फ्रान्स र अमेरिका आइएसविरुद्ध एक हुने

फ्रान्स र अमेरिका आइएसविरुद्ध एक हुने

वासिङटन, ९ मङ्सिर । फ्रान्सेली राष्ट्रपति फाँसा अल्याण्ड र अमेरिकी राष्ट्रपति बाराक ओबामा इस्लामिक अतिवादी समूह, आइएसका विरुद्धको कारबाहीमा एक हुनुहुने भएको छ ।

साथै उहाँहरुले विगतका चार वर्षभन्दा लामो समयदेखि जारी रहेको सिरियाली हिंसामा सिरियाको पक्ष लिएर युद्धको अन्त्यको बाधक नबन्न रसियालाई पनि आग्रह गर्नुभएको छ ।

फ्रान्सेली राष्ट्रपति फाँसा अल्याण्ड र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच मङ्गलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्तापछि सो प्रतिबद्धता आएको हो ।

फ्रान्सेली राष्ट्रपति अल्याण्ड अमेरिका पुग्नुभएको छ । उहाँहरुबीच मङ्गलबार भेटवार्ता भएको हो । टर्कीले फ्रान्सेली युद्धक विमान खसालेपछि राष्ट्रपति अल्याण्ड अमेरिका पुग्नुभएको छ । उहाँहरुबीच सो विषयमा पनि कुराकानी भएको बताइएको छ ।

यही नोभेम्बर १३ मा पेरिसमा आइएसले गरेको हमलामा परी १२९ जनाको ज्यान गएको थियो । उक्त आतङ्कवादी हमलापछि अमेरिकाले विश्वका अरु देशहरुलाई पनि आतङ्कवादका विरुद्ध एक भएर लड्न आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया ।