प्रलभ बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं साधारणसभा सम्पन्न

प्रलभ बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं साधारणसभा सम्पन्न

कपनअनलाइन

काठमाडौं,कार्तिक २५।प्रलभ बचत तथा ऋण सहकारी संस्था लि.को एघारौं साधारणसभा सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिका सहकारी बिभाग संयोजक लक्ष्मण चौलागाईको प्रमुख आतिथ्यमामा  सम्पन्न भएको थियो।

दिनेश भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा हरि दास श्रेष्ठ संस्थापक अध्यक्ष तथा सल्लाहकार,अर्जुन खतिवडा,माधब दाहाल, सचिब कुमार बोगटी,कोषाध्यक्ष राज कुमार श्रेष्ठ,सदस्य कृष्ण श्रेष्ठ,चनमती श्रेष्ठ, संयोजक द्वारिका श्रेष्ठ, सानुकाजी श्रेष्ठ, राजकुमार श्रेष्ठ लगायत कर्मचारी तथा शेयरहोल्डरहरुको उपस्थीती रहेको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण चौलागाईं लगायत गोपाल श्रेष्ठले आफनो मन्तब्य राखेका थिए। आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए।लेखापरिक्षण प्रतिवेदन सदस्य बिष्णुहरि कर्माचार्यले प्रस्तुत गरेका थिए।

सो साधारण सभामा संस्थाका अध्यक्ष दिनेश भण्डारीले संस्थाको दिगो विकास र स्थायित्वका लागि जग्गा हाल सहकारी रहेको स्थान नजिक ५ आना जग्गा खरिद गर्ने प्रस्ताव गरेका थिए जसलाई सो सभाले सर्वसम्मत पारित गरेको थियो।

त्यस्तै सदस्यहरुको आत्मनिर्भरता र  आर्थिक उपार्जनका लागि विभिन्न किसमका प्राविधिक तालिम संचालन गर्नुका साथै क्षेमता अबिव्रिदिका लागि अन्य कार्यक्रम संचालन गरिने प्रस्ताव पारित गरिएको सो साधारण सभामा सस्थाका सदस्य गोपाल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

२०६५ माघ ५ गते २५ शेयर सदस्यको २ लाख ५० हजार बाट शुरु भएको सस्थाको शेयर पुजी करिव ८४ लाख पुगेको छ भने सेवा विस्तारको क्रम पनि निरन्तर जारि राखिएको संस्थाका सचिव कुमार बोगटीले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।