पुल भत्काइयो सवारी साधन राजमार्गमा अलपत्र

सप्तरी, ६ मङ्सिर । मधेसी मोर्चाका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित सुन्दरी खोलाको पक्की पुल भत्काइदिएका छन् ।
आन्दोलनकारीले घरेलु हतियार प्रयोग गरी आज सो पुल भत्काई क्षतिग्रस्त पु¥यादिएको प्रहरीले जनाएको छ । पुलको दुवैतिरका रेलिङ क्षतिग्रस्त भएको छ ।
मोर्चाका कार्यकर्ताले राजमार्गमा गएरातिदेखि लगातार प्रदर्शन गर्दै पक्की पुल भत्काइदिएपछि सो पुुलबाट यातायात चल्न कठिनाइ हुने स्थानीयवासीको भनाइ रहेको छ
यसैबीच राजमार्ग क्षेत्रमा रातिदेखि नै लगातार झडप र प्रदर्शनका कारणले असुरक्षित भन्दै पूर्व–पश्चिम राजमार्गको विभिन्न ठाउँ सवारी साधन अलपत्रमा परेका छन् ।
राजमार्गमा अहिले दिवा तथा रात्रिबस, मालबाहक ट्रकलगायतको साना तथा ठूला गरी हजारौँ सवारी साधन अलपत्रमा परेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।