सामतेन मेमोरियल एजुकेशनल एकेडेमी बुनपा ११ मा बृहत बिज्ञान प्रदर्शनी संचालन

सामतेन मेमोरियल एजुकेशनल एकेडेमी बुनपा ११ मा बृहत बिज्ञान प्रदर्शनी संचालन

कपन अनलाइन

काठमाडौ,माघ ७ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको सामतेन मेमोरियल एजुकेशनल एकेडेमीले सरस्वती पुजाको पुर्वसन्ध्यामा आज  बिद्यालय परिसरमा बृहत बिज्ञान प्रदर्शनी सहित निशुल्क दन्त सिविरको आयोजना गरेको छ ।

उक्त  बिज्ञान प्रदर्शनी कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी रहेका थिए भने अतिथिहरुमा विद्यालयका संस्थापक सदस्य निमा शेर्पा. विद्यालयका प्रिन्सिपल शक्तिराज नेपाल,  पत्रकार श्याम कार्की , कपन डेन्टल एण्ड डाइग्नोस्टिक सेन्टरका उज्ज्वल प्रताप उपाध्याय लगायत बिद्यालयका शिक्षक शिक्षिका ,बिद्यार्थी र अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सभाध्यक्ष बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एबम संस्थापक अध्यक्ष निम्तो नवांग  शेर्पा रहेका थिए ।

कार्यक्रममा  विद्यालयका प्रिन्सिपल शक्तिराज नेपालले स्वागत गर्दै बिध्यार्थिहरुलाई किताब भित्रको ज्ञान मात्र नभई ब्यबहारिक ज्ञान कसरि दिन सकिन्छ भन्ने उदेश्य र शिक्षालाइ प्रबिधि संग जोड्दै बिद्यार्थी भित्रको क्षमता प्रष्फुटन  गर्दै   उनीहरुको ज्ञानको परिक्षण र  बिद्यार्थीले आफ्नो मन मस्तिष्कलाइ सृजनशीलता र बैज्ञानिक चेतन अभिप्रेरित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको बताएका थिए ।

प्रमुख अतिथि ले उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रदर्शनीको अवलोकन समेत गरेका थिए। प्रदर्शनीमा बिद्यालयका बिध्यार्थीहरुले निर्माण गरेका बिभिन्न सामग्रीहरु प्रदर्शनी गरेका थिए।

बिद्यालयका  बिज्ञान शिक्षक र बिद्यार्थीहरुलाई प्रोत्साहित गर्दै सामग्री निर्माण मा सघाएका थिए  भने बिद्यार्थीहरु आफैले सामग्री निर्माण गरेकोले पनि अवलोकनकर्ताहरुले सोधेको प्रश्न जिज्ञासालाइ प्रस्ट संग व्यख्या र विश्लेषण गरिरहेका थिए । अधिकांस अभिभावकहरुले सामतेन मेमोरियल एजुकेशनल एकेडेमीको   सिकाइ र यस किसिमको कार्यको प्रसंशा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले विद्यालयले आयोजना गरेको कार्यको प्रसंशा गर्दै किताबी ज्ञान संगै ब्यबहारिक ज्ञानलाई समेत जोडेकोले खुसि ब्यक्त गरेका थिए।  उनले अभिभावकहरुलाई आफ्ना बालबालिकाको पठनपाठन कस्तो भइरहेको छ भन्ने निगरानी राख्न समेत सुझाब दिएका थिए।

उक्त उद्घाटन कार्यक्रमको समापन गर्दै सभाध्यक्ष निम्तो नवांग  शेर्पाले बिज्ञान प्रदर्शनीले बिद्यार्थीहरुले सिकेको ज्ञानको प्रबर्धन गर्ने मौका पाएको बताए ।उनले  सामतेन स्कुल अब्बल पठनपाठन र अतिरिक्त क्रियाकलापहरुको संचालन को कारण क्षेत्रको उदयीमान शैक्षिक संस्था  हुन पुगेको समेत बताएका थिए। साथै उनले प्रदर्शनीमा सहयोग पुर्याउने शिक्षक शिक्षिका,बिद्यार्थीहरु र उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।