नेपालको पूरै कम्युनिष्ट आन्दोलन मदन भण्डारी पथमा

 

सम्पादकीय

मदन भण्डारीको जबज कुनै अर्कै नाममा पुष्पकमल दाहालको नयाँ मार्ग बनेर विकसित हुने संभावना अहिले टड्कारो रुपमा आएको राजनीतिक समस्या हो ।

madan bhandariराजनीतिमा हरेक परिवर्तनसँगै एकजना नेता विशेष चर्चित हुने गर्दछन् । ०१७ सालका विपि, ०४६ सालका मदन भण्डारी र ०६३ सालका पुष्पकमल दाहाल यिनै उदाहरण हुन् । विपि र मदन भण्डारीलाई आफ्ना पार्टीहरुले खासै सम्झन तथा प्रयोग गर्न नसके पनि समयले उनीहरुलाई महान नेता बनाइसकेको छ । यी दुई नेताहरुले आफ्ना कालखण्डमा विपक्षी तथा देशी विदेशी शक्तिलाई पनि आफ्ना तर्क र कामले खुशी बनाएका थिए । यद्यपि विपिले सत्ता पाएर पनि टिक्न पाएनन् भने मदन भण्डारी सत्ता पाउन नपाउँदै दिवंगत भए । सत्तामा वा सत्ताको किचलोमा लामो समय बसेको भए यिनीहरु पनि महान् नेता हुने थिए कि थिएनन् भन्न सकिन्नथ्यो तर निजि आचरणलेसमेत यी नेताहरुलाई महान बनायो । अहिलेका कालखण्डमा देशमा हालिमुहाली गरिरहेका नेता पुष्पकमल दाहाल भने कुन हैसियतका नेता बन्लान् अबको १० वर्षपछि थाहा होला यद्यपि उनलाई अहिले नै तर्क र आचरण दुवैले मन जित्न नसक्ने नेताको रुपमा लिइन थालेको छ । उनी पनि महान् बनुन् भन्ने सबैको चाहना हो ।
सन्दर्भ र सम्झनामा यतिखेर मदन भण्डारी केन्द्रविन्दुमा छन् । मदन भण्डारी दिवंगत भएको वार्षिकीका अवसरमा यतिखेर नेपालका कम्युनिष्टहरु समग्रमा उनकै पथमा उभिएका छन् । माक्र्सवादलाई आ–आÏनो विशिष्टताबमोजिम सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्छ भन्ने मान्यता अघि सार्दै नेपालका सन्दर्भमा, बहुदलीय शासन प्रणाली, कानुनको शासन, संविधानको सर्वोच्चता, मानव अधिकारको ग्यारेन्टी, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष, आवधिक निर्वाचन, राष्ट्रिय हितअनुकूल विदेशी नीति तथा विदेशी पुँजी र प्रविधिको उपयोग, शक्ति पृथकीकरणको सिद्धान्तको अवलम्बनसहितका विशेषता भएको नेपाली क्रान्तिको विशिष्ट कार्यक्रम जनताको बहुदलीय जनवाद होे ।

 

यहि सिद्धान्त नेपाली पुरै कम्यनिष्ट आन्दोलनको स्वरुप भएको छ यतिखेर । यहि स्वरुप कित्तामा १० वर्ष जनयुद्धका नाममा दशौं हजार मानिसको बलिदानपश्चात आएको पुष्पकमल दाहालको पार्टी पनि परेको हुँदा मदन भण्डारीको सार्थकता अझै प्रमाणित भैरहेको छ । तर एमाले आफै भने मदन भण्डारीको पथमा देखिदैन । एमालेभित्रै मदन भण्डारीलाई स्वार्थ केन्द्रित उपयोगका साथै व्यक्तिपिच्छे फरक दृष्टिकोण र प्रयोग गरिने गरिएकाले मदन भण्डारीको जबज कुनै अर्कै नाममा पुष्पकमल दाहालको नयाँ मार्ग बनेर विकसित हुने संभावना अहिले टड्कारो रुपमा आएको राजनीतिक समस्या हो । राजनीतिक इमान्दारिताको चरम अभाव रहेको नेपालमा एमालेले चाँडै नै सोच्न सकेन भने एमाले त सकिन्छ नै मदन भण्डारीसमेत रहदैनन् । एमालेका नेताहरु दिनप्रतिदिन एमाओवादीकरण भैरहेको बेलामा एमालेले मदन भण्डारीलाई केन्द्रविन्दुमा राखेर पार्टीलाई फरम्याट गर्न जरुरी छ ।

-केशव पाठक

artworks-000037050764-2jos5a-original

 

तपाइँको प्रतिक्रिया ।