नगरपालिकामा सामान खरिद तथा कपन क्याम्पसको बालुवा प्रकरणमा बुढानिलकण्ठ लेखा समितिले छानविन गर्ने

नगरपालिकामा सामान खरिद तथा कपन क्याम्पसको बालुवा प्रकरणमा बुढानिलकण्ठ लेखा समितिले छानविन गर्ने

कपन अनलाइन

काठमाडौँ, पुस १५ । बुढानिलकण्ठ नगरपालिकाको  लेखा समितिले एक  प्रेस बिज्ञप्ति जारि गर्दै नगरपालिकाका कर्मचारी तथा वडा नं १० मा रहेको कपन क्याम्पसको बालुवा प्रकरणका विषयमा छानविन गर्ने जानकारी दिएको छ।  उक्त बिज्ञप्तिमा    यस क्षेत्रका विभिन्न अनलाइन मिडियामा प्रकाशित समाचारहरुका सन्दर्भमा लेखा समितिले ध्यानाकर्षण भएको जनाएको छ।

यसै सन्दर्भमा यस समितिको पुस १५ गते बसेको बैठकले  माथि उल्लेखित  विषयहरुको बिल भर्पाइ तथा आबश्यक कागजात, निर्णयहरुको अध्ययन गर्ने तथा  सम्बन्धित निकाय संग कागजात माग गर्ने निर्णय गरेको छ।

त्यस्तै सो प्रयोजनका लागि समितिले तपशिल बमोजिमाकागर्ने जिम्मेवारी बांडफांड गर्दै अध्ययन गर्ने जानकारी गराएको छ।

१.कपन क्याम्पस बालुवा बिक्रि र बाटो सम्बन्धमा – लेखा सदस्य मन्जु परियार

२.नगरपालिकाको नयाँ भवनमा फर्निचर तथा साजसज्जाका खरिद सम्बन्धमा -लेखासदस्य दिलकुमारी बिक

३.नगरपालिकाको चौमासिक आय व्यय तथा योजना प्रगति विवरण सम्बन्धमा – लेखा संयोजक पुरुषोत्तम नेपाल

बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीका सम्बन्धमा विभिन्न संचार माध्यममा समाचार प्रकासन भए संगै लेखा समितिले छानविनको निर्णय गरेको र सो बाट प्राप्त जानकारी सार्वजनिक गर्ने लेखा समितिका संयोजक पुरुषोत्तम नेपालले बताएका छन ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन क्याम्पसको बालुवा उपयोग तथा प्रयोग सम्बंधिउ विषयमा पनि लेखा समितिले छानविन गर्ने त् सम्पूर्ण सत्य तथ्य विवरण सार्वजनिक गर्ने बताउदै संयोजक नेपालले यी विषयमा सम्बन्धित कुनै जानकारी भए गोप्य रुपमा समितिलाई उपलव्ध गराउन अनुरोध समेत गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।