गोर्कणेश्वर नगरपालिका वडा नं ४ उत्तरवाहिनीको शुभकामना प्रि स्कूलले श्रीपञ्चमी मनायो

गोर्कणेश्वर नगरपालिका वडा नं ४ उत्तरवाहिनीको शुभकामना प्रि स्कूलले श्रीपञ्चमी मनायो

कपन अनलाइन

काठमाडौँ,माघ ८।

गोर्कणेश्वर नगरपालिका वडा नं ४ उत्तरवाहिनीमा रहेको शुभकामना प्रि स्कूलले श्री पञ्चमीको अवसरमा अक्ष्रराम्भ तथा नि शुल्क बिधार्थी भर्ना कार्यक्रम  सम्पन्न गरेको छ।

विद्याकी देबी सरस्वतीको पुजा गर्दै मनाइने श्रीपञ्चमीको दिन ससाना बालबालिकाहरुको अक्ष्रराम्भ गराउदा राम्रो हुने जनविश्वास रहेकोले श्री पञ्चमीमा बिशेष पुजा, अक्ष्रराम्भ तथा नि शुल्क बिधार्थी भर्ना कार्यक्रम आयोजना गरेको विद्यालयका संचालक सुमित्रा धिमालले  कपन अनलाइनलाइ बताईन ।

छोटै समयमा वालमैत्री विद्यालयको रुपमा अभिभावक माझ छाप छोड्न सफल भएको, तालिम प्राप्त शिक्षिकाहरु, यथेस्ट खेल सामाग्री र खुल्ला र हरियाली, शान्त वातावरणका कारण  विद्यालय अति नै सुन्दर रहेको छ। मन्टेश्वरी शिक्षण पद्धती अवलम्वन गरेको यस विद्यालयले शैक्षिक सामाग्रीहरु प्नि वाल मैत्री राखेको देखिन्छ भने यस विद्यालयले अवलम्वन गरेको प्रयोगात्मक शिक्षण पद्धती र न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको उद्धेस्य आर्कषक  रहेको छ साथै विद्यार्थीहरुलाई कस्तो वनाउने भन्ने शिक्षकमा भरपर्ने हुँदा शिक्षकहरुलाई पनि कितावी ज्ञान संगै अतिरीक्त ज्ञानको विकास गराउन बिद्यालय लागेको देखिन्छ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।