सज्जन महिला साकोस नवौ बर्षमा प्रवेस

सज्जन महिला साकोस नवौ बर्षमा प्रवेस

कपन अनलाइन  

काठमाडौ,माघ ३।

सज्जन महिला साकोस माघ २ गते बाट आठौं बर्ष पूरा गरि नवौ बर्षमा प्रवेस गरेको छ ।

यस  साकोसले विभिन्न पेशामा आवद्ध भएका ३२ जना महिला सदस्यहरु मिलेर २०६६ पौष १४ गते डिभिजन सहकारी कार्यालय बिजुली बजार नयाँ बानेश्वरमा दर्ता गरि माघ २ / २०६६ मा प्रारम्भिक साधारण सभाबाट आफ्नो कारोबारको सुभारम्भ गरेको थियो ।

सानो परीवार बाट  बालक युवा ,जेष्ठ नागरिक,बुद्धिजीवी र  सबै सदस्यहरुको सकारात्मक विचार र सक्रिय सहयोगले संस्था यस स्थान सम्म आएको संस्थाकी अध्यक्ष सिमा पुरीले बताइन ।

दिगो बिकास लक्ष्य प्राप्तिका निम्ती सज्जन महिला साकोसले आफ्ना सदस्यहरूको आबस्यकतालाई बुझी सहकारी मार्फत छिटो छरितो गुणस्तरीय सेवा प्रधान गरि आर्थिक समाधान गर्ने कोशिस गर्ने पनि पुरीले बताएकी छन । यस साकोसले नियमित आर्थिक गतिविधिको साथमा विविध सामाजिक कामहरु पनि गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।