प्रथम एनप्याब्सन काठमाडौ जिल्ला स्तरिय खेलकुद सप्ताह सुरु

प्रथम एनप्याब्सन काठमाडौ जिल्ला स्तरिय खेलकुद सप्ताह सुरु

कपन अनलाइन

काठमाडौँ पौष ३०  ।

प्रथम एनप्याब्सन काठमाडौँ जिल्ला स्तरिय खेलकुद सप्ताहको उद्घाटन समारोह सानो गौचरनको खेल मैदानमा सम्पन्न भएको छ।  उक्त प्रथम एन प्याब्सन जिल्ला ब्यापी खेलकुद सप्ताह कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका माननीय भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्रि सीता गुरुङ रहेकी थिइन ।

कार्यक्रमको सभाध्यक्षता नेसनल प्याब्सन काठमाडौँ जिल्ला  अध्यक्ष बिष्णु पराजुली रहेका थिए भने  अतिथिहरुमा नेसनल प्याब्सन काठमाडौँ जिल्लाका पदाधिकारीहरु सहित सहभागी बिद्यालयका प्रतिनिधि र बिध्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका माननीय भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्रि सीता गुरुङ र नेसनल प्याब्सन काठमाडौँ जिल्ला का अध्यक्ष बिष्णु पराजुलीले संयुक्त रुपमा गर्दै कार्यक्रम सफलता को शुभकामना दिएका थिए ।

हिजो बाट सुरु भएको उक्त प्रथम एनप्याब्सन काठमाडौँ जिल्ला स्तरिय खेलकुद सप्ताह माघ २ गते सम्म चल्नेछ ।उक्त खेलकुद  सप्ताहमा ५३ वटा बिद्यालयहरु सहभागी भएका छन।

जसमा १०० मिटर दौड छात्र र छात्रा ,सटपुट, छात्र र छात्रा रिले दौड (४ जना छात्रा तथा ४ जना छात्र) ३००० मिटर दौड इच्छुक सम्पूर्ण विद्यार्थी  सहभागी हुनेछन् भने कक्षा ९ सम्मका छात्रको लागि फूटबल प्रतियोगिता समेत संचालन हुन गइरहेको छ । फुटबल प्रतियोगितामा २३ वटा बिद्यालय सहभागी भइरहेको कुरा एनप्याब्सन संचार बिभाग प्रमुख  गेहेन्द्र लामाले कपन अनलाइन लाइ बताए ।

शिक्षा कक्षा कोठामा मात्र सिमित हुनुहुँदैन  त्यसै अनुरुप शिक्षालाइ कसरी  परिस्कृत गर्ने  भन्ने सवालमा जब बिद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभए सम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारणले पनि  बिद्यालयले शिक्षा र खेलकुदलाई एक साथ जोडेर एनप्याब्सन काठमाडौँ जिल्लाले प्रथम पटक काठमाडौँ जिल्ला स्तरिय खेलकुद सप्ताह गर्न लागेको  उनले  बताए।

उक्त खेलकुदको विभिन्न विधामा बिजयी हुने बिद्यार्थीहरुलाई मेडल, ट्रफी, प्रमाणपत्र  सहित  प्रथम दितिय र तृतीय हुने बिद्यार्थीहरुलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको बताए ।

उक्त उद्घाटन कार्यक्रम संचालन एनप्याब्सन काठमाडौँ जिल्लाका सचिव रुद्रमणि सुबेदीले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।