जुगल इंगलिस मेडियम स्कुलको ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न

जुगल इंगलिस मेडियम स्कुलको ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न

कपन अनलाइ

काठमाडौ ,माघ ९।

बुढानिलकण्ठ नगरपालिका  वडा नं १०  कपनमा रहेको जुगल इंगलिस मेडियम स्कुलले सरस्वती पुजाको अवसर पारेर ख्याती प्राप्त कलाकारहरुको उपस्थितिमा बिद्यालय परिसरमा  सांस्कृतिक कार्यक्रम सहित जुगल ट्यालेन्ट हन्टको आयोजना गरेको थियो ।

बिद्यालयका छात्र छात्रा शिक्षक शिक्षिका सहित विद्यालयका संस्थापकहरुको  उपस्थितिमा बिधिबत सरस्वतीको  पुजा आराधना  गरि प्रसाद वितरण गर्दै  प्ले ग्रुप तथा अन्य कक्षामा अग्रिम निशुल्क भर्ना समेत गरिएको थियो। सोहि अवसरमा  बालबालिकाहरुलाई  अक्षर लेख्न सिकाइएको थियो भने दिउसो विद्यालयले  सांस्कृतिक कार्यक्रम सहित जुगल ट्यालेन्ट हन्टको आयोजना गरेको थियो।उक्त कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ जिल्ला शिक्षा अधिकारी गोपाल कुमार अधिकारी रहेका थिए।

विशेष अतिथिहरुमा ,नेपालका चर्चित कलाकार रमेश उप्रेती ,नेपाली नायिका बर्षा सिवाकोटी रहेकी थिइन् भने ट्यालेन्ट हन्ट प्रतियोगिताको निर्णायक को रुपमा नेपालको टप  प्रोडक्सन डिजाइनर, म्यानेजर कलाकार  गणेश सापकोटा ,बिजनेस साइकोलोजीस्ट ,एबम नेपाल एयर होस्टेस एकेडेमी डिरेक्टर अफ म्यानेजमेन्ट कि रेजिना तुलाधर ,मिस कलेज २०१५ कि बिजेता एबम मोडल निकिता कर्माचार्य रहेकी थिइन। त्यस्तै गरि अतिथिहरुमा  एयर होस्टेस  एकेडेमी कि म्यानेजर निरा बिष्ट इभेन्ट कोअर्डीनेटर सिजन नेपालका मोहन धमला  ,मिस राजधानी एबम समाज सेवी   युनिता खत्री , बिद्यालय संचालकहरु  लगायत समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरु पत्रकारहरु , विद्यालयका शिक्षक शिक्षिका ,बिद्यार्थी अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका सभाध्यक्षता त्रिभुवन विश्वबिद्यालयका सह प्राध्यापक डा. कमल गौतम रहेका थिए।   कार्यक्रममा बिध्यालयकी  श्यामा पन्तले  स्वागत मन्तब्य राखेकी थिइन।

प्रमुख अतिथिले पानसमा बत्ति बालेर सुरु भएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल विवेक विनयीले विद्यालयको बारेमा चर्चा गरेका थिए ।उनले  जुगल स्कुल शिक्षा संग संगै अतिरिक्त क्रियाकलापको माध्यम बाट बिध्यार्थीहरुको सर्वांगीण बिकासमा लागेको बताए त्यसैको कारणले गर्दा  जुगल स्कुल क्षेत्रको उदयीमान शैक्षिक संस्था  हुन पुगेको र जुगल ले शिक्षाको गुणस्तरलाइ थप बृद्दि गर्दै समयानुकूल शिक्षा प्रदान गर्दै लाने समेत बताएका थिए।

उक्त सांस्कृतिक कार्यक्रममा बिध्यार्थीहरुले नृत्य तथा सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रम संचालक जुगल इंगलिस मेडियम स्कुलकी शिक्षिका दिपा चौलागाईले गरेकी थिइन्।कार्यक्रमको  जुगल ट्यालेन्ट हन्टमा छात्रा तर्फ सिसम केसी  प्रथम भइन भने छात्र तर्फ बिद्यालयका आतुश यादब प्रथम भए।  बिजेतालाई प्रमुख अतिथिहरुले पुरस्कार वितरण गरे संगै कार्यक्रम समापन भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।