मोटरसाइकलमा आगजनी

मोटरसाइकलमा आगजनी

गौशाला, ८ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज महोत्तरीमा एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

भारतबाट १५ लि पेट्रोल र एउटा ग्यास सिलिन्डर बोकी आएको ज१प १७०६ नंको मोटरसाइकललाई मोर्चा कार्यकर्ताले श्रीपुर नदी किनारमा नियन्त्रणमा लिइ पेट्रोल छर्केर आगजनी गरेका हुन् ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मच्छिन्द्र केसीले आफूलाई यसबारे अहिलेसम्म केही जानकारी नभएको बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।