बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले विद्यार्थी सम्मान कार्यक्रम गर्यो

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले विद्यार्थी सम्मान कार्यक्रम गर्यो

कपन अनलाइन 

काठमाडौ,माघ ७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले सरस्वती पुजाको अवसरमा वडामा बसोवास गर्ने एस इ इ र उच्च मावीमा सफल भएका विद्यार्थी हरुलाई सम्मान गरेको छ ।बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता वडा नं ६ का अध्यक्ष नविन केसीले गरेका थिए ।

वडा नं ६ की सदस्य नानु खड्काको संचालनमा भएको सो कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा वडाका बुद्दिजीवी तथा अन्य वडावासीहरुको पनि उपस्थिति रहेको थियो ।

वडामा रहेका नव प्रतिभाहरुलाई प्रोहोत्साहन गर्दै वडालाई नमुना बनाउन र वडाका उत्कृस्ट विद्यार्थीहरुको सुनौलो भविस्य निर्माण गर्न वडाले यो पहल थालेको वडा कार्यालयले जनाएको छ ।

फोटो सौजन्य :राधेश्याम भण्डारी

तपाइँको प्रतिक्रिया ।