जनकपुर उद्योग संघको अध्यक्षमा साह विजयी

कपन अनलाइन 

जनकपुरधाम, ३० पुस ।  जनकपुर उद्योग संघको अध्यक्षमा ललितकुमार साह एक हजार ५३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी पवन ठाकुरले ४३५ मत प्राप्त गरे ।

संघको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह एक हजार १३३ मत प्राप्त गरी विजयी भए । उनकाे निकटतम प्रतिद्वन्द्वी विजय साहले ८४६ मत प्राप्त गरे ।यसैगरी उपाध्यक्षमा सुरेन्द्रकुमार भण्डारी ९८९ मत प्राप्त गरी विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी विजय साहले ७०३ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित भइन् । महासचिवमा जितेन्द्रकुमार महासेठले ९५३ मत, सचिवमा विकास साहले ५९४ मत र कोषाध्यक्षमा अशोककुमार चौधरीले ९९६ मत प्राप्त गरी विजयी भए ।महिला सदस्यमा आशाकुमारी यादव र एशोसिएटमा राजीवकुमार साह निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।