बाबुरामको नयाँ शक्तिमा रबिभक्त श्रेष्ठदेखि प्रदीप गिरीसम्म

बाबुरामको नयाँ शक्तिमा रबिभक्त श्रेष्ठदेखि प्रदीप गिरीसम्म

काठमाडौं, ६ मंसिर । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टी निर्माणको प्रक्रिया सुरु गरेका छन् । आइतबार राजधानीमा नयाँ शक्ति अभियानको उद्घाटन कार्यक्रममा व्यवसायी रविभक्त श्रेष्ठदेखि कांग्रेस नेता प्रदीप गिरीसम्म पुगेका थिए । त्यस्तै लोकतान्त्रिक फोरमका उपेन्द्र यादब, साहित्यकार खगेन्द्र संग्रौला समेत सहभागी भएका छन् ।

naya-624x468देशका चर्चित व्यवसायी, कलाकार तथा पत्रकारहरुलाई समेत भट्टराईले आफ्नो नयाँ खुल्ने पार्टीमा समाबेश गर्न खोजेपनि कसैले चासो नदेखाएपछि उनी निराश भएका छन् । आफु निकट एमाओवादीका नेता तथा कार्यकर्तालाई नै लिएर उनले नयाँ पार्टी गठन गर्न लागेका हुन् । उनको नयाँ शक्तिप्रति आकर्षण देखिएको छैन । भट्टराईको रुखो स्वभाव र उनको पत्नी हिसिला यमीको भ्रष्ट छवीका कारण पनि धेरैले उनको नयाँ शक्ति नयाँ बोतलको पुरानो रक्सी भनेर टिप्पणी गरेका छन् । उपेन्द्र यादबले भने भट्टराईको नयाँ पार्टीमा सहभागी हुने सम्भावना रहेको बताइन्छ ।

तपाइँको प्रतिक्रिया ।