काठमाडौं विनायक शिक्षालयको जेष्ठ नागरिक सम्मान एवम् खेलकुद सप्ताह सम्पन्न

काठमाडौं विनायक शिक्षालयको जेष्ठ नागरिक सम्मान एवम् खेलकुद सप्ताह सम्पन्न

कपन अनलाइन

काठमाडौँ ,माघ ७।

 

काठमाडौंको गैह्रिगाउँ, सिनामंगलमा रहेको काठमाडौं विनायक शिक्षालयले  जेष्ठ नागरिक सम्मान एवम् खेलकुद सप्ताह समारोह शनिबार  सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी रहेका थिए भने कार्यक्रमका सभाध्यक्ष विद्यालयका प्रिन्सिपल सम्झना लामा रहेका थिए।  उक्त कार्यक्रममा  जेष्ठ नागरिक , विद्यालयका शिक्षक शिक्षिका एबम अभिभावकको बाक्लो उपस्थिति रहेको थियो।

कामनपा ९ शान्ति नगर, गैह्रिगाँउ, कामनपा ३१ जागृति नगर र काठमाडौँ आइ बसोवास गर्ने विभिन्न जिल्लाका २३० जना जेष्ठ नागरिकलाई सम्मान  गर्नुको साथै  बिद्यालयले संचालन गरेको   साता व्यापि  खेलकुद सप्ताहमा विजयी भएका  नर्सरी देखि कक्षा १० सम्मका विद्याथीहरुलाई मेडल एवम् प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै   प्रमुख अतिथि शिक्षा राज्मन्त्री शेषनाथ  अधिकारीले विद्यालयले जेष्ठ नागरिकलाई सम्मान गर्नाले विद्याथीहरुमा असल संस्कारको विकास गर्न सहयोग पुगेको बताउदै जेष्ठ नागरिक राज्यको गहना भएको बताए। उनले  सरकार पनि शिक्षालाई अझै सु-संस्कृत बनाउन लागिपरेको बताउदै जेष्ठ नागरिकको अनुभवलाइ देश निर्माणमा लगाउनु पर्ने बताएका थिए।  साथै उनले शिक्षाको मर्म नै पुर्व स्थापित सिद्धान्त मूल्यमान्यता र नया आवश्यकताको मुल्यांकन गरि मानिसलाई सामाजिक प्राणी गरि खाने प्राणि ,स्वभिमानी प्राणि बनाउनु रहेको बताएका  थिए ।

फोटो सौजन्य : गेन्द्र लामा

तपाइँको प्रतिक्रिया ।