२१ वटा खेलहरुको छनौट सम्पन्न : ध्यक्ष धुव्रराज न्यौपाने

२१ वटा  खेलहरुको छनौट सम्पन्न : ध्यक्ष धुव्रराज न्यौपाने

काठमाडौँ, ७ मङ्सिर । सातौ रााष्ट्रिय खेलमहोत्सवका लागि काठमाडौ जिल्ला खेलकुद विकास समितिले  २१ वटा  खेलहरुको छनौट सम्पन्न गरेको छ ।२१ खेलका करिब ३९७ प्रशिक्षक तथा व्यवस्थापक सहितको टोलीले काठमाडौको प्रतिनिधीत्व गर्दै क्षेत्रीय छनौटमा सहभागीहुने छन् ।

12140742_10207764218253753_8601217736322761749_n

राष्ट्रिय खेल महोत्सव आउन २ महिना बाँकी रहेकाले १ महिनाको बन्द प्रशिक्षण राख्ने योजनामा रहेको जिल्ला खेलकुद विकास समिति काठमाडौका  अध्यक्ष धुव्रराज न्यौपानेले बताए उनका अनुसार छनौट भइजाने खेलाडीहरुलाई एक भव्य कार्याक्रमका विच विदाई गरिने छ  ।

आगामी फागुन महिनामा सम्पन्न हुन गइरहेको क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगीताका लागि जिल्लाबाट सहभागी भई जाने सम्पूर्ण खेलाडीहरुको विवरण तयार पारिसकिएको  कार्यालय प्रमुख लिलाराम बस्नेत बताए  ।

 

तपाइँको प्रतिक्रिया ।