पायोनियर पब्लिक स्कुल बुढानिलकण्ठ नगरपालिका वडा नं १२मा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

पायोनियर पब्लिक स्कुल बुढानिलकण्ठ नगरपालिका वडा नं १२मा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

कपन अनलाइन

काठमाडौं माघ ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पायोनियर पब्लिक स्कुलले सरस्वती  पुजा संगै हिल नेपालको संयोजनमा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ  उक्त स्वास्थ्य शिविरमा (नाक कान घाटी छाला सम्बन्धि परिक्षण गर्नुको साथै दन्त परीक्षण ,ब्लड प्रेसर जांच गरिएको थियो।

बिहान बिद्यालय प्रांगणमा  बिधिबध रुपमा साना विद्यार्थीको हातबाट  सरस्वतीको पुजा गर्नुको साथै  सरस्वती बन्धना गरिएको थियो उक्त कार्यक्रममा पायोनियर पब्लिक स्कुलका प्रिन्सिपल राजन श्रेष्ठले सरस्वती पुजा र श्री पंचमी को बारेमा प्रकाश पारेका थिए। बसन्त पञ्चमीको अवसरमा विद्यालयले  निःशूल्क विद्यार्थी भर्ना लिएको थियो।  विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितामा सामूहिक रुपमा सरस्वती पूजा गर्नुका साथै साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

सामूहिक पूजाआजापछि कुरा गर्दै प्रिन्सीपल श्रेष्ठले पायोनियर सधै सर्बसुलभ र गुणस्तरीय शिक्षाको पक्षमा रहेको बताए । पायोनियर स्कूल गुणतरीय शिक्षा दिन सक्षम रहेको भनि नयाँ भर्ना भएका विद्यार्थी र अभिभावकलाई समेत उनले विश्वस्त पारेका थिए ।विद्यार्थीको चौतर्फी क्षमता विकासका अलवा अतिरिक्त क्रियाकलापलाई पनि संगसँगै लगिरहेको प्रिन्सिपल राजन श्रेष्ठले बताए।

पायोनियर क्रिएटिभ चिल्ड्रेन ग्रुप बाल क्लबले चिट्ठा कार्यक्रम समेत गरेको थियो, उठेको जम्मा रकमको ३० प्रतिशत रकम सामाजिक काममा लगाउने जस्तै बाल गृह वा बृद्धआश्रममा सहयोग गर्ने उदेश्यका साथ् चिट्ठा कार्यक्रम समेत गरिएको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।