गोकर्णेश्वर युवा उपकार क्लबको बृहत भिन्तुना मोटर साइकल र्‍याली भव्य रुपमा सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लबको बृहत भिन्तुना  मोटर साइकल र्‍याली भव्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाडौं ,कार्तिक १३।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको आयोजनामा  नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४०  को स्वागतार्थ  तथा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभुती शंखधर साख्वा समाज प्रतिको योगदानलाइ सम्मान गर्दै  बृहत भिन्तुना  मोटर साइकल र्‍याली सम्पन्न भएको  छ।

उक्त बृहत भिन्तुना मोटरसाइकल र्‍याली २०७६ को उद्घाटन समारोह क्लब भवन अगाडि गोकर्णेश्वर मन्दिर प्राङ्गणबाट शुरु भई टोठा-बालुवा सुन्ताखान- डोखाटोल-तालिन्चोक-भैरबचौर-किसिगाल-भुमिस्थली- नयाँपाटी-सुन्दरीजल सम्म पुगी पुनः गोकर्ण, क्लब भबन हुँदै ऐतिहासिक देशेमा तुच्चा कार्यक्रम सहित सम्पन्न भएको थियो।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्री कुमार श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा क्लवका पदाधिकारी ,सदस्य ,विभिन्न बाजा खलका प्रतिनिधिहरु आफ्नो परम्परागत पोशाक सहित उपस्थित भएका थिए ।

र्याली संचालन भएको मार्गमा नेपाल सम्बतको स्वागतार्थ द्वार निर्माण गरिएको थियो भने सहभागीहरुलाई स्थानीयले सगुन सहित स्वागत गरेका थिए ।

विगत लामो समय देखि सो क्लवले निरन्तर आयोजना गर्दै आएको कार्यक्रममा यस पटक विभिन्न स्थानीय संघ संस्थाको सक्रिय सहभागिता रहेको थियो ।फोटो :सरोज बस्नेत

 

 

 

तपाइँको प्रतिक्रिया ।