अस्मिता फाइनलमा

अस्मिता फाइनलमा

कपन अनलाइन

काठमाडौं, फागुन २२। भक्तपुरकी अस्मिता दुवाल चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि भइरहेको बागमती प्रदेश खेलाडी छनोट प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेकी छन् ।

भक्तपुरमा जारी प्रतियोगिताको महिला ४८ केजी सेमिफाइनलमा अस्मिताले रामेछापकी सरस्वती बोहरालाई पराजित गरिन् ।

पुरुष ५२ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले मकवानपुरका बुद्ध लामालाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे । ५६ केजीमा नुवाकोटका प्रशान्त लामाले काठमाडौंका सविन रजक र सिन्धुपाल्चोकका शक्ति लामाले रामेछापका अजय तामाङ, ६० केजीमा काभ्रेका सुरोज महर्जनले चितवनका विराज कार्की र काठमाडौंका मौसम राना मगरले सिन्धुपाल्चोकका अंकित शाही तथा ६४ केजीमा नुवाकोटका सौरव विमलीले रामेछापका सुमन श्रेष्ठ र काठमाडौंका अश्विन श्रेष्ठले चितवनका विवेक गुरुङलाई निराश पार्दै फाइनलमा स्थान बनाए ।

पुरुष ६९ केजीमा भक्तपुरका समन गोसाईंले चितवनका आदर्श सिग्देल तथा ७५ केजीमा सिन्धुपाल्चोकका कोशिस श्रेष्ठले रामेछापका श्रीयन्स प्रजापतिलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे । प्रतियोगिता बिहीबार सम्पन्न हुने छ ।

तपाइँको प्रतिक्रिया ।