धान उत्पादनमा वृद्धि

कपन अनलाइन 

खजुरा, बाँके, ९ माघ । जिल्लामा यसवर्ष गतवर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनाुसार गत वर्ष ३६ हजार ५०० हेक्टरमा धानखेती गर्दा एक लाख ३६ हजार १४५ मेट्रिक टन उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा एक लाख ३६ हजार २९८ मेट्रिक टन धान उत्पादन भएको छ ।

कृषि विकास कार्यालयका सूचना अधिकारी धनबहादुर पुनका अनुसार जिल्लामा राधा–४ धान (मोटो) र रामधान (मसिनो) को खेती बढी मात्रामा गरिन्छ । यस बाहेक हाइब्रेड धान, श्यामा मन्सुली धान, काला नमकलगायत जातको धानखेती गरिन्छ ।

शीतभण्डार निर्माण गरिँदै

जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीतभण्डार निर्माणको कार्य भइरहेको छ । नेपालगञ्जका व्यवसायीको एक समूहले करिब रु २० करोडको लागतमा उक्त शीतभण्डार निर्माण शुरु गरेको हो ।

करिब १० हजार टन भण्डारण क्षमताको शीतभण्डार यही फागुनबाट सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको सञ्चालक टंकप्रसाद शर्माले बताए । नेपालगञ्जबाट करिब पाँच किलोमिटर पश्चिमतर्फ गुलरिया सडकअन्तर्गत खजुरा नजिक दुई बिगाहा जग्गामा शीतभण्डार निर्माण भइरहेको छ । विसं २०७१ वैशाखदेखि शीतभण्डार निर्माण शुरु गरिएको हो ।

तपाइँको प्रतिक्रिया ।