलमा बिलिभर्स इस्टर्न चर्च गोकर्णकी जर्सी नं ५ कि खेलाडी इश्वरी मगरले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो  ।

एक गोल ले पछि परेको बिलिभर्स इस्टर्न चर्च सेती पाखा का खेलाडीहरुले गोल गर्नको लागि धेरै प्रयास गरे पनि उक्त प्रयास गोल मा परिणत हुन नसक्दा बिलिभर्स इस्टर्न चर्च गोकर्ण संग  १-० गोल अन्तरले पराजित भएको थियो। प्रतियोगिताको छात्रा  तर्फ चौथो स्थान बिलिभर्स इस्टर्न चर्च सानागाउ ले हासिल गर्यो भने छात्रा तर्फ तृतीय स्थान बिलिभर्स इस्टर्न चर्च दक्षिण ढोका हासिल गरेको थियो ।त्यसैछात्र तर्फ को फाइनल खेल बिलिभर्स इस्टर्न चर्च गोकर्ण  र बिलिभर्स इस्टर्न चर्च सेती पाखा बीच भएको थियो।

निकै नै रोमान्चक बनेको सो खेलमा बिलिभर्स इस्टर्न चर्च सेती पाखाले बिलिभर्स इस्टर्न चर्च गोकर्णलाइ २-० गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको छ। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलको सुरुवातमा दुआबी टिमले आक्रमक प्रदर्शन गरेका थिएपहिलो हाफ सम्म दुवै टिमले गोलको लागि गरेको दर्जनौ प्रयास खेर गएको थियो ।

पहिलो हाफ दुवै टिमले  कुनै पनि गोल गर्न सकेका थिएनन। दोस्रो हाफको सुरुवाती संगै खेललाइ सुधार गर्दै बिलिभर्स इस्टर्न चर्च सेती पाखाका जर्सी नं ८ का सुमित मगरले आकर्षक गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए। एक गोलले पछि परेको बिलिभर्स इस्टर्न चर्च गोकर्णले खेललाइ बराबरी पार्नको लागि प्रयास गरे पनि उक्त प्रयास गोल मा परिणत हुन सकेन। अन्तत पुन बिलिभर्स इस्टर्न चर्च सेती पाखाका जर्सी नं ८ का खेलाडी सुमित मगरले थप गोल गर्दै टिमलाइ बिजयी बनाए।

प्रतियोगिताको छात्र तर्फ बाट तृतीय स्थान बिलिभर्स इस्टर्न चर्च दक्षिण ढोका हुन सफल  भएको थियो  ।प्रतियोगितामा बिभिन्न विधामा छात्र छात्रा तर्फा  उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको थियो।जसमा छात्रा तर्फ उत्कृष्ट खेलाडी बिलिभर्स इस्टर्न चर्च गोकर्णकि नानु माया घोसित भइन भने उत्कृष्ट गोल रक्षकको उपाधि बिलिभर्स इस्टर्न चर्च सेती पाखाकि करुणा घोसित भइन ।

त्यसै गरि प्रतियोगितामा छात्रा तर्फा सर्वाधिक गोल कर्ताको उपाधि बिलिभर्स इस्टर्न चर्च गोकर्णकि इश्वरी मगर घोसित भइन ।त्यसै गरि प्रतियोगिताको छात्र तर्फको उत्कृष्ट खेलाडीको रुपमा  बिलिभर्स इस्टर्न चर्च सेती पाखाका प्रदिप घोसित भए भने उत्कृष्ट गोल रक्षकको रुपमा बिलिभर्स इस्टर्न चर्च सेती पाखाका मनोज घोसित भए भने सर्वाधिक गोल कर्ताको रुपमा सुमित मगर घोसित भए ।

प्रतियोगिताको छात्र छात्रा तर्फका बिजेता, उपविजेता, तेस्रो स्थान र चौथो स्थान हासिल गर्ने टिमका खेलाडी हरुलाई नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र सहित बिभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि डायेसेस Rev. Fr.मन्जा तामांग, डिस्ट्रिक १ इन्चार्ज  Rev. Fr. डेनियल खपाङ्गी , डायेसेस युथ इन्चार्ज  Rev. Fr. श्याम लिम्बु ,एरिया युथ इन्चार्ज Bro.सल बहादुर तामांग लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा रेफ्रीको भूमिकामा सोनाम मुखिया  मानबहादुर तामाङ, मनिष  तामांङ र शुशील राइ  रहेका थिए भने समापन समारोह संचालन बिलिभर्स इस्टर्न चर्च किर्तिपुरका विकेश श्रेष्ठले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।