जापानी सहयोग जारी रहने

जापानी सहयोग जारी रहने

काठमाडौँ, ७ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनस“ग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज शिष्टाचार भेट गरी नेपाल जापानको असल मित्र भएको बताउँदै जापानले नेपाललाई गर्दै आएको सहयोग जारी राख्ने स्पष्ट गर्नुभयो ।

1448276638384_vice president and japani rajdut bheet 1
उपराष्ट्रपति नन्दबहादुर पुनसँग सोमबार उपराष्ट्रपति कार्यालय बहादुर भवनमा शिष्टाचार भेट गर्नुहुँदै नेपालका लागि जापानी राजदूत मासासी ओगावा । तस्बिर ः उपराष्ट्रपतिको निजी सचिवालय

उपराष्ट्रपति कार्यालय, बहादुर भवन आज भएको भेटवार्तामा उपराष्ट्रपति पुनले नेपाल जापान सम्बन्ध धेरै पुरानो भएको र दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म बलियो बनेर जाने बताउँदै भूकम्पपछि नेपाली जनताले भोगिरहेको दुःखमा जापानले महत्वपूर्ण सहयोग गरेकामा धन्यवाद दिनुभएको उपराष्ट्रपतिका स्वकीय सचिवालयका सहसचिव तुलसी डाँगीले राससलाई जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।