भगवती नेपाल सिन्धुपाल्चोकमा समानुपातिक उम्मेदवार

कपन अनलाइन/ काठमाडौं । नेकपा (एमाले) ले आफ्नो समानुपातिकतर्फको बन्दसूचीमा उम्मेदवारी दर्ता गरेकी महिला अधिकारकर्मी नेतृ भगवती नेपाल पर्नु भएको छ । उनलाई सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. ३ बाट समानुपातिकमा परेकी छिन् ।
996023_644199778946334_2006966173_n
कपन निवासीसमेत रहेकी नेतृ नेपाल नेकपा (एमाले), बागमती अञ्चल समन्वय कमिटीको सचिवालय सदस्य हुन् । उनको सिन्धुपाल्चोकमा महिला बेचबविखन नियन्त्रण तथा महिला अधिकारका क्षेत्रमा लामो समयदेखि संलग्न छिन् । उनी अखिल नेपाल महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष पनि हुन् ।

गैरसरकारी संस्था महासंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेकी नेपाल सिन्धुपाल्चोकको सिन्धुकोट गाविसकी बासिन्दा हुन् । भगवती नेपाल कपन र आसपासका क्षेत्रमा सुपरिचित पण्डित स्व. भरतमणि नेपालकी श्रीमती हुन् । अहिले सिन्धुपाल्चोक क्षेत्र नंं. ३ को प्रचार कार्यमा उनी सक्रिय छिन् । उक्त जिल्लाबाट एमाले वरिष्ठ नेता अमृतकुमार बोहोरा र भगवती नेपालमात्र समानुपातिक बन्दसूचीमा परेका छन् ।

तपाइँको प्रतिक्रिया ।