हेटौँडा सिमेन्टको मूल्य बढ्यो

हेटौँडा सिमेन्टको मूल्य बढ्यो

कपन अनलाइन

हेटौंडा, ३० पुस । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा  १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो ।

उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा ९१२ बिक्री मूल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा ७९५ मा बिक्री गर्दै आएको थियो । उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ ।

प्रतिबोरा  १० कमिशन दिँदै आएकामा अब  १५ पुर्‍याएको छ । मूल्य वृद्धि गर्नुअघि उपभोक्ताले प्रतिबोरा  ८३० मा सिमेन्ट खरिद गर्ने गरेकामा अहिले  ९४० प्रतिबोरा सिमेन्टको मूल्य पुगेको छ ।  ९४० मा हेटौँडाका डिलरले सिमेन्ट बिक्री गरिरहेका छन् ।

शिवम्, उदयपुरलगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए ।

तपाइँको प्रतिक्रिया ।