बुढानिलकण्ठमा तकस्वा: नेवाः पुचः को नेपाल सम्बत  ११४० भिन्तुना कार्यक्रम सम्पन्न

बुढानिलकण्ठमा तकस्वा: नेवाः पुचः को नेपाल सम्बत  ११४० भिन्तुना कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,कार्तिक १३।

तकस्वा: नेवाः पुचः को आयोजनमा नेपाल सम्बत  ११४० भिन्तुना कार्यक्रम सम्पन्न भएको छ ।बुढानिलकण्ठ नगरपालिकाको गोल्फुटार कम्प्लेक्सबाट शुरू भएको  भिन्तुना साँस्कृतिक मोटर साइकल र्यालीको  उद्घाटन प्रदेस नं.३ का प्रदेस सभा सदस्य दिपक निरौलाले रिवन काटेर गरेका थिए ।
तकस्वाः नेवाः पुचः का अध्यक्ष गंगालाल महर्जनको अध्यक्षतामा भएको मूल समारोहमा  नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहेका थिए भने पररास्ट्रविद डा. हिरण्यलाल श्रेष्ठ विशेष अतिथि रहेका थिए।

त्यस्तै सो कार्यक्रममा  प्रदेश नं.३ का प्रदेस सभा सदस्य  दिपक निराैला, भिमसेन खत्री, सीता लामा, बूढानीलकण्ठ न पा प्रमुख उद्दव प्र. खरेल, अमेरिकाको  न्युवोर्क स्थित नेपाल भाषा गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन, नेवाः मंका खलः भूजसिःका अध्यक्ष ब्रमदेव श्रेष्ठ, अजिमा नेवाः पुचः, वासिक नेवाः पुचः र भुईजसि नेवाः पुचः का अध्यक्ष लगायत अतिथि रहेका थिए ।

ज्येष्ठ नागरिक कृष्ण कुमार महर्जन र बिशिस्ट अतिथि डा. हिरण्यलाल श्रेष्ठ कार्यक्रममा प्रमुख अतिथि र सबै अतिथिहरुले भिन्तुना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेवारी बोलको गीतमा ४ वटा नित्य प्रस्तुति रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल बाट २ जना ज्येष्ठ नागरिक कृष्ण कुमार महर्जन र हिरालाल महर्जनलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो।

सोहि कार्यक्रममा यसै तकस्वाः नेवाः पुचःका अगुवा बर्तमान सल्लाहकार एवं संस्थापक अध्यक्ष प्रदिप डंगोल सल्लाहकार राजेन्द महर्जन, बसनारायण महर्जन बिजय महर्जनलाई पनि सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरेलले बूढानीलकण्ठ नगरपालिका ६ र ७ वडाका लागि हार्मोनियम ४ सेट, पछिमा २थान , खीः १ वटा, धाः १ वटा, टाः २ वटा र धिमे बाजा १ सेट बाजाका गुरु कजिहरुलाई बितरण गरेका थिए।
सो कार्यक्रमको संचालन मुना महर्जन र सिर्जना महर्जनले गरेका थिए भने  स्वागत मन्तब्य प्रदिप डंगोलले राखेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।